Friday, December 21, 2012

भाग खोसेको छैन ..... (गीत)

भाग खोसेको हाइन बाटो रोकेको छैन
मान्छे सग्लै छ लैजाउ नाता जोडेको छैन ।

हाँस्दै बोल्दै खेलेर ठट्टा रमाइलो गरेको
छैन कहिल्यै यो मनले गलत नजरले हेरेको ।
मलाई मन पराउँछिन् संकेत पाएको छैन
सँगै जिउने सँगै मर्ने कसम खुवाएको छैन ।

साथीको जस्तै व्यबहार गरिन्थ्यो सँगै हुँदा’नी
छुने त आँट आएन काखैमा बसेर रुँदा’नी ।
आफ्नै बनाउन मैले जोड बल गरेको छैन
खाली छ उनको सिउँदो सिन्दुर भरेको छैन ।

विनोद शर्मा ‘सानुभाइ’ २०६९/०८/०६

Wednesday, December 12, 2012

आंशु र मेरो सम्बन्ध ........(गीत)


आंशुसँगै बग्ने छैनन् मेरा मनका सपनाहरु
मेहनतले आकार दिन्छु साकार हुन्छन् आफैं बरु ।

खसाल्थे ढिक्का आँखाले सानै पिडा किन नहोस्
हुन्थ्यो टिलपिल परेली अरुले नैं दुःख पाओस् ।
दुःखको साथी ठानेर सकुन्जेल रुन्थें म त
मनको तनाव सारा पखालिन्छन् भन्थें पो त ।


आँखा सुख्खा भएपछि यसको मुल्य थाहा भो
छँदैछ बगोस् न ठान्थें रोग थपिंदा डाहा भो ।
अगाडि बढ्न दिंदैन पाइला छेक्छ आंशुले
गुम्न दिन्न म सवथोक बाटो नैं थुन्छु आफैंले ।

विनोद शर्मा ‘सानुभाइ’ २०६९/०८/२७

Friday, December 7, 2012

गीत ........ (माटोको सुगन्ध प्यारो)



माटोको सुगन्ध प्यारो, प्यारो छ फूलको सुवास
न्यानो छ घामको किरण, शितल छ जुनको प्रकाश ।

सातै रङ्गले जिन्दगीलाई रङ्गाउन पाए हुन्थ्यो
जुन तारा सवका प्यारा समिपमा आए हुन्थ्यो ।
ढिडोको गाँस मिठो, प्यारो छ पवनको साथ
म हुँ धर्तीको धुलो, भए पुग्छ खुल्ला आकाश ।

पसिना बगाउँछु बरु त्योसँगै बगाउन दुःख
छ जुनी विताउँछु म एक जुनी मिलोस् सुख ।
थोपा थोपा बटुलेर जोड्नुछ आफ्नै संसार
कांधमा कांध जोडेर सपना पार्नुछ साकार ।

विनोद शर्मा 'सानुभाइ'
२०६९/०८/१९

गजल ........... (साथि)







सुख दुःखमा साथ दिने सँगै हास्ने रुने साथी
ज्यान जति टाढा भए’नी मनले नजिक हुने साथी ।

सवै कुरा मुखले बोली भन्न सकिंदैन हजुर
जति राखोस् लुकाएर मनले मनलाइ सुने साथी ।

छोटो यात्रा एक्लै गरे’नी लामो यात्रा हुन्छ कठिन
लौरी बनि सारथी झैं पल पल सँगै हुने साथी ।

शंकालु हो मान्छेको जात ढुक्क विश्वास गर्दैन रे
छलफल गरी एक अर्कामा शंका सवै धुने साथी ।

नजिक हुँदा एक आपसमा माया प्रिती बढ्दै जान्छ
साँचो माया निस्वार्थले हृदयलाई छुने साथी ।


‘सानुभाइ’  २०६९/०८/२२

Saturday, November 10, 2012

पटका पड्काउँदा होस गरौं, नत्र ....

विनोद शर्मा / काठमाडौं,  कात्तिक 
हिन्दु नेपालीहरुको दोश्रो ठुलो चाड तिहार घर आँगनमा आइसकेको छ । चाडवार्डको नाममा विभिन्न बहानामा फजुल खर्च गर्नु नेपालीको पहिचान बनिसकेको छ । विशेषतः दसैं र तिहारमा जुवातास खेल्ने, अत्याधिक मदिरा सेवन गर्ने र पटकामा करोडौं रकम खर्च गरिन्छ । यी सबै खर्च अनावश्यक हुन् । मनोरञ्जनका लागि भन्दै गरिने फजुल खर्चले ठूलो धनराशी विदेशिएको छ । विशेष गरी तिहारका बेला पड्काइने पटका दसैंको सुरुवातसँगै देशमा भित्रिन्छ । सरकारले पटाका भित्रिन नदिन भन्दै विभिन्न कार्यक्रम र रणनीति लागु गरे पनि तिहारको समयमा करोडौं मूल्य बराबरका पटकाको अवैध बिक्री वितरण भैरहेको छ । पटकाको आयातले एकातिर स्वदेशी रकम विदेश पुग्छ भने अर्कोतिर पटका पड्काउँदा व्यक्तिको स्वास्थ्यमा समेत असर पुग्छ । पटका पड्काउँदा आगलागी भएको, पड्काउने व्यक्तिसमेत घाइते भएको एवं पटकाको आवाजले तर्सेर मानसिक रुपमा तनाव बेहोर्नु परेको थुप्रै उदाहरण छन् । आर्थिक, सामाजिक र शारीरिक सबै हिसाबले घातक पटकाको आयात ओसार पसार र बिक्री वितरणमा रोक लगाउनु आवश्यक छ । 
तिहारमा धेरैले झिलीमिली बत्ती बालेसँगै पटका पड्काउनुलाई नै रमाईलो मान्छन् । तर पटका पड्काउँदा सधैं सावधान हुनुपर्छ । नत्र धनजनको क्षति हुनुका साथै आफ्नो ज्यान पनि जोखिममा पर्न सक्छ । रकेट, भुईंचम्पा, आलुबम जस्ता बारुद भरिएका पटका पड्काउँदा यसबाट उत्पन्न हुने आगोका कारण धनजनको क्षति हुन्छ । पटकाले स्वयम् पटका पड्काउनेहरुलाई पनि बाँकी राख्दैन । पटकाबाट आउने आगोका कारण आँखामा र आवाजका कारणले हाम्रो कानलाई प्रत्यक्ष असर पार्छ । यस्ता घटना हरेक वर्ष हामीले सुनिरहनु, देखिरहनु र भोगीरहनु परेकोछ । त्यसैले पटका पड्काउनु परे केही सावधानी अपनाउनु पर्छ, जसले ठूलो दुर्घटना हुनबाट बच्न सकिन्छ ।
पटका पड्काउँदा ध्यान दिनुपर्ने कुराहरु :
सकेसम्म पटका नपड्काउँदा राम्रो हुन्छ । अभिभावकले पनि आफ्ना सन्तानलाई पटका पड्काउन निरुत्साहित गर्नुपर्छ । एक छिनको मनोरञ्जन दिने पटका किन्नका लागि गरिने खर्च हाम्रो देशमा बस्दैन भनेर सम्झाउनु पर्छ । त्यो रकमलाई आफ्नै गाउँ ठाउँको भलाईका लागि खर्च गर्न सकिन्छ भनेर बुझाउने हो भने उनीहरु सहमत हुन्छन् । यदी पटका पट्काउने नैं हो भने पनि केही कुरामा साबधान रहने हो भने क्षतिलाई कम गर्न सकिन्छ । 
१) आफ्ना नानीहरुलाई एक्लै पटका पड्काउन दिनुहुँदैन । उनीहरुलाई अविभावकले साथ दिनुपर्छ । 
२) पटका घरभित्र पड्काउनु हुँदैन । फुसको घर, परालको थुप्रोका साथै बालबालिका धेरै भएको ठाउँभन्दा टाढा पटका बाल्नुपर्छ । आफूले पनि अलि परैबाट पटकामा आगो सल्काउनुपर्छ । पटकामा आगो लाग्नासाथ सुरक्षित स्थानमा जानुपर्छ ।
३) पटका पड्काउँदा सधैं प्लास्टिकको चस्मा लाउनुपर्छ । जसले आँखालाई सुरक्षित राख्न सकिन्छ । 
४) पटका पड्काउने ठाउँको वरपर पानीको भाँडा राख्नु पर्छ । केही गरी आँखामा पटकाको बारुद परेमा तुरुन्तै पानीले सफा गर्नुपर्छ । दस मिनेटसम्म आँखामा पानी छयापिरहनु पर्छ । 
५) आँखामा बारुद पसेको छ भने आफैंले झिक्नु हुँदैन । चिकित्सकको सहायता लिनु पर्छ । अस्पताल वा नजिकको स्वास्थ्य केन्द्रमा जानुपर्छ । यस्तो स्थितिमा एन्टिबायोटिक ड्रप प्रयोग गर्नुका साथै कपासले आँखा सफा गर्नुपर्छ ।
६) पटकाको चोटको असर आँखाको नानीमा प¥यो भने मोतीयाबिन्दु समेत हुन सक्छ । आँखामा गम्भीर चोट लागे तुरुन्तै विशेषज्ञकहाँ वा आँखा अस्पताल जानुपर्छ । 
७) पटका  पड्काउने बेलामा पहिरनमा समेत ध्यान दिनुपर्छ । सकेसम्म खुकुलो र सिन्थेटिक कपडा लगाउनु हुँदैन । 
८) जलिरहेको पटकालाई छुनु हुँदैन, त्यो जुनसुकै बेला विस्फोट हुन्छ । कतिपय  बालबालिका बहादुरी देखाउन हातमा राखेर पटका पड्काउँछन् तर यस्तो कार्यबाट बालबालिकाहरुलाई निरुत्साहित गर्नुपर्छ ।
९) पटका हातमा नपड्कियोस् भन्ने कुरामासतर्क रहनुपर्छ । पटका पड्काउँदा अनुहारलाई सकेसम्म टाढा राख्नुपर्छ ।
१०) कहिलेकाँही बालबालिकाले सबै पटका एउटै ठाउँमा जम्मा पारेर आगो लगाउँछन् । यसले ठुलो दुर्घटना निम्त्याउँछ । अविभावक वा यसो गर्न लागेको देख्ने जो कसैले पनि उनीहरुलाई त्यस्तो गर्नबाट रोक्नुपर्छ । 
११) रकेट वा माथि आकाशसम्म जाने पटकालाई खुला स्थानमा छोड्नुपर्छ ।
१२) स–साना केटाकेटीलाई एक्लै पटका किन्न दिनु हँुदैन, खतरनाक पटका विशेष किसिमले सजाईने हुँदा उनीहरु त्यसतर्फ आकर्षित हुन्छन् । बरु सुरक्षित र सरल पटका आफैंले किनिदिनु पर्छ । 
१३) दियो र मैनबत्ती नजिकै पटका बाल्नु हुँदैन । यसबाट आगो फैलने डर हुन्छ । 
१४) ठूलो आवाज आउने पटका पड्काउनु हुँदैन, यसले कानको जाली फुट्न सक्छ जसका कारण पटका पड्काउने व्यक्ति तथा आसपासका बसेको व्यक्ति बहिरो हुने सम्भावना बढ्छ ।
१५) रकेट, अनार आदि ठूला पटका पड्काउँदा सुरक्षित हुने विधि सिक्नु पर्छ । 
१६) गाडी, मोटरसाइकल जस्ता छिट्टै आगो लाग्न सक्ने पदार्थ भएका सवारी साधनको नजिकमा बसेर पटका पड्काउनु हुँदैन । किनभने पेट्रोलले चाँडै आगो समात्छ । 
१७) पटका पड्काइसकेपछि हात राम्रोसँग साबुन पानीले धुनुपर्छ, जसले गर्दा बारुदको कण खानासँगै मुख, पेट वा आँखामा जान नपाओस् ।
यदी पटाका पड्काउने क्रममा कुनैअसाबधानीका कारण दुर्घटना भएमा घाईते अथवा पटाका पड्काउने व्यक्तिलाई गाली गर्नु, पिट्नु हुँदैन । जसका कारण उनीहरुमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढि पर्न सक्छ । उनीहरुलाई सम्झाउनु पर्छ । सकेसम्म त पटाका नपड्काउनु नै बुद्धिमानी हो । तर पनि यस्ता कुरामा ध्यान दिन सके पटकाका कारणले हुने क्षति कम गर्न र दुर्घटनालाई न्युनिकरण गर्न सकिन्छ । 

गीत–मेरो माया उसैलाई .......

मेरो माया उसैलाई हो घटाउनु नपरोस् 
सकेजति जोडिरहन्छु चाहे उस्ले भाग गरोस् ।

पहिलो बोली उस्कै सुन्छु सके हेर्छु मुहार पनि
मिठो भेटघाट गर्छु दैनिक मुटु साटासाट अनि । 
छैन केहि लुकाउनु आफ्नो मन पेट खुल्ला राख्छु
तस्विर सधैं छातिमा छ, उस्कै विचार साथ राख्छु । 

घाम जुन, सित झरी जे सुकै होस् बिर्सिएर
साथ दिन्छु उसैलाई म, स्वार्थ सबै कुल्चिएर ।
शंका लागे उसैसँग सोधे पछि ढुक्क लाग्छ
जीवनभरको साथी बनौं, नछुटिउँ जस्तो लाग्छ । 



विनोद शर्मा ‘सानुभाई’ २०६९/०७/२५

Wednesday, August 15, 2012

नेपाली यसरी शुद्ध लेखौं


नेपाली कसरी शुद्ध लेख्ने ? यो प्रश्न आम नेपाली भाषाका प्रयोगकर्ताहरू सबैमा विगत लामो समयदेखि रहँदै आएको छ । यसै विषयलाई लिएर केही समय अगाडि �नेपाली कसरी शुद्ध लेख्ने ? हिज्जे विचार� २०६९� समर्थन गरेर विभिन्न मुद्रामा बाझिएका झन्डै एक सय भाषाविद्हरू एकै ठाउँमा भेला भएर सहमति गरे । तत्पश्चात् यो सहमतिले नेपाली भाषा र हिज्जेमा विकृति ल्याउन चाहनेहरूको मुखमा बुझो लगाइदिएको छ । लामो समयदेखि उठ्दै आएको एउटै मुद्दा नेपाली कसरी शुद्ध लेख्ने ? (नेकशुले) लाई यो सहमतिले नेपाली भाषामा नयाँ फड्को दिएको छ । नेकशुलेलाई मानक मानेर हाम्रा भाषा अनुरागी पाठकहरूले पनि नेपाली शुद्धसँग लेख्न सकून् भन्ने उद्देश्यले हामीले �नेपाली कसरी शुद्ध लेख्ने ? हिज्जे विचार� २०६९� को पूर्णपाठ यहाँ प्रस्तुत गरेका छौं । 

नाम
१. ह्रस्व इ, उ अन्त्यमा हुने शब्द�
क.सामान्य पुलिङ्गी शब्द । जस्तै� बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि ।
ख. सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै� घिउ, आलु, गाउँ, हिउँ आदि ।
ग. नु, आउ, आइ कृत्प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द । जस्तै� हिंड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि ।
अपवाद� दाईं, लडाईं, बसाईं आदि ।
२. दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द�
क. सामान्य स्त्रीलिङ्गी शब्द । जस्तै� गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि ।
ख. सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै� कोसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि ।
ग. मनुष्यको विशेष जात र पेशालाई बुझाउने शब्द । जस्तै� ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि ।
घ. आदरार्थी ज्यू, जी प्रत्ययान्त शब्द । जस्तै� दाज्यू, भाउज्यू, पिताजी, शर्माजी, लामाजी, झाजी, परियारजी आदि ।
ङ. भाव (धर्म) र �त्यहाँ हुने� अर्थ बुझाउने �ई� तद्धित प्रत्यय लागी बनेका शब्द । जस्तै� गरीबी, नोकरी, चाकरी, खुनी, बैगुनी, इलमी, नेपाली, अछामी, जंगली आदि ।

सर्वनाम
१. सर्वनामको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै� ऊ, ती, तिमी, हामी, यिनी, उनी, तिनी, आफू, कोही, केही, यही, त्यही, त्यहीं, कहीं आदि ।
विशेष ः सर्वनामका त्यल्ले, त्यल्लाई, जल्ले, जल्लाई, कल्ले, कल्लाई, इनी, इनले, एता, तेता, एसो, तेसो, एसरी, तेसरी, क्वै, क्यै, तैले, जैले, ऐले, उइले जस्ता रूप पनि हुन सक्छन् जसको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ । साथै त्यहाँ, यहाँ, उहाँ आदरार्थीमा पनि प्रयोग हुन्छन् ।

विशेषण
१. क. स्त्रीलिङ्गका र दुवै लिङ्गमा हुने इकारान्त विशेषण दीर्घ हुन्छन् । जस्तै� काली, गोरी, राम्री; रोजी, धनी नामी, जाती आदि ।
ख. दुवै लिङ्गमा हुने उकारान्त विशेषण ह्रस्व हुन्छन् । जस्तै� दुधालु, घरेलु, मायालु, सिकारु आदि ।
२. सामान्य विशेषण प्रकरण हेरी ह्रस्व, दीर्घ दुवै हुन्छन् । जस्तै� पिरो�पीरो, तितो�तीतो, अमिलो�अमीलो, अलिकति�अलीकति आदि ।
३. संख्यावाचक शब्दमा आउने इकार (�त्रि� बाहेक) दीर्घ हुन्छन् । जस्तै� दुई, बीस, तीस, चालीस, बत्तीस, चौंतीस, पैंतालीस, बाईस, तेईस, उन्नाईस आदि ।
संख्याबोधक शब्दका अन्य रूप दुईवटा, दोटा, दुईटा�दुइटा, दुगुना, दोहोरो, दुईसरो, दुदुई, एकेक, लाखौं, करोडौं, लाखन्, करोडन्, कैयौं, कैयन् आदि हुन्छन् ।
४. सानो, ठूलो, कालो, सेतो जस्ता विशेषणका रूप हेलाँमा साने, ठूले, काले, सेते आदि र मायाँमा सानु�सानू, कालु�कालू आदि पनि हुन्छन् ।

क्रियापद
१. क्रियापदहरू उच्चारण अनुरूप लेखिन्छन् ।
२. विध्यर्थक क्रियापदको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै� गर्नू, जानू, गरूँ, जाऊँ, आऊ, बचाऊ आदि ।
३. क. धातुको अन्त्यमा वर्गको प्रथम वा द्वितीय अक्षर (क्, च्, ट्, त्, प्, ख्, छ्, ठ्, थ्, थ्, फ्) वा स् रहेको छ भने त अथवा द विकल्पले जोडिन्छ । जस्तै� पाक्छ�पाक्तछ�पाक्दछ । जाँच्छ�जाँच्तछ�जाँच्दछ । राख्छ�राख्तछ�राख्दछ । हाँस्छ�हाँस्तछ�हाँस्दछ आदि ।
ख. अन्त्यमा अन्य अक्षर रहँदा .भने द मात्र विकल्पले जोडिन्छ । जस्तै� माग्छ�माग्दछ, बुझ्छ�बुझ्दछ । हान्छ�हान्दछ । बोल्छ�बोल्दछ, रम्छ�रम्दछ आदि
ग. कतिपय धातुमा भने त वा द केही पनि जोडिंदैन । जस्तै� जान्छ, खान्छ, रुन्छ, आदि ।
विशेष ः लिई, भई, भयो, खाँदैन, गरिदेऊ, भनिदेऊ, होओस्, होउँला आदिका संक्षिप्त रूप ली, भै, भो, खान्न, गर्दैउ, भन्देउ, होस्, हुँला आदि पनि हुन सक्छन् । यिनको प्रयोग अनौपचारिक लेखाइमा कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ ।

अव्यय
१. सामान्यतः अव्ययका अन्त्य इकार, उकार, ह्रस्व हुन्छन् । जस्तै� माथि, मुनि, पट्टि, चाहिं, थरि, बाजि, चोटि, खालि, अघि, पछि, बरु, अनि, पनि, भोलि, पर्सि, निम्ति, खेरि, छिः आदि ।
२. �अरी� प्रत्यय लागेका र यसको अर्थ दिने अव्यय दीर्घान्त हुन्छन् । जस्तै� राम्ररी, बेसरी, बराबरी; भकभकी, खलखली, ह्वालह्वाल्ती  आदि ।

विशेष शब्द�विचार
१. संस्कृतबाट जस्ताको तस्तै आएका (तत्सम) शब्द यथावत् लेखिन्छन् । जस्तै� श्री, गणेश, शक्ति, भक्ति, कीर्ति, शीतल, आकाश, रीति, नीति, समीप, शरीर, वीर, वर्षा, बुद्धि, बधू आदि ।
२. मूल शब्दका तद्भव वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै� गाउँ, खेत, भुइँ, सास, नाइके, रगत, आकाश�आकास, वर्षा�वर्खा, वास�बास, शीतल�सीतल, पुँलिङ्ग�पुंलिङ्ग�पुलिङ्ग आदि ।
३. अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत् लेखिन्छन् । जस्तै� जोश, होश, जीप, चीफ, शहीद, शिकार, जमीन, गरीब, शेयर, फेशन, शेक्सपियर, सीट, मार्कशीट, टीभी, सीडी, कानून, तूफान, भूल, छूट, स्कूल, कार्टून, जवाफ, रवाफ, मुताबिक आदि ।
४. अन्य भाषाबाट आएका शब्दका झर्रो नियम अनुसारका वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै� शिकार�सिकार, होश�होस, शेयर�सेयर, गरीब�गरिब, स्कूल�स्कुल, छूट�छुट, कानून�कानुन, कार्टून�कार्टुन, जवाफ�जबाफ आदि ।
५. झर्रोवादी आन्दोलनबाट स्थापित शब्द यथावत् लेखिन्छन् । जस्तै� अक्कास, सित्तल, अखानो, अगावै, अडेसो, अभेक, अहमत्याइँ, कस्केली, ग्रिसेली, उल्था, औतारी, कुहिरे, कुइरे, कैरन, कोकोहोलो, कोसेढुङ्गो, कोसदुएक, पपाँच, गोडादशेक, कौलासो, खटनपटन, खुरुन्धार, खैराँती, गनोट, गज्मौरो, गलहत्ती, गान्टिनु, जमर्को, घचारो, घुर्मैलो, अनजबाफ, आदि ।
६. परम्परागत रूपमा शुरूमा दीर्घ लेखिंदै आएका तद्भव शब्द यथावत् लेखिन्छन् । जस्तै� खीर, कीरो, तीतो, मीठो, मीत, रीस, पीरो, पीठो, दूध, फूल, रूख, रूखो, बूढो, धूलो, ठूलो, पूरा आदि ।
७. नेपाली प्रत्यय लगाउँदा मूल शब्दमा रहेका वर्णहरूलाई नबिगारी लेखिन्छ । जस्तै� स्वीकार्नु, विश्वासिलो, पूर्वेली, पश्चिमेली, पुष्ट्याइँ, एकवर्षे, जोशिलो, बेहोशी, होशियार, खुशियाली, कानूनी, तुषारो, पोषिलो, विदेशिनु आदि ।
८. क. संस्कृतबाट आएका तत्सम शब्दमा शिरविन्दुको सट्टा पञ्चम वर्ण देखिन्छ । जस्तै� चञ्चल, घण्टा, दण्ड, सन्त, सन्दर्भ, शम्भु, सम्पादक, सम्बोधन आदि ।
ख. अनुस्वार पछि कवर्ग रहेको अवस्थामा भने वैकल्पिक रूपमा शिरविन्दु र पञ्चम वण दुवै लेखिन्छ । जस्तै� अंक�अङ्क�अङ्क, शंख�शङ्ख�शङ्ख, संघ�सङ्घ�सङ्घ आदि ।
ग. य देखि ह सम्मका वर्ण (य, र, ल, व, श, ष, स, ह) भन्दा पहिले भने शिरविन्दु मात्र लेखिन्छ । जस्तै� संयम, संलग्न, संवाद, संविधान, संशय, संस्कृत, संस्कार, सिंह, संहार आदि । 
घ. अन्य भाषाबाट आएका, तद्भव र झर्रा शब्दमा शिरविन्दु दिइँदैन, उच्चारण अनुरूप पञ्चम वर्ण नै लेखिन्छ । जस्तै� हम्कनु, चम्किलो, चम्चा, गम्छा, सम्धी, सन्चो, बिसन्चो, लन्डन, टेन्डर आदि ।
अपवाद ः अंग्रेजी�अङ्ग्रेजी, कांग्रेस�काङ्ग्रेस आदि ।
९. क. डिकोभन्दा माथि मात्रा नभएको स्थितिमा चन्द्रविन्दु लेखिन्छ । जस्तै� भनें, गरें, बैंस, सधैं, ढोंग, मानौं, हजारौं, गर्छौं, झार्छौं, कहीं, त्यहीं, हिंड्नु, गिंड्नु, तपाईं, फर्कंदा, झर्कंदा आदि ।
१०. एउटै महाप्राण वर्ण दोहोरिएर आएमा एउटा अल्पप्राणमा परिणत हुन्छ । जस्तै� सक्खर, खुक्खा, नत्थी, पट्ठो आदि ।

पदयोग, पदवियोग
१. समस्त शब्दहरू एउटै डिकोमा लेखिन्छन् । जस्तै� दाजुभाइ, दिदीबहिनी, घटीबढी, यथाशक्ति, छात्रावास, शुभकामना, गाईगोठ, उपसचिव, नीलकण्ठ, गोडधुवा, लामपुच्छे�, चरीनङ्ग्रे, कपडछान आदि ।
२. क. समास भएपछि पाँच अक्षरभन्दा बढी हुने स्थिति भएमा शब्दहरु छुट्याएर लेखिन्छन् । जस्तै� परराष्ट्र मन्त्री, प्रधान न्यायाधीश, शिष्ट परम्परा, इतिहास शिरोमणि, परराष्ट्र मन्त्रालय आदि ।
ख. व्यक्ति�स्थान�संख्यावाचक नाम भने अभ्यास वा प्रचलन अनुरूप यथावन् लेखिन्छन् । जस्तै� लेखनाथ, बालकृष्ण, लक्ष्मीप्रसाद, विराटनगर, राजविराज, विश्वविद्यालय, महाविद्यालय आदि ।
३. एउटै काम जनाउने संयुक्त क्रियापद एउटै डिकोमा लेखिन्छन् । जस्तै� भनिसक्यो, गरिदियो, सुतिहाल्यो, आइपुग्यो, आइपुग्छ, खाइहेर्छ, जानुपर्छ, जानेछ, गएथ्यो, गर्दथ्यो, बस्तथी आदि ।
४. छुट्टाछुट्टै काम जनाउँदा क्रियापद छुट्याएर लेखिन्छन् । जस्तै� भनी सक्यो, गरी दियो, गएँ हुँला, खाई हेर्छ, जाने गर्छ, गरेको छ, भनेको छ, भनेको थियो आदि ।
विशेष ः कतिपय संयुक्त क्रियापदहरू एउटा काम जनाउँदा एउटै डिकोमा र छुट्टाछुट्टै काम जनाउँदा छुट्याएर लेखिन्छन् । जस्तै� हुनपुग्यो, पुनपुगें, बन्नपुगे; हुन पुगें, बन्न पुग्यो, भन्न हुन्छ, गर्न सक्छ, खान सक्छ आदि ।
५. विभक्तिहरू शब्दसँग एउटै डिकोमा लेखिन्छन् । जस्तै� ले, लाई, द्वारा, बाट, देखि, को, का, की, मा आदि ।
६. विभक्तिवत् आउने नामयोगीहरू जोडेर वा छुट्याएर दुवै किसिमले लेख्न सकिन्छ । जस्तै� मुनि, माथि, बारे, भन्दा, सँग, वारि, पारि, भित्र, बाहिर, तिर, सित, तर्फ, सम्म आदि ।
७. उपर्युक्त बाहेक सबै नामयोगी र निपातहरू छुट्याएर लेखिन्छन् । जस्तै� मात्रा, विना, बाहेक, समेत, अगाडि, पछाडि, सिवाय, मार्फत�मार्फत्, समक्ष, अनुसार, अनुरूप, बराबर, लगायत, मुताबिक, बमोजिम, अन्तर्गत, वटा, जना, चाहिँ, झैं, नै, जसरी, जस्तो, जस्तै, समान आदि ।

Friday, August 10, 2012

साथी चाहियो आमा ............ गजल ।


साथी चाहियो आमा बाटो बिराउँछु की
एक्लै छु मरुभूमीमा यतै हराउँछु की ।

पत्रकारीता छ पेशा कति बेला के हुन्छ
साथ खोज्दैछ यो मन नत्र डराउँछु की ।

टाढा भएछु ऐले को सँग बाड्नु दुःख
एकान्तमा बसेर आफैं बर्बराउँछु की ।

आफ्नो बुहारी खोज्ने जिम्मा नी तिम्रै
मन्जुरी हुन्छ मलाई नसोच कराउँछु की ।

विहेपछि छोराको माया बाँडिन्छ भन्छन्
तराजुमा जोखौं बरु एकतर्फि गराउँछु की ।

‘सानुभाई’

Saturday, July 21, 2012

कास्कीको ल्वाङघलेल ४ कोलेलीमा आलमण्डको नर्सरी स्थापना हुने


पोखरा साउन ७, विनोद शर्मा 
कास्कीको ल्वाङघलेल गाउँ विकास समिति वडा नम्बर ४ कोलेलीमा आलमण्ड अर्थात चिनियाँ बदाम खेतीका लागि २ महिना भित्रमा नर्सरी स्थापना हुने भएको छ । आलमण्ड स्टडी ग्रुपले परियोजना तयार पारेपछि कोलेलीका किसानहरुले व्यबसायिक रुपमा चिनियाँ बदाम खेतीका लागि १ हजार रोपनी जग्गा उपलब्ध गराएका छन् । जनशक्ति कृषि तथा सिँचाई सहकारी र आलमण्ड स्टडी ग्रुपको संयुक्त आयोजनामा हिजो भएको सार्वजनिक सुनुवाई कार्यक्रममा २ महिनाभित्र नर्सरी स्थापना गर्ने सहमति भएको छ ।

९ करोड रुपैंयाँ बराबरको परियोजना निर्माण गरेको आलमण्ड स्टडि ग्रुपले किसानको जग्गाबाट साँढे २ करोड बराबरको सेयर रहने जनाएको छ । कार्यक्रममा एक रोपनी जग्गाको ३० देखि ४० हजार रुपैंयाँ कायम हुनुपर्ने किसानहरुले माग गरेका छन् । ९ करोड रुपैंयाँ बराबरको परियोजना निर्माण गरेको ग्रुपले एक रोपनीको २५ हजार रुपैंयाँ मुल्याङकन गर्नुपर्ने जनाएको छ । 

कार्यक्रममा बोल्दै किसान जिवनाथ लामिछानेले उत्पादन लिनुभन्दा अगाडिको ३ वर्षको समयका लागि बैकल्पिक व्यबस्था हुनुपर्ने बताउनुभएको छ । सबै जग्गा परियोजनामा परेका र अरुको जग्गा अधियाँमा लिएर काम गरिरहेकाहरुका लागि परियोजनाले २५ लाख रुपैंयाँको राहत कोष खडा गर्ने र सञ्चालनको जिम्मा सहकारीलाई दिने सहमति भएको स्टडी ग्रुपका संयोजक कुसुम केशव पराजुलीले जानकारी दिनुभयो । ५ वर्षका लागि परियोजनाले निव्र्याजी ऋण उपलब्ध गराउने भएकोले त्यो रकमबाट साना परियोजना सँञ्चालन गर्न सकिने संयोजक पराजुलीको भनाई छ । परियोजना अन्तर्गतका सबै काम स्थानीयले गर्दा वार्षिक ३४ लाख रुपैंयाँ बराबरको रोजगारी श्रृजना हुने भएकोले किसानहरुले शँका गर्नु नपर्ने संयोजक पराजुलीको भनाई छ । कार्यक्रमले व्यबसायिक खेतीको आधार तयार भएको र एक पटक थप छलफल गरेर अगाडि बढ्ने सहकारीका सचिव कृष्ण दवाडीले जानकारी दिनुभयो ।

पहिलो १८ महिना बिरुवा हुर्काउन समय लाग्ने र बिरुवा रोपिसकेपछि किसानहरुले एक वर्षमा वा त्यो समयभन्दा कममा उत्पादन लिन सकिने नगदेबाली उत्पादन गर्न सकिने ग्रुपले जनाएको छ । व्यबसायिक रुपमा चिनियाँ बदाम खेतीका लागि पोखराका उद्योगी व्यबसायि, सहकारी सँस्था तथा बैंक तथा वित्तिय सँस्थाहरुले चासो दिएका छन् । 

नेपालमा वर्षेनी आयात हुने अर्बौ मुल्य बराबरको चिनियाँ बदामलाई प्रतिस्थापन नेपाललाई आत्मनिर्भर बनाउनका लागि परियोजना तयार पारेको ग्रुपले जनाएको छ । कोलेलीमा व्यबसायिक रुपमा चिनियाँ बदाम खेतीसँगै कृषि र स्वास्थ्य पर्यटनलाई समेत प्रवद्र्धन गरिने संयोजक पराजुलीले बताउनुभयो । “फुल फुल्ने तीन महिनाको समयमा पर्यटक भित्रयाउन अन्य पुर्वाधार निर्माण गर्ने काम सँगसँगै अगाडि लान्छौं ।” उहाँले भन्नुभयो “जैविक विविधता सम्बन्धी अध्ययन अनुसन्धानका लागि समेत वातावरण बनाउँदै जडिबुटीबाट उपचार गर्न आयुर्बेदिक औषधालयको निर्माणको योजना बनाउँदै छौं ।” २ वटै परियोजना सम्पन्न गर्नका लागि १५ करोड रुपैंयाँ लाग्ने आलमण्ड स्टडी ग्रुपले जनाएको छ । 

मेरो जाँगर मरेको छ ...................


मेरो जाँगर मरेको हो, म मरेको छैन 
उपियाँ झैं हिँडे अरु, म सरेको छैन ।

आकासमा देखिएको त्यो कालो बादल
हावाले पर पुर्यायो, संकट टरेको छैन ।

खोलामा बाढि आएको देखेको छु मैले
सतह नापेको मात्रै, पारी तरेको छैन ।

ओसिलो ठाउँ छ यता त्यसमाथि वर्षा
टोक्दैछ लुकेर जुको, अझै झरेको छैन ।

पक्कै डस्छ एकदिन शँका छ मलाई
विष ओकल्दै हिडोस्, केहि गरेको छैन ।

मेरो बाटो हेरेर बस्ने छैनौ धेरैदिन
दशैं अगाडि आउँछु, मिति सारेको छैन ।

सानुभाई २०६९/४/६

रिभानमा वार्षिक समिक्षा, २ लाख ६८ हजार ५ सय ६० रुपैंयाँ खर्च हुन बाँकी


रिभान, साउन ५, विनोद शर्मा ।
कास्कीको रिभान गाउँ विकास समितिले गत आर्थिक बर्ष २०६८/०६९ मा सञ्चालन भएको विकास आयोजना, बजेट र सेवा प्रवाहको बारेमा समिक्षा गरेको छ । गा.वि.स. भवनमा दिउँसो भएको समिक्षा कार्यक्रममा आयव्यय सार्वजनिक गर्दै गाविस सचिव बोधराज सापकोटाले गतवर्ष विनियोजन गरेको ३६ लाख २४ हजार ८ सय २७ रुपैंयाँमध्ये २ लाख ६८ हजार ५ सय ६० रुपैंयाँ खर्च हुन बाँकी रहेको जानकारी दिनुभयो । ती रकम गाविसको खातामा राखिएको सचिव सापकोटाले बताउनुभयो ।

रिभान गाविसको गत पुस २२ गते भएको गाउँ परिषद्ले विनियोजन गरेको वजेटमध्ये लक्षित तर्फ महिलाको १ लाख १५ हजार रुपैंयाँ खर्च हुन बाँकी रहेको हो । जनजाती तर्फको ९२ हजार ६ सय ६ रुपैंयाँ, पशु विकास कार्याक्रमको ५० हजार रुपैंयाँ र बालबालिकातर्फको १० हजार ९ सय ४४ रुपैंयाँ खर्च हुन बाँकी छ । गाउँ विकास समितिका गत वर्ष सकिएका आयोजनाको पेश्की नरहेको पनि सचिव सापकोटाले बताउनुभयो । 

“एक घर एक हिउँदे फलफुलको बिरुवा भन्ने नाराका साथ गाउँ विकास समितिले प्रत्येक घरमा एक एक वटा लप्सिको बिरुवा वितरण गरेको छ” सचिव सापकोटाले भन्नुभयो “बाँदरले सताउने हुनाले लप्सि खेतीमा किसानलाई आकर्षित गर्न बिरुवा वितरण गरेका छौं ।” लप्सिका बिरुवाका लागि ५० हजार रुपैंयाँ छुट्याएकोमा ललितपुरको गोदावरीबाट ल्याईएको ४ सय १० वटा बिरुवा ९ वटा कृषक समूहलाई दिईएको सचिव सापकोटाले जानकारी दिनुभयो । “बाँकी रहेको रकमबाट प्रत्येक वडामा ४÷४ किलोका दरले घ्यु सिमीको बीउ बितरण गरिएको छ” उहाँले भन्नुभयो “अर्को वर्ष उहाँहरुले उत्पादन गर्नुभएको बीउ सबै किसानलाई बितरण गरिनेछ ।” गा.वि.स.ले लप्सिको उत्पादन शुरु भएपछि गाउँमै माँडा र जाम उद्योग सञ्चालनका लागि तालिम दिने योजना बनाएको छ ।  

कार्यक्रमका सहभागीले तीनवटा गाउँ विकास समितिको लाखौं रोपनी जग्गा कटान गर्ने मर्दीखोला नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । मर्दीले रिभानसँगै, ल्वाङघलेल, धितालका खेतीयोग्य जग्गा कटान गर्नुका साथै बस्तीमा समेत क्षती पुर्याएकोले नियन्त्रण गर्नुपर्ने नदि नियन्त्रण समितिका अध्यक्ष धनराज थापा मगरको भनाई छ । “यो समस्यालाई गाउँ विकास समितिले सम्बोधन गर्न सक्दैन” उहाँले भन्नुभयो “राष्ट्रिय स्तरबाटै रातो कितावमा राखेर वजेट विनियोजना गर्नुपर्छ ।”   

कार्यक्रमका सहभागीहरुले वजेट असारको समयमा आउँदा कामदार नपाएको, वजेट थोरै हुँदा आवश्यक योजनामा खर्च गर्न नपाएको, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकाछन् । सरकारले २० प्रतिशत जनसहभागिता अनिवार्य भनेकोमा गाउँमा २० प्रतिशत रकम जुटाउन समस्या भएको रिभानको सबै वडा छुनेगरि निर्माण गरिएको मुल मोटरबाटो उपभोक्ता समितिका सचिव राजु ढुङ्गानाको भनाई छ । 

वडा नम्बर ७ को वडा नागरिक मञ्चकी संयोजक विष्णुमाया लामिछानेले असारमा वजेट आएकोले महिलाको शिर्षकमा छुट्टिएको वजेट खर्च गर्न नसकिएको बताउनुभयो । असारको समयमा खेतबारीको काममा व्यस्त हुनुपरेकोले महिला स्वास्थ्य शिविर र महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिबृद्धिको कार्यक्रम गर्न नसकिएको संयोजक लामिछानेको भनाई छ । 
उपस्वास्थ्यचौकी रिभानका ईन्चार्ज जनकराज पौडेलले पानी चुहिने र सिलिङबाट धुलो खस्ने भएकोले बिरामीलाई उपचार गर्न समस्या भएको बताउनुभयो । “निर्देशिकामा लक्षित वर्गका लागि रकम छुट्टिएको भए पनि स्वास्थ्यका क्षेत्रमा पनि रकम तोक्नुपर्छ” पौडेल भन्नुहुन्छ “सरकारले स्वास्थ्य क्षेत्रलाई पनि हेर्नुपर्छ ।” 
गा.वि.स.ले युवाको सशक्तिकरण कार्यक्रमका लागि सामुदायिक श्रोत केन्द्रमा कम्प्युटर खरिद गर्न र कम शुल्कमा आधारभुत कम्प्युटर कक्षा सञ्चालनका लागि सहयोग गरेको छ । केन्द्रका अध्यक्ष शिव प्रसाद भुषालले सूचना र सञ्चारका क्षेत्रमा युवाको पहुँच पुर्याउनका लागि गा.वि.स.ले गरेको सहयोगको स्वागत गर्नुभएको छ । गाउँ विकास समितिले विषयगत समिति गठन गरिसकेकोले योजना बनाउन र कार्यान्वयनमा सजिलो भएको वडा नागरिक मञ्च वडा नम्बर ४ का संयोजक सूर्य गिरीले बताउनुभयो । 

वडा नागरिक मञ्च ९ नम्बर वडाका संयोजक विश्व बहादुर रानामगरले गाउँ विकास समितिमा कम वजेट आएकोले आवश्यक योजनामा समेत वजेट विनियोजन गर्न नसकिएको बताउनुभयो । “वडा नम्बर ९ मा जानका लागि राम्रो गोरेटो बाटो समेत छैन ।” उहाँले भन्नुभयो “५ लाख रुपैंयाँ लाग्ने कामका लागि जम्मा २५ हजार मात्रै छुट्याउनु परेको छ ।”

कार्याक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष धर्मकुमारी गुरुङ, नेकपा एमालेका अध्यक्ष जुम बहादुर गुरुङ, नेपाली काँग्रेशका तोरण बहादुर गुरुङ, एकीकृत नेकपा माओवादीका ईन्चार्ज देवीलाल लामिछाने लगायतले गाउँ विकास समितिको विकास निर्माणका क्रममा राजनीतिक दलहरुका वीचमा कहिल्यै विवाद नरहने बताउनुभएको छ । 

Wednesday, July 18, 2012

नीति बनाउनुस्, म तिर्छु १९ हजार ऋण


प्रधानमन्त्री ज्यु, नमस्कार । 

साउनको ३ गते बुधबार दिनभरी मेरो मनमा एउटा मात्रै कुरा खेलिरह्यो । सरकारले लिएको ऋणमध्ये मेरो भागमा पनि १८ हजार ८ सय ६६ रुपैयाँ ८० पैसा परेको छ भन्ने । यो भनेको १९ हजार भन्दा फरक पर्दैन होला । 

सरकारले लिएको ऋण मैले तिर्नुपर्छ भने देशमा सरकार किन चाहियो भन्ने सोचिरहें । त्यो ऋणले मेरो लागि के गर्यो र मेरो टाउकोमा ऋणको भारी थपियो । बरु सबैले आ–आफैंले ऋण लिनुपर्छ की भन्ने पनि सोचें । अहिले मैले एउटा निर्णय लिएको छु । म केहि दिनमै त्यो ऋण तिरिदिन्छु । र ऋणको बोझबाट उम्किन्छु । यो विषयमा मैले केहि सहकर्मीहरुसँग पनि छलफल गरें ।  

अघिल्लो वर्ष सुनेको थिएँ मेरो भागमा १३ हजारको हाराहारीमा ऋण छ । त्यतिवेला यो ऋणको बारेमा त्यत्ति थाहा थिएन । अहिले त बढेर १९ हजार पुगेछ । के थाहा अर्को वर्ष २६ हजार भन्दा माथि पो हुन्छ की ?

सरकारले वैदेशिक र आन्तरिक गरि लिएको ऋणको सबै नेपालीलाई भाग लगाउँदा एकजनालाई १८ हजार ८ सय ६६ रुपैयाँ ८० पैसा ऋणको भार परेछ । गत आथिर्क वर्ष २०६८/०६९ को अन्त्यसम्ममा सरकारले ५ खर्ब ९ अर्ब ५० करोड रुपैंयाँ तिर्न बाँकी रहेछ । यो रकम सबै नेपालीको भागमा परेछ । यो ऋणको भार तपाईलाई पनि परेको होला हैन । मुस्ताङ जिप चढेर मितव्ययिताको संकेत गर्नुभएको तपाईका अरु कामले त मितव्ययिता देखाउन सकेनन् । बरु सरकारले लिएको ऋणको भार आफैंबाट हटाउन शुरु गर्नुस् न मिल्दैन ?

मलाई सोध्नुहुन्छ भने म यो १९ हजार रुपैंयाँ तिरेर राज्यको ऋणबाट मुक्त हुन चाहन्छु । मसँग धेरै पैसा भएर तिर्न खोजेको हाईन । म विधि बसाल्न चाहन्छु । हुनेले तीर्न शुरु गरौं । राज्यको ऋण घटाऔं । 

म सामान्य पत्रकार । पत्रकारको अवस्था कस्तो छ तपाईलाई थाहा छ । हुन त तपाईले सूचनाको हक सम्बन्धीको ऐनलाई नैं मिचेर सूचना लुकाउन खोज्दै हुनुहुन्छ । खैर ठिकै छ यो विषयमा आज बहस नगरौं । आजको कुरा राज्यको ऋण कसरी कम गर्ने भन्ने हो । 

३ खर्ब ८ अर्ब १० करोड बैदेशिक र २ खर्ब १ अर्ब ५० करोड आन्तरिक ऋण लिएको सरकारले तिर्नुपर्छ भनेर पनि सोच्नु पर्ने हो । कुल गार्हस्थ उत्पादन १५ खर्ब ५८ अर्बको ३२.७ प्रतिशत ऋण लिएर के गर्न खोजेको हो सरकारले ? म यो कुरा त बुझ्दिन । मैले बुझेको मेरो थाप्लोमा सरकारको १९ हजार ऋण छ । 

म पोखराको रेडियो तरङ्गमा काम गर्छु । मेरो पारिश्रमिक सामान्य अरु पत्रकारकोभन्दा अलि बढि छ । पोखरा महङ्गो शहर पनि हो । अफिसले मेरो बस्ने व्यबस्था गरेको हुँदा कोठा भाडा तिर्नुपर्दैन । मेरो सामान्य पनि, खानामा ३ हजार ५ सय, गाडि भाडामा ८ सय र मोवाईलमा ७ सय गरि मासिक ५ हजार खर्चहुँदो रहेछ । मासिक ७ हजार रुपैंयाँ बच्यो भने तीन महिनामा म ऋण तीर्न सक्षम हुन्छु । 

कुनै नीति नियम र कानून केहि बनाएर तीर्न सक्नेबाट रकम उठाएर बैदेशीक ऋण तीर्ने व्यबस्था पो गर्ने हो की ? फेरी ऋण बढ्दै जाँदा कसले तीर्ने र कसरी तीर्ने सरकारलाई नैं अन्यौल हुन्छ । फेरी अर्को कुरा नेपालले पाएको ऋण र अनुदान रकम सबै खर्च गर्ने क्षमता राख्दैन भने बैदेशिक सहयोग चाँहि किन लिनु पर्यो ? सोच्नुपर्ने कुरा यो पनि हो । 

२ वर्ष अघि ९६ अर्बको मात्रै बैदेशिक सहायता प्रतिबद्धता पाएको नेपालले आर्थिक वर्ष २०६८/०६९ मा मात्रै १ खर्ब ७ अर्ब ५६ करोडको बैदेशिक सहायताको प्रतिबद्धता पाएछ । गत बर्ष ५६ अर्ब ९३ करोडको अनुदान प्रतिबद्धता भएपनि असार अन्तिम साता सम्मको तथ्यांक हेर्दा सरकारले ४२ अर्ब मात्रै खर्च गरेको रहेछ । ५० अर्ब ६२ करोड ऋण प्रतिबद्धता पाएकोमा ५ अर्ब मात्रै खर्च भएको रहेछ । 

सहयोग प्रतिबद्धता वर्षेनी बढेपनि सरकारले बैदेशिक सहयोगलाई खर्च गर्न भने सकेको रहेनछ । सहयोग रकम पाउनुको बिरोधी होईन म । मेरो भनाई यत्ति मात्रै हो की सहयोग रकम ल्याएर साँच्चै उत्पादनमुलक क्षेत्रमा खर्च गर्ने हो भने हाम्रो आर्थिक स्तर उकासिन्थ्यो र देशलाई पनि ऋणको भार कम हुन्थ्यो । 

नेपाललाई आएको सहयोग रकममा सरकारका मन्त्री, सचिव देखि कर्मचारी र राजनीतिक दलका नेता तथा कार्यकर्ताले ¥याल चुहाउँछन् । कसरी हुन्छ, कमाउनुपर्छ भन्ने दाउमा लागेपछि त्यो रकम उत्पादनमुलक काममा खर्च हुँदैन । कसैले योजना आयोजनामा नाममा भ्रष्ट्राचार गरेको र व्यक्तिका नाममा जोडेको सम्पत्ति वापतको ऋण नेपालीको थाप्लोमा किन हाल्ने ?

छिमेकी देशहरु भारत र चीन नेपालले सबैभन्दा धेरै ऋण तिर्न बाँकी देशहरु रहेछन् । जापान, चीन, बेलायत, स्विजरल्याण्ड र नर्बेले अनुदान धेरै दिँदा रहेछन् । एसियाली बिकास बैंक, विश्व बैंक, ओपेक फाड, युरोपेली संघ र जलवायु सम्बन्धी लगानी कोष गरि १३ वटा संस्थाहरुले सहयोग गरिरहेका रहेछन् ।

प्रधानमन्त्री ज्यू तपाईको प्रधानमन्त्रीत्व कालमा यतिका ऋण थुपारिएको भन्न खोजेको हैन, तर तपाईको कार्यकालमा जनताको टाउकोमा ऋणको क्रमशः कम गर्ने योजना बनाउनुस् । मेरो भागको ऋण सरकारले कहिले भन्छ कहाँ भन्छ म तीर्न र बुझाउन तयार छु । 

अनुदान धेरै ल्याएर नेता कार्यकर्ता पोस्ने भन्दा पनि उत्पादनमुलक क्षेत्रमा लगानी गरि रोजगारीको श्रृजना गरौं । देशमा उत्पादकत्व बढेर प्रतिव्यक्ति आम्दानी बढे पछि न सरकारलाई बैदेशिक ऋणको आवश्यकता पर्छ, न जनताको थाप्लोमा ऋणको बोझ थपिन्छ ।

विनोद शर्मा ‘सानुभाई’
सभागृहचोक पोखरा ।

Saturday, July 14, 2012

मागेर अरुको माया ....................


मागेर अरुको माया झोला भर्नु छैन मलाई
पराईको सहारामा जँघार तर्नु छैन मलाई ।

आफ्नो परिचय आफैं बनाउने कोसिसमा छु
स्यामस्वेत देखिन्छु बरु रङ्ग भर्नु छैन मलाई ।

फाटेपछि ढाँटेपछि लुकाउन सकिन्न काँहि
पैतालाले कल्चिएको झार झैं मर्नु छैन मलाई ।

आफु सक्षम भएपछि किन मान्नु पिर चिन्ता
काम खोज्दै मधेशतिर बसाई सर्नु छैन मलाई ।

एउटै लक्ष्य एउटै बाटो सँगै यात्रा शुरु गरौं
पक्का भेटिन्छ त्यो, संसार चाहार्नु छैन मलाई ।


सानुभाई, २०६९/३/३०

Friday, July 13, 2012

कास्कीको ३१ गा.वि.स.का वासिन्दा पोखरा आएर विद्युत महशुल तिर्दै

पोखरा असार २९, विनोद शर्मा 
कास्कीको ३१ वटा गाउँ विकास समितिका वासिन्दाले पोखरामा नै विद्युत महशुल वुझाउँदै आएका छन् । विद्युत महशुल भन्दा दोब्बर भाडा तिरेर पोखरा आउनुपर्दा समस्या परेको भन्दै उनीहरुले पायक पर्ने ठाउँमा घुम्ती काउण्टर संचालनको माग गरेका छन् । क्षेत्र नम्बर १ अन्तर्गत ११ वटा गाविस र भरतपोखरीका बासिन्दाले चाँहि लेखनाथ नगरपालिकामा महसुल तिर्ने गरेका छन् । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले ३१ वटा गा.वि.स.लाई मध्येनजर राख्दै हेम्जा र नाउडाँडामा राखेको घुम्ति संकलन काउण्टर राखेको थियो ।

माओवादीको सशस्त्र द्धन्दको समयमा संकलन गरिएको रकमको असुरक्षा भएको भन्दै काउण्टर बन्द गरेपछि उपभोक्तालाई समस्या भएको हो । क्षेत्र नम्बर १ का ११ वटै गा.वि.स. र भरतपोखरी गा.वि.स.बाट भने पहिल्यैदेखि लेखनाथ नगरपालिकाको वडा नम्बर १ गगनगौंडामा जानुपर्ने बाध्यता थियो । हेम्जा र ढिकुरपोखरीको नाउडाँडामा राखिएको घुम्ति संकलन काउण्टरमा रकम बुझाईरहेका क्षेत्र नम्बर २, ३ र ४ का बासिन्दाले पुनः त्यहि क्षेत्रमा काउण्टर राखेर रकम बुझ्ने व्यबस्था मिलाउन विद्युत प्राधिकरणसँग माग गरेका छन् । पहिले महिनाको २ दिन गाउँमै पैसा बुझाउने गरिएकोमा अहिले पोखरासम्म जानुपरेको ढिकुरपोखरी गा.वि.स. का उपभोक्ता भरतराज अधिकारीले बताउनुभयो । “८० रुपैंयाँ तीर्नका लागि एक पटकमा ३ सय रुपैंयाँसम्म तीर्नुपर्छ” अधिकारीले भन्नुभयो “बरु गाउँ विकास समितिमै तिर्न पाए हुन्थ्यो ।” 

यस विषयमा बुझ्दा नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका सहायक लेखापाल केहरसिंह खत्रीले कार्यालयले तीन महिनाको मिटर रिडिङ गर्ने गरेको र उपभोक्ताले एकैपटक तीर्दा पनि जरिवाना नलाग्ने जानकारी दिनुभयो । रकमको सुरक्षा र कर्मचारीको अभावका कारणले घुम्ति संकलन काउण्टर राख्न नसकिएको उहाँको भनाई छ । कास्कीको समस्यालाई नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालयलाई लेखि पठाएको पनि सहायक लेखापाल खत्रीले जानकारी दिनुभएको छ । टाढाका उपभोक्ताले औसतमा १ महिनाको १ सय रुपैंयाँका दरले एक वर्षको एकमुष्ट रकम बुझाएमा बिलबाट काट्दै जाने व्यबस्था भएको पनि जानकारी दिनुभयो । 

गगनगौंडामा रहेको वितरण केन्द्रले पनि एकै पटक तीन महिनासम्मको बिल दिने र एकमुष्ठ रकम बुझाउन सक्ने व्यबस्था गरेको छ । ग्रामिण भेगमा बैंकिङ सुविधा नभएकोले र कम्प्युटरको माध्यमबाट बिलिङ सिस्टम सञ्चालन भएकोले समस्या भएको प्राधिकरणले जनाएको छ । गगनगौंडा वितरण केन्द्रले तनहुँका १८ वटा गाउँ विकास समितिमा भने महिनाको ४ दिनका लागि मोवाईल काउण्टरको व्यबस्था गरेको जनाएको छ । 

Thursday, July 12, 2012

आदिकवि भानुभक्तको १ सय ९९ औं जन्मजयन्ती, आजैदेखि भानु द्विशत उत्सव शुरु गरिने


पोखरा असार २९, विनोद शर्मा  
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको १ सय ९९ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाईदैछ । भानुजयन्तीको अवसरमा यस वर्ष भानु द्विशत उत्सव शुरु गरिने भएको छ । आदिकवि भानुभक्तको दुई सयौं वाषिर्कोत्सव मनाउन राष्ट्रकवि माधबप्रसाद घिमिरेको अध्यक्षतामा १ सय ९१ सदस्यीय मूल समिति समेत गठन गरिएको छ । भानु द्विशत उत्सव यसै बर्षदेखि २०७१ साल सम्म विभिन्न कार्यक्रम गरी मनाइने समितिले जनाएको छ । तनहुँको चुँदीरम्घामा रहेको भानुको जन्म स्थलमा भानुभक्तीय रामायण तथा कविता वाचन गरि भानुभक्तको सम्झना गरिँदैछ । 

तनहूको चुँदी रम्घामा वि सं १८७१ असार २९ गते अर्थात आजकै दिन भानुभक्त आचार्यको जन्म भएको थियो । आचार्यका बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, जस्ता कृति धेरैले मन पराएका छन् । आदिकवि आचार्यले संस्कृतभाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । रामायणका श्लोक गाउँघर, पानी पँधेरा तथा पानी घट्टमा समेत गुञ्जने गर्दछन् । घाँसीको कुवा खन्ने अनुकरणीय कार्य देखेर सामाजिक कार्यमा लाग्नुभएका भानुभक्तले नेपाली भाषा र साहित्यको ठूलो जग हाल्ने काम गरेको भाषाविदहरु बताउँछन् ।

दिवसको अवसरमा पोखरा विश्वविद्यालय साहित्य समाजले पनि कवि गोष्ठीको आयोजना गरेको छ । अघिल्लो वर्ष १ सय ९८ औं जन्मजयन्तीको दिन स्थापना गरिएको साहित्य समाजले प्रथम वार्षिकोत्सवका अवसरमा कवि गोष्ठी आयोजना गरिएको समाजका अध्यक्ष सुवास मल्ले जानकारी दिनुभयो । कार्यक्रममा विम्व कवि रमेश श्रेष्ठका साथै पोखरा, लेखनाथ तथा पोखरा विश्वविद्यालयमा अध्ययनरत करिब १ सय जना साहित्यिक श्रष्टाहरुको सहभागिता रहने समाजले जनाएको छ । 

आगलागीका कारण भग्नावशेषमा परिणत भएको तनहुँको चुँदीरम्घामा रहेको भानुभक्तको जन्मघर शिखर कटेरी भने अझैसम्म निर्माण हुन सकेको छैन । २०५५ सालमा पून निर्माण भएको भानुभक्तको जन्मघर शिखर कटेरी २०६० सालमा वनमा लागेको आगलागीका कारण भग्नावशेष बनेको छ । शिखर कटेरी वनाउन सरकारले सहयोग नगरेको भानुजन्मस्थल विकास समितिका कार्यकारी निर्देशक नविन दाहालले वताउनुभयो ।

तनहुँको घाँसिकुवा गाउँ विकास समिति वडा नम्बर ५ मा रहेको भानु घांसी स्मारक पार्क संरक्षण विहिन अवस्थामा छ । सम्बन्धित निकाय र स्थानीय बासिन्दाले समत चासो नदेखाउँदा पार्क संरक्षणविहिन अवस्थामा पुगेको हो । उक्त पार्कमा रहेका भानु र घांसीको अर्धकदको सालिक, घांसीले बनाएको कुवा, सयन केन्द्र, प्रतिक्षालय संरक्षणको अभावमा भत्कन सक्ने अवस्थामा छन् । पार्क व्यबस्थापन समितिका अध्यक्ष मोती कुमार श्रेष्ठले भने पार्कलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न आफुहरुले पहल गरिरहेको बताउनुभएको छ । 

फेवातालमा २ लाख ५० हजार माछाका भुरा छाडियो, बेगनासमा २५ हजार


असार २८ पोखरा, विनोद शर्मा 
पोखराको फेवातालमा यस वर्ष २ लाख ५० हजार माछाका भुरा छाडिएको छ । जिल्ला कृषि विकास कार्यालय कास्की, मत्स्य अनुसन्धान केन्द्र बेगनास, मत्स्य व्यबसायि समिती फेवाले पटक पटक गरेर २ लाख ५० हजार भुरा छाडिएको हो । तालमा कमनकार्प, ग्रासकार्प, बिगहेड, रहु, नैनी, भाकुर, लोकल, सहर जातका भुरा छाडिएको छ । भुरा छाड्नका लागि जिल्ला कृषि विकास कार्यालयको मत्स्य विकास शाखाले ६० हजार र सराङकोट गाउँ विकास समितिले २० हजार रुपैंयाँ प्रदान गरेका थिए । भुरा छाड्न मत्स्य व्यबसायि समिती फेवाले समेत १ लाख ३० हजार रुपैंयाँ खर्च गरेको छ । 

सराङकोट गाउँ विकास समिति वडा नम्बर ६ मा बसोबास गर्दै आएका, माछा मारेर जिविको पार्जन गरिरहेका जलारी समुदायलाई आयआर्जनमा बृद्धि गराउने र तालको पारिस्थितीक पद्धती बचाउँदै वातावरण संरक्षण गर्ने उद्धेश्यले भुरा छाड्नका लागि कार्यालयले सहयोग गरेको कृषि विकास कार्यालयका प्रमुख बेनी बहादुर बस्नेतले जानकारी दिनुभयो । तालमा छाड्नका लागि हुर्किएका फिँगरलिङ अर्थात औंला आकारका भुरा आवश्यक भएपनि मत्स्य अनुसन्धान केन्द्र बेगनासमा भएका साना भुरा छाडिएको मत्स्य व्यबसायि समिती फेवाका अध्यक्ष ज्ञान बहादुर जलारीले जानकारी दिनुभयो । यस आर्थिक वर्षभीत्रमा १ लाख ५० हजार भुरा छाड्ने तयारी गरेको भए पनि भुरा साना भएकोले २ लाख ५० हजार छाड्नु परेको समितिले जनाएको छ । 

त्यस्तै, लेखनाथ नगरपालिकामा रहेको बेगनास तालमा पनि योवर्ष २५ हजार भुरा छाडिएको छ । जिल्ला कृषि विकास कार्यालय कास्कीको ५० हजार रुपैंयाँ अनुदानबाट २५ हजार भुरा छाडिएको मत्स्य व्यबसायि समिती बेगनासका अध्यक्ष झलक जलारीले जानकारी दिनुभयो । यस आर्थिक वर्ष भरीमा १ लाख ५० हजार भुरा छाड्ने तयारी गरिएको भए पनि हुर्किएका फिँगरलिङ अर्थात औंला आकारका भुरा नपाईएपछि २५ हजार मात्रै छाडिएको समितिले जनाएको छ । बाँकी भुरा असोजमा छाडिने अध्यक्ष झलक जलारीले जानकारी दिनुभयो । 

साना माछा छाड्दा मर्ने सम्भावना बढि हुने भएकोले हुर्किएका फिँगरलिङ अर्थात औंला आकारका भुरा छाड्नका लागि मत्स्य व्यबसायि समिती बेगनासले २ लाख रुपैंयाँ छुट्याएको छ । बेगनास तालको आसपासमा ४२ घरधुरी जलारी समुदायको बसोबास रहेको छ । उनीहरु पुर्ण रुपमा तालमा आश्रीत छन् । सधैं अरुको भर पर्नुहुन्न भन्ने बुझेर मत्स्य व्यबसायि समितीले पनि रकम संकलन गरेर वर्षेनी तालमा माछा छाड्न थालिएको अध्यक्ष झलक जलारीले जानकारी दिनुभयो । माछा मार्ने किसानबाट तीन के.जी. सम्मका माछाको ५ रुपैंयाँ र तीन के.जी. भन्दा माथीका माछाको प्रति के.जी ७ रुपैंयाँसम्म उठाएर भुरा किन्न खर्च गर्ने गरेको छ ।

Tuesday, July 10, 2012

सार्वजनिक सुनुवाईमा सात तालको बगैंचा शहरको अस्तित्व जोगाउनुपर्नेमा जोड


पोखरा असार २७, विनोद शर्मा
कास्कीको लेखनाथ नगरपालिकाबाट सञ्चालित विकास निर्माण तथा सरकारी सेवा प्रवाहको बारेमा मँगलबार सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीले साततालको वाटिका शहरको रुपमा रहेको पहिचानलाई बचाईराख्न दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् । लेखनाथ होटल संघका महासचिव दामोदरभक्त थापाले तालको पानीलाई छुनेगरि रेष्टुरेण्ट बनिरहेको बताउनुभएको छ । तालको संरक्षणका लागि नगरपालिकाले मापदण्डलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा महासचिव थापाले जोड दिनुभयो । वडा नम्बर ८ शिशुवाका किसान निरलाल तझ्याले ताल लिजमा लिनेले सम्झौता अनुसार ताल आसपासको क्षेत्रमा विकास निर्माणको काम पनि नगरेको, स्थानीयले त्यसको फाईदा नपाएकोले लिज खारेज गर्नुपर्ने बताउनुभएको छ । 

नगरपालिकाले आर्थिक वर्ष २०५५/0५६ मा दिपाङ्ग, न्यूरेनी र गुँदे ताललाई २० वर्षका लागि लिजमा दिएको थियो । त्यतिबेला खाष्टे ताललाई १० वर्षका लागि लिजमा दिइएको भएपनि २०५६÷०५७ मा २० वर्षका लागि नैं लिजमा दिईएको थियो । स्थानीय बासिन्दाले मापदण्ड निर्धारण गरेपनि लागु गर्न नसकेको भन्दै नगरपालिकाप्रति आक्रोस पोखेका छन् । 

आजभन्दा १८ वर्ष अगाडि सात ताल, सात विशेषता अन्तर्गत खास्टे, न्यूरेनी र मैदी तालमा चरा दृष्यावलोकन, बेगनासमा पानी खेलकुद, दिपाङमा हनिमुन लेक, गुँदे तालमा बल्छि हानेर माछा मार्ने र रुपा ताललाई कायकिङ लेक बनाउने अवधारणा अगाडी सारिएको थियो । अहिलेसम्म त्यो योजना कार्यान्वयन नगरिएकोमा स्थानीयको गुनासो छ । 

विभिन्न कम्पनीहरुले लेखनाथका ४ वटा तालको भाडा वापतको झण्डै ३५ लाख रुपैँया नतिरेपछि यसै वर्षदेखि उनीहरुको सम्झौता खारेज गरेको नगरपालिकाका कानून अधिकृत राममणी अधिकारीले बताउनुभयो । नगरपालिकाले गुँदे तालबाट ६ लाख ४५ हजार, न्यूरेनीबाट २ लाख ५० हजार र खास्टेबाट १६ लाख ४२ हजार रुपैँया भाडा लिन बाँकी छ । स्थानीय स्वायत्त शासन ऐन २०५५ ले स्थानीय निकायलाई आफ्नो क्षेत्रमा रहेका खोलानाला, कुवा, इनार, पोखरी, तलाउ, ढुङ्गेधारा, आदिको संरक्षण र सदुपयोगको अधिकार दिएको छ । ती चारवटै ताललाई फेरी लिजमा दिने तयारी भैरहेको नगरपालिकाले जनाएको छ । 

“स्थानियबासीले सहकारी स्थापना गरेर ताल भाडामा मागेका छन् ।” अधिकृत राममणी अधिकारीले भन्नुभयो– ‘आर्थिक र प्राविधिक पक्षको अध्ययन सहितको प्रस्ताव मागेका छौं, प्रश्ताव हेरेर नगरपालिका बोर्ड बैठकले भाडामा दिने वा नदिने भन्ने बारेमा निर्णय गर्नेछ ।” ताल लिजमा लिएर चलाएका सँस्थाहरु अहिले सम्पर्कमा नरहेकोले सरकारी बाँकी बक्यौताका रुपमा उठाईदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको नगरपालिकाले जनाएको छ । तालहरुको संरक्षणको काम अनुसार अहिले मैदी तालको ६ सय ५० रोपनी क्षेत्रफलको सिमाङकन भैरहेको अधिकृत राममणी अधिकारीले जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाईमा सहभागीका प्रश्नको जवाफ दिँदै नगरपालिकाका कार्यकारी अधिकृत शिव प्रसाद रिजालले ताललाई छोएर बनाईएको रेष्टुरेण्ट हटाउनका लागि पत्राचार गरिसकिएको बताउनुभयो । आफ्नो नीजि जग्गामा बनेको भए दर्ता गर्न र सार्वजनिक जग्गा मिचेर बनाएको भए छाड्न निर्देशन दिईसकेको उहाँको भनाई छ । सात तालको संरक्षण र विकासका लागि पहिले बनेको योजना अनुसार नैं काम गर्नका लागि विश्व बैंकसँग छलफल भैरहेको कार्यकारी अधिकृत रिजालले बताउनुभयो ।

Saturday, July 7, 2012

जन्मदिनको शुभकामना ! !! !!!


आज असार २० गते, आजदेखि म २६ बर्षको भएँ ।
सानोमा स्कुल छाडेर भागेको । स्कुल छुट्टि भएपछि साँझसम्म डण्डिवियो खेलेर बसेको । मोजाको फुटवल बनाएर खेलेको । खहरे खोलामा नाङगै पौडी खेलेको । स्कुल विदा भएको दिन, दिनभरी ऐसेलु र चुत्रो खाएर बिताएको । पहिलोपल्ट बस देखेर तर्सिएको । बसबाट झरेपछि सिँगो घर र गाउँ नैं घुमाएजस्तो भएको । अस्ति भर्खरैजस्तो लाग्छ । 
समय त डिजेल मिलको फित्ता जस्तै पो रैछ । फनफनी घुमेको घुम्यै गर्छ । अरुले भनेको सुनेको थिएँ – खुशीमा समय चाडै बितेजस्तो लाग्छ । दुःखमा समय एकैठाउँमा अडेको अड्यैजस्तो हुन्छ । 
मैले आज पनि सम्झेको छु । एसएलसीमा गणित विषयको परिक्षा दिँदा ३ घण्टाको समय आधाघण्टामै सकिएजस्तो लागेको थियो । किनभने सबैभन्दा गाह्रो विषय भएकोले अरुलाई सोध्दा, चिट चोर्न खोज्दा समय कतिबेला सकियो थाहा भएन । फेरी तयहि विषयमा जम्मा २८ नम्बर आएर फेल भईयो । 
परिक्षा हलमा ३ घण्टाको समय पनि कति छिटो बित्छ ? विहिबार राती नेपाल टेलिभिजनमा तितोसत्य हेर्दा कत्ति चाँडै सकिन्छ ? तर, बिचबिचमा आउने विज्ञापन कत्ति लामो लाग्छ ।
अर्को कुरा, मनपर्ने सरको कक्षा कत्ति छोटो लाग्छ र मन नपर्ने सरको कक्षा कत्ति लामो । समय र उमेर पनि त्यस्तै हो की जस्तो लाग्छ । 
म सोचिरहेको छु– मेरो जीवनको २६ बर्ष मनपर्ने सरको कक्षा झैं कत्ति चाडै सकिएछ । 
कहिलेकाँही भेटेका स्कुलदेखि क्याम्पस सम्मका साथीहरुले दुखि र निरास कुरा गर्छन् । आफुले केहि गर्न नसकेपछि उनीहरुलाई आफ्नो जीवन मन नपर्ने सरको क्लासजस्तो अल्छिलाग्दो भएको छ रे । 
आफैले आफ्नो जीवन मनपर्ने सरको कक्षा जस्तो बनाएँ । आज मैले यस्तै सोचिरहेको छु । किनभने आज म पत्रकारीतामा छु र आफ्नो कामबाट सुन्तुष्ट पनि । पोखरामा रेडियो तरङ्गमा बसेर स्थानीय निकायको पारदर्शीता र जवाफदेहिताको बारेमा बुझ्दै छु । यहि विषयमा आफुलाई विज्ञ बनाएर आफुलाई स्थापित सञ्चारकर्मी बनाउने खुड्कीलो चढ्दैछु । 
समयले मान्छेलाई सुखी र दुखी बनाउने होइन, हामी आफैले बनाउँन सकिँदो रहेछ भन्ने मैले बुझ्दै छु । मेरा केहि साथीले आफुले नै जीवन मन नपर्ने सरको कक्षा जस्तो बनाए । कति साथीका बा, आमा र शिक्षकले नै जीवन मन नपर्ने सरको कक्षाजस्तो बनाइदिए । 
आफ्नो क्षमता र रुचीको विषय र क्षेत्रमा काम गर्ने हो धने जीवन मन पर्ने सरको कक्षाजस्तै हुन्छ भन्ने कुरा उनीहरुले बुझेनन् । अथवा उनीहरुलाई अग्रजहरुले पनि सहि मार्गदर्शन गर्न सकेनन् । मेरो पनि झण्डै त्यहि अवस्था आउने थियो । यदि आजभन्दा ४ वर्ष अगाडि विदेशमा होटल क्षेत्रमा काम गर्न गएको भए । 
साथीहरुले बा, आमा, परिवारका अरु सदस्य र शिक्षकले सिकाएको बाटो हिडे । म भने आफैले रोजेको र आफुले गर्न सक्ने कामको बाटो हिँडे । त्यसैले भन्छु साथीहरु र म मा केहि फरक छ ।...
म सानैदेखि पढाईमा सामान्य थिएँ । उमेरको हिसावले अरु भन्दा साने भएको हुँदा मलाई पहिलो अथवा दोश्रो बेञ्चमा बस्ने व्यबस्था मिलाईएको थियो । तर सरले पठाएको त्यत्ति बुझ्दिनथें । तर, नबुझेको कुरा सोध्ने आँटै आउदैनथ्यो । सोध्यो भने पनि सरले “सय पटक भन्दा पनि बुझिनस्” भन्दै कान निमोठ्थे ।
सायद, असल सर भईदिएको भए, विद्यार्थीलाई राम्रोसँग बुझाउँदा हुँन् । प्रेरणा दिँदा हुन् । तर नबुझ्ने विद्यार्थीलाई सरले कहिल्यै वास्ता गरेनन् । ति कक्षामा चाँडो बुझ्ने अझ भनौं पहिलो, दोश्रो, तेश्रो हुने बिद्यार्थीलाई मात्र प्रेरणा दिन्थे । सबैको अगाडि उनीहरुको मात्रै प्रसंसा गर्थे । 
सर सक्षम कारिगर । बच्चा त गिलो माटो हुन् । तिनैको हातले नै हाम्लाई बिभिन्न थरि मुर्ति बनाउने न हो । सरले भने तिक्ष्ण बिधार्थीको जहिले पनि राम्रो मुर्ति बनाउथे । हाम्लाई भने आकार दिन नसकेर त्यतिकै छाडिदिन्थे । 
म जति क्लास उक्लिदै गएँ, उति कमजोर हुँदै गएँ । 
सरले गिल्ला गर्छन् की, कक्षाका साथी हाँस्छन् भन्ने मात्रै मनमा खेलीरहन्थ्यो । कहिलेकाँहीत बाहना बनाएर विद्यालय जान्नथें । घरमै बस्थें । घरमै बसेपछि त मलाई गाली गर्ने शिक्षक हुन्थेनन् । मसित पढ्न नआउने किताव हुन्थेनन्, न त सरले सोधेको कुराको उत्तर दिँन नसक्दा गललल्ल हाँस्ने साथीहरु । म एक्लो हुन्थे । तै पनि मलाई एक दिनलाई भए पनि ढुक्क हुन्थ्यो । 
प्रायः जाँचमा मेरो पास प्रतिशत मात्रै आउँथ्यो । कहिलेकाही एक दुई विषयमा गुल्टन्थें पनि । पढ्नै मन नलाग्ने अँग्रेजी विषयमा १०/२० नम्बर मात्रै पनि आउँथ्यो । 
गाउँमा पनि पहिलो हुने बिद्यार्थीलाई सबैलाई माया गर्थे । फेल हुनेलाई त देख्यो कि गाली गर्थे । यसले पढेर खाँदैन हल गोरु किनिदिए हुन्छ खेतबारी छँदैछ खेती गर्छ भन्थे । वर्ष भरीको पढ्न पठाउनुभन्दा मेला पठाउँदा फाईदा हुन्छ भन्थे । 
तर, कसैले सोधेन– तँलाई कुन विषय पढ्न गाह्रो लाग्छ ? किन कमजोर भयो तेरो पढाई भनेर । कहिलेकाँही त मलाई पनि लाग्थ्यो– म पढेर ठूलो मान्छे बन्न सक्दिन भनेर । 
म कक्षा ६ मा पुगेदेखि कक्षाको पाठ्यपुस्तक पनि फेरियो । जम्मा एसएलसी सम्म पढेका सरहरुलाई नैं ती विषयमा पढाउन हम्मे हम्मे पथ्र्यो । उनीहरु बल्ल बल्ल पढाएजस्तो गर्थे । कहिलेकाँही त सरलाई त नआउने विषय मलाई कसरी आओस् त जस्तो पनि लाग्थ्यो ।
जव रिजल्ट हुन्थ्यो – मेरो सधैं थोरै नम्बर आउँथ्यो । त्यसबेला भने मेरो मनमा थोरै ईख पलाउँथ्यो । “यसपाली मज्जाले पढेर राम्रो नम्बर ल्याउँछु” भन्ने कसम खान्थें, तर फेरी उहि ! मन नलागेको विषय हेर्दे नहेर्ने । सरले पनि नजान्ने विद्यार्थीलाई ध्यान नदिने । अनि कसरी आउँछ राम्रो नम्बर ? “यसपाली मेहनत गरेर पढ्छु” भनेर खाएको त्यत्तिकै हराएर जान्थ्यो । 
बिस्तारै एसएलसीको परिक्षा पनि नजिकै आयो । ६ देखि फेरिएको किताव पढ्दै जाँदा एसएलसीसम्म फेरिएकै किताव पढ्नु पर्यो । आई ए, बि ए कताको कोर्ष ९ र १० मा राखिएको छ भन्थे । नयाँ र अप्ठ्यारो पाठ पढ्न त झन कठिन भैरहेको थियो । विद्यालयमा पनि यस वर्ष यी यी विद्यार्थी पास हुन्छन् भनेर अड्कल काट्न थालेका थिए । मेरो नाम पनि अन्तिमतीर परेको रहेछ ।  
...
हामी सामान्य परिवारको मान्छे । त्यसमाथी पनि पाँच भाई छोरा । मेरो बुबा मजदुरिका लागि काठमाण्डु ललितपुरका नेवारहरुको खेतमा काम गर्न जानु हुन्थ्यो रे । मैले एसएलसी दिने बेलामा थाहा पाएको । उहाँ एक महिनासम्म बसेर काम गर्नुहुन्थ्यो रे र घर खर्च जम्मा गरेर फर्कनुहुन्थ्यो रे । त्यतिबेलासम्म हामी सबैको हेरविचार र घरको काम आमाले गर्नुहुन्थ्यो रे । छोरा धेरै छन् के खालान भनेर जग्गा जोड्नका लागि हामीले धेरै मेहनत गरेका थियौं भन्नुहुन्थ्यो बुबाले । 
मेरो जेठो दाईले २० ओटा सलाईका बट्टा जम्मा गरेर त्योसँग कापी साटेर पढ्नु भएको रे । तर मलाई त्यस्तो बाध्यता त थिएन । तर आफैं कमजोर भएपछि कस्को के लाग्छ र ! 
त्यतिबेलासम्म त मेरो काँईलो दाईले पनि एसएलसी पास गरिसक्नुभएको थियो । 
मेरो बुबा आमा मात्रै होईन अरुले पनि राम्रो नम्बर ल्याएर पास गर्नुपर्छ भन्थे । कसैले धेरै पढ्नुपर्छ पैसा कमाउनुपर्छ पनि भन्थे । तर पढ्न कत्तिको गाह्रो छ भनेर कसैले पनि भन्दैनथे । 
कक्षा पिच्छे कोर्ष त फेरिन्थ्यो नैं । सिन्धुपाल्चोकको कुबिण्डे गा.वि.स. माओवादी प्रभावित क्षेत्र भएकोले शिक्षक पनि तीन तीन महिनामा फेरिईन्थे । खास गरि आँग्रेजी, गणित र विज्ञान विषयको । कोही ठाउँका बारेमा बुझेपछि गएपछि फर्केर आउँदैनथे । कोहीलाई माओवादीले दवाव दिन्थे । 
एसएलसी नजिकिदै गर्दा सरहरु पहिलो दोश्रो तेश्रो हुने र राम्रा विद्यार्थीमा केन्द्रित हुन थाले । सरहरु सोच्थे– “यिनीहरु चाँही ट्यान्लेट छन् । अलिकति चिट चोराउन र परिक्षमा टाईट नहुने ठाउँमा सेन्टर पार्न पाईयो भने त यिनले फष्ट डिभिजन ल्याएर स्कुलको इज्जत राख्छन् ।”
तर विद्यालयको रिजल्ट शुन्य जस्तै भयो । २५ जनाले एसएलसी दिएकोमा जम्मा १ जनामात्रै उत्तिर्ण भएछन् । २२ जनालाई एउटा अथवा दुईटा विषय लागेछ । मेरो पनि गणितमा २८ नम्बर आएछ र फेल भएछु । 
पुरक परिक्षा दिन पाउने व्यबस्था गर्ने की नगर्ने भन्ने विषयमा विवाद भयो । शिक्षा मन्त्रालयमै । तर पछि पाईयो । भदौको अन्तिम हप्ता । त्यसपछि मलाई पढाईमा अलि ध्यान जान थाल्यो मैले ७४ नम्बर ल्याएर पास गरें । जे होस्, म पनि सेकेन्ड डिभिजनमा पास भएँ । ५० दशमलव ४ प्रतिशत ल्याएर । 
एसएलसी पास भएपछि सदरमुकाममा बसेर १२ कक्षासम्म पढ्ने भईयो । छोरी बिग्रे नर्स छोरा बिग्रे कमर्स भने झैं भयो । अरुको लहैलहैमा लागेर कमसै पढ्ने भईयो । एउटा साथीलाई किन कमर्स पढेको भनेको उसले त राम्री केटीहरु हुन्छन् भनेर भन्ने जवाफ दिएको थियो । तर मैले त पास गर्न सजिलो होला भन्ने लागेर कमर्स रोजेको थिएँ । 
...
पिहलैदेखिको कमजोर मान्छे, त्यसैले कलेजमा पनि राम्रो विद्यार्थी हुन सकिन । तर, मेरो मन चलचित्र क्षेत्रतीर तानियो । दाईसँग बसेर पढ्दै गर्दा म हाईभिजन हलमा गएर चलचित्र हेर्न थालें । दिउँसो १२ वजेपछि सो हुन्थ्यो । विहान पढेर फर्किएपछि खाना खाएर हलमा जान थालें । हप्ताको एक दिन । तर दाईले राम्रो मान्नु भएन । पढाई बिग्रन्छ भन्नुहुन्थ्यो । 
२०५९ सालमा मेरो गाउँमा पनि विजुली पुगिसकेको थियो । ६० सालको दशैंसम्ममा मैले ५० वटा जति नेपाली चलचित्र हेरी सकेको थिएँ । द्धन्दसँग जोडिएको बलिदानदेखि युगदेखि युगसम्म हेरिसकेको थिएँ । 
६० को दशैंमा नवमीको दिनमा गाउँले काकाको घरमा श्रीकृष्ण श्रेष्ठ र निरुता सिँहले अभिनय गरेको चलचित्र माईती हेरिसकेपछि म मा एक किसिमको चलचित्रको भूत सवार भयो । मलाई पनि यो क्षेत्रमा लाग्नुपर्छ भन्ने भयो मैले मनमनै अठोट गरें म पनि यो क्षेत्रमा केही गर्छु भनेर । 
कक्षा १२ को रिजल्ट पनि सामान्य भयो । फेल पनि भईन राम्रो नम्बर पनि आएन । त्यसपछि आफ्नो लक्ष्य पछ्याउन काठमाण्डु जाने निर्णय गरें । तर घरबाट चौतारामै स्नातक तहसम्म पडे हुन्छ भन्नुभयो । चलचित्रको क्षेत्रका संघर्ष गर्न चौतारामा सम्भव थिएन । र स्नातक तहमा कमर्स पनि चौतारामा पढाई नहुने भएकोले कमर्स पढ्छु भनेर काठमाण्डु जाने योजना बनाएँ । 
दाईले ललितपुरको नमुना मच्छिन्द्र क्याम्पसमा लगेर बिबिएस पहिलो वर्षमा भर्ना गरिदिनुभयो । २०६१ भदौको २३ गतेदेखि पढाई पनि शुरु भयो । तर मेरो मन कसरी चलचित्रमा प्रवेश गर्ने भन्नेतीर केन्द्रित भयो । मंसीरदेखि त हप्ताको तीन दिन अभिनय प्रशिक्षणमा जान थालें । दाईलाई फि तीर्न पैसा मागेको उहाँले ३ वर्ष राम्रोसँग पढ त्यसपछि राम्रो जागिर खाँदै त्यो पनि काम सिके हुन्छ भन्न्ुभयो । 
१ हजार रुपैंयाँमा ३ महिना सिक्न पाईने र उत्कृष्ठलाई अभिनयको मौका दिईने भनेपछि मेरो मनले मानेन । दाईसँग रोई कराई गरेर भए पनि पैसा मागेर अभिनय सिक्न थालें ।
पहिलो पटक मैले २०६२ सालको बैशाखमा अपराध नामको टेलिचलचित्रमा आफ्नो अनुहार देखाउने मौका पाएँ । आफुलाई पहिलोपटक टिभीमा देख्दा त मेरो खुशीको सीमा रहेन तर पहिलो वर्षमा ५ मध्ये ३ वटा विषय लाग्दा भने ........... । मलाई यस क्षेत्रको रस पसिसकेको थियो । म कक्षा छोडेर भए पनि अपराधको सुटिङ हुने ठाउँमा पुग्न थालें । चलचित्र क्षेत्रको बारेमा नजिकबाट नियाल्न पाएँ । अशोक शर्मा जस्तो निर्देशकसँग काम गर्नु मेरो लागि चानचुने कुरा थिएन । 
पछि अपराध पनि बन्द भयो । मलाई फेरी रेडियोको कार्यक्रमतीर ध्यान जान थालयो । रेडियो नेपालको शुक्रबार विहान १० वजेको कार्यक्रम मधुवन मा प्रत्येक्ष सहभागि भएको म आज जस्तै ठान्छु । २०६३ को जेठतिर जावलाखेलको क्लासिक एफएमले पत्रकारिता तालिमको आयोजना गर्यो । तालिमको लागि फर्म भरेपछि अन्तर्वार्ताको क्रममा मैले अध्यक्ष मञ्जु कार्की लामिछानेलाई चलचित्र क्षेत्रमा प्रवेश गर्न रेडियोको सहारा लिएको भनेको थिएँ । 
जे होस्, मैले भने जस्तै भयो । रेडियोमा नियमित आवाज प्रसारण हुनुभन्दा अगाडि नैं मैले नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिफिल्म पथभ्रष्टमा काम गरिसकेको थिएँ । तालिममा सहभागि साथी (अहिले हाम्रो सम्बन्ध दिदि भाईको जस्तो छ) सारदा दिदिले त्यस  टेलिफिल्मका निर्देशक ओम प्रतीकसँग भेटाईदिनुभयो । अनि मैले उहाँसँग काम गर्दै सिक्ने मौका पाएँ । उहाँको सहायक भएर १३ भागसम्म काम गरें । अहिले त मैले आधा दर्जनजस्तो  टेलिफिल्म तथा सेल्युल्वाईड फिल्ममा काम गरिसकेको छु । भने ५ वटा एफएम रेडियो स्टेशनमा काम पनि । 
अहिले म पोखरामा रहेको रेडियो तरङ्गको स्टुडियोमा बसेर पुराना कुरालाई नियाल्दैछु । सञ्चारक्षेत्रको चुनौतीलाइृ पन्छाउँदै स्थानीय निकायको सवाल र मुद्धामा काम गरिरहेको छु । मेरो दाई, बा र आमालाई चिन्ता थियो, म चलचित्र क्षेत्रमा प्रवेश गरेकोमा । उहाँहरु चाहनुहुन्थ्यो राम्रो जागीर खाओस् तर मेरो रुची नै. यता भएर म यहि क्षेत्र रोजें । र सन्तुष्ट पनि छु । 
तपाईलाई लाग्न सक्छ चलचित्रको कुरा गर्दै सञ्चारमा ? मैले सञ्चारको माध्यमबाट चलचित्र क्षेत्रलाई पनि बुझ्दै छु । एफ एम मा काम गर्दै गर्दा मैले ईकु र फर्कि आउ नामका २ वटा चलचित्रमा काम पनि गरिसकेको छु । 
यो क्षेत्रमा लाग्दा पहिला केहि वर्षमा भोकै पनि बस्नु परेको थियो । मलाई त भोकै बस्दा पनि पीडा थिएन । आफ्नो रुचीको क्षेत्र हो । अनुभव हुन्छ, पछि काम लाग्छ– म सोच्थे । किनभने, यहिँ नै मैले रोजेको बाटो थियो । 
एकदिन म झल्यास्स भएँ । लौ, मैले पो आफु हिँड्ने बाटो रोजेको थिएँ । घरमा त राम्ररी भनेको नै थिइनं । मेरो आवाज एन्टेना फाउण्डेसन नेपालले उत्पादन गरेको नाटक श्रृङखला नयाँ बाटो नयाँ पाईला मा प्रसारण भएपछि मलाई बाबा, आमालाई बुझाउन सजिलो पनि भएको थियो । 
दशैमा घर गएको बेला, मैले बा–आमालाई आफ्नो सपना सुनाएँ । मैले भनें – म आर्मी पुलिसमा जागिर खान सक्दिन । लोक सेवा पास गर्न पनि धेरै दुःख गर्नुपर्छ । मलाई अरु काम केही पनि आउदैन । मलाई एउटै कुरा आउँछ, लेख्न, बोल्न र कलाकारिता क्षेत्रमा केहि गर्न । मलाइृ पैसा कमाएर काठमाण्डुमा घर बनाउनु छैन । म बरु २/४ जनाले मलाई चिनुन् भन्ने चाहन्छु । 
सायद, बा–आमा पनि मेरो कुरामा विश्वस्त हुनुभयो । म काठमाण्डुको मिर्मिरे, क्लासिक एफ एम बाट कर्णाली अञ्चलको जुम्लामा रहेको रेडियो कर्णाली हुँदै नवलपरासीको विजय एफएमबाट पोखराको तरङ्ग आईपुगेको छु । 
अहिले म मासिक १२ हजार रुपैंया तलव खाईरहेको छु । मलाई लाग्छ बोलेर पनि पैसा कमाईन्छ । हुन त फर्कि आउ भन्ने चलचित्रमा काम गर्दा २० हजार रुपैंयाँ पनि पाएको छु । पहिलेको भोक र पिडालाई मैले विर्सिएको छु । ४ वर्ष लगाएर भए पनि स्नातक तह उत्तिर्ण गरेको छु । मौका मिलेछ र समय छुट्याउन सकें भने स्नातकोत्तर तहको अध्ययन पोखरामै गर्ने विचारमा छु । 
हो, सञ्चार क्षेत्रमा अझै पनि पैसा छैन । तर सबैमा यो समस्या छैन । काम गर्नेलाई कामको खाँचो पनि छैन र प्रसाको पनि । अहिले एफ एममा काम गर्नेले पनि राम्रो पैसा कमाउन थालेका छन् । श्रमजीवि पत्रकार ऐन लागु भैसकेको अवस्था छ । 
म अहिले साहित्यकार झमक घिमिरेको पुस्तक जीवन काँडा की फुल भन्ने पुस्तक पढरहेको छु । उहाँको संघर्षको कथाले मलाई झन प्रेरणा दिईरहेको छ । काम गर्ने ठाउँको वातावरण पनि उस्तै छ । २६ वर्षको उमेरमा मलाई १ घन्टा पनि “काम” गरेजस्तो लागेको छैन । म त आफ्नो सपना पुरा गरिरहेको छु । मलाई चलचित्रको माध्यमबाट झमकको संघर्षलाई विश्वसामु चिनाउन सक्छु की भन्ने लागेको छ । 
मलाई मेरो गुरु अर्थात ओम प्रतीकले भन्नुभएको थियो “भाई मेरो चेलामध्ये तँ एउटा छस् नयाँ सोचका साथ काम गर्ने र छोटो समयमै सफलता पाउने” ।
आज मलाई मेरो जीवन मनपर्ने सरको कक्षाजस्तो भएको छ । म आफैले आफुलाई सुन्दर मुर्ति बनाउन खोजिरहेको छु ।
...
जन्मदिनको शुभकामना !

नोट ः उपन्यास कर्णाली ब्लुज का लेखक बुद्धिसागरका केहि शब्द सापटी लिएर लेखिएको हो । 

Tuesday, July 3, 2012

जन्मदिनको शुभकामना ! !! !!!


जन्मदिनको शुभकामना ! !! !!! 

आज असार २० गते, आजदेखि म २६ बर्षको भएँ ।

सानोमा स्कुल छाडेर भागेको । स्कुल छुट्टि भएपछि साँझसम्म डण्डिवियो खेलेर बसेको । मोजाको फुटवल बनाएर खेलेको । खहरे खोलामा नाङगै पौडी खेलेको । स्कुल विदा भएको दिन, दिनभरी ऐसेलु र चुत्रो खाएर बिताएको । पहिलोपल्ट बस देखेर तर्सिएको । बसबाट झरेपछि सिँगो घर र गाउँ नैं द्धुमाएजस्तो लागेको । अस्ति भर्खरैजस्तो लाग्छ । 

समय त डिजेल मिलको फित्ता जस्तै पो रैछ । फनफनी घुमेको घुम्यै गर्छ । अरुले भनेको सुनेको थिएँ – खुशीमा समय चाडै बितेजस्तो लाग्छ । दुःखमा समय एकैठाउँमा अडेको अड्यैजस्तो हुन्छ । 

मैले आज पनि सम्झेको छु । एसएलसीमा गणित विषयको परिक्षा दिँदा ३ घण्टाको समय आधाघण्टामै सकएजस्तो लागेको थियो । किनभने सबैभन्दा गाह्रो विषय भएकोले अरुलाई सोध्दा, चिट चोर्न खोज्दा समय कतिबेला सकियो थाहा भएन । फेरी तयहि विषयमा जम्मा २८ नम्बर आएर फेल भईयो । 

परिक्षा हलमा ३ घण्टाको समय पनि कति छिटो बित्छ ? विहिबार राती नेपाल टेलिभिजनमा तितोसत्य हेर्दा कत्ति चाँडै सकिन्छ ? तर, बिचबिचमा आउने विज्ञापन कत्ति लामो लाग्छ ।

अर्को कुरा, मनपर्ने सरको कक्षा कत्ति छोटो लाग्छ र मन नपर्ने सरको कक्षा कत्ति लामो । समय र उमेर पनि त्यस्तै हो की जस्तो लाग्छ । 

म सोचिरहेको छु– मेरो जीवनको २६ बर्ष मनपर्ने सरको कक्षा झैं कत्ति चाडै सकिएछ । 

कहिलेकाँही भेटेका स्कुलदेखि क्याम्पस सम्मका साथीहरुले दुखि र निरास कुरा गर्छन् । आफुले केहि गर्न नसकेपछि उनीहरुलाई आफ्नो जीवन मन नपर्ने सरको क्लासजस्तो अल्छिलाग्दो भएको छ रे । 

आफैले आफ्नो जीवन मनपर्ने सरको कक्षा जस्तो बनाएँ । आज मैले यस्तै सोचिरहेको छु । किनभने आज म पत्रकारीतामा छु र आफ्नो कामबाट सुन्तुष्ट पनि । पोखरामा रेडियो तरङ्गमा बसेर स्थानीय निकायको पारदर्शीता र जवाफदेहिताको बारेमा बुझ्दै छु । यहि विषयमा आफुलाई विज्ञ बनाएर आफुलाई स्थापित सञ्चारकर्मी बनाउने खुड्कीलो चढ्दैछु । 

समयले मान्छेलाई सुखी र दुखी बनाउने होइन, हामी आफैले बनाउँन सकिँदो रहेछ भन्ने मैले बुझ्दै छु । मेरा केहि साथीले आफुले नै जीवन मन नपर्ने सरको कक्षा जस्तो बनाए । कति साथीका बा, आमा र शिक्षकले नै जीवन मन नपर्ने सरको कक्षाजस्तो बनाइदिए । 

आफ्नो क्षमता र रुचीको विषय र क्षेत्रमा काम गर्ने हो धने जीवन मन पर्ने सरको कक्षाजस्तै हुन्छ भन्ने कुरा उनीहरुले बुझेनन् । अथवा उनीहरुलाई अग्रजहरुले पनि सहि मार्गदर्शन गर्न सकेनन् । मेरो पनि झण्डै त्यहि अवस्था आउने थियो । यदि आजभन्दा ४ वर्ष अगाडि विदेशमा होटल क्षेत्रमा काम गर्न गएको भए । 

साथीहरुले बा, आमा, परिवारका अरु सदस्य र शिक्षकले सिकाएको बाटो हिडे । म भने आफैले रोजेको र आफुले गर्न सक्ने कामको बाटो हिँडे । त्यसैले भन्छु साथीहरु र म मा केहि फरक छ ।
...
म सानैदेखि पढाईमा सामान्य थिएँ । उमेरको हिसावले अरु भन्दा साने भएको हुँदा मलाई पहिलो अथवा दोश्रो बेञ्चमा बस्ने व्यबस्था मिलाईएको थियो । तर सरले पठाएको त्यत्ति बुझ्दिनथें । तर, नबुझेको कुरा सोध्ने आँटै आउदैनथ्यो । सोध्यो भने पनि सरले “सय पटक भन्दा पनि बुझिनस्” भन्दै कान निमोठ्थे ।

सायद, असल सर भईदिएको भए, विद्यार्थीलाई राम्रोसँग बुझाउँदा हुँन् । प्रेरणा दिँदा हुन् । तर नबुझ्ने विद्यार्थीलाई सरले कहिल्यै वास्ता गरेनन् । ति कक्षामा चाँडो बुझ्ने अझ भनौं पहिलो, दोश्रो, तेश्रो हुने बिद्यार्थीलाई मात्र प्रेरणा दिन्थे । सबैको अगाडि उनीहरुको मात्रै प्रसंसा गर्थे । 

सर सक्षम कारिगर । बच्चा त गिलो माटो हुन् । तिनैको हातले नै हाम्लाई बिभिन्न थरि मुर्ति बनाउने न हो । सरले भने तिक्ष्ण बिधार्थीको जहिले पनि राम्रो मुर्ति बनाउथे । हाम्लाई भने आकार दिन नसकेर त्यतिकै छाडिदिन्थे । 

क्रमश : 

उपन्यास कर्णाली ब्लुज का उपन्यासकार बुद्धिसागरका केहि शब्द सापटी लिएर लेखिएको हो । 

सेतीले हेमजाको एक घर बगायो, ५० घर र राजमार्ग जोखिममा


पोखरा असार २०, विनोद शर्मा 
अविरल बर्षासँगै आएको बाढीका कारण सेती नदीले फेरी कास्की हेमजाको एक घर बगाएको छ । नदिले धार परिवर्तन गरेपछि कास्की हेमजाको एक घर बगाएको छ । यहि जेठ ४ गतेको बाढीका कारण विस्थापित भएका ९ घर मध्ये कविता तिमिल्सनीको घर बगाएको हो । 

गएरातीदेखि परेको अविरल बर्षाका कारण बस्तीतर्फको भाग कटान सुरु हुँदा पोखरा बाग्लुङ्ग जोड्ने भूपिशेरचन राजमार्गको दुई सय मिटर सडक र आधा दर्जनभन्दा बढी बिजुलीका पोल बगाउने खतरा बढेको छ । त्यस्तै हेमजा वडा नम्बर १, याम्दीका ५० भन्दा बढी घर जोखिममा परेको गा.वि.स. सचिव भरतराज पौडेलले जानकारी दिनुभयो । बाढीले पोखरा उपमहानगरपालिकाका लागि मर्दिखोलाबाट ल्याउने खानेपानीको पाइप पनि बगाएको छ । पोखरामा गएको २४ घण्टामा मात्रै ९४ दशमलव ८० मिलिलिटर पानी परेको नारायणी वेसिन पोखराले जनाएको छ ।

केहीदिनअघि, स्थानीय प्रशासन र प्रहरीको सहयोगमा सेतीलाई पुरानै धारमा फर्काउने प्रयास भएपनि, नदीमा पानीको वहाव बढेपछि, प्रयास असफल बनेको छ । नदी नियन्त्रणमा चासो नदेखाएको भन्दै यहि जेठ १३ गते स्थानीय बासिन्दाले दिनभर जसो पोखरा बाग्लुङ्ग जोड्ने भूपिशेरचन राजमार्ग अवरुद्ध पारेका थिए ।

बैशाख २३ गते सुख्खायाममा आएको विनाशकारी बाढीले झस्किएका कास्कीबासी, मनसुन सुरु भएलगत्तै सेतीले कटान थालेपछि, थप त्रसित बनेका छन् । बाढीमा परि ३० भन्दा वढीले ज्यान गुमाएका छन् भने त्यति संख्यामा हराईरहेका छन् । सेति नदिले अझै पनि ठुलो विपद् ल्याउन सक्ने भन्दै विज्ञहरुले सचेत रहन सुझाव दिएका छन् ।

Saturday, June 30, 2012

धेरै पर्यटक भित्रयाउने व्यबसायिलाई सरकारको अनुदान ।


पोखरा असार १७, विनोद शर्मा 
एकपटकमा सय जनाभन्दा बढी विदेशी पर्यटक हवाई मार्गबाट भित्रयाउने पर्यटन व्यवसायीलाई सरकारले पाँच लाख रुपैंयासम्म अनुदान दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको कार्यविधिमा एक सय भन्दा बढि पर्यटक भित्रयाउने व्यबसायिलाई प्रोत्साहन गर्न अनुदान दिने उल्लेख गरिएको छ । पर्यटन क्षेत्रको विकासबाट विदेशी मुद्रा आर्जन तथा रोजगारीको अवसर वृद्धि गरी राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन मन्त्रालयले कार्यविधिलाई कार्यान्वयनमा ल्याउन लागेको हो । 

सयजनाभन्दा बढी हवाई मार्गबाट नेपाल आउने विदेशी राहदानी बाहकलाई सहभागी गराई सभा, सम्मेलन, गोष्ठी, बैठक वा अन्तक्र्रिया आयोजना गरेमा त्यस्ता आयोजकलाई पाँच लाख रुपैंयासम्म नगद अनुदान दिईने मन्त्रालयका सचिव डा गणेशराज जोशीले बताउनुभयो । अनुदान रकम पाउन कार्यक्रम सम्पन्न भएको सात दिनभित्र निवेदन दिनुपर्ने छ । व्यबसायिले निवेदन दिएको सात दिनभित्रै अनुदान उपलब्ध गराइने, कार्यविधिमा व्यवस्था गरिएको सचिव जोशीले जानकारी दिनुभयो ।

सरकारले नैं पर्यटन व्यबसाय मार्फत रोजगारीको अवसर वृद्धि गरी राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने पहल स्वरुप व्यबसायिलाई प्रोत्साहित गर्न लागेकोमा पोखराका व्यबसायिहरुले स्वागत गरेका छन् । एकै पटकमा सय जनाभन्दा बढि पर्यटक आउँदा करोडौंको कारोबार हुने पर्यटन व्यबसायिको भनाई छ । नेपालमा अरु मुलुकबाट भन्दा चिनबाट एकैपटकमा सयजना भन्दा पर्यटक ल्याउन सजिलो हुने पश्चिमाञ्चल होटल संघ पोखराका उपाध्यक्ष भरतराज पराजुलीको भनाई छ ।

ढिला भए पनि सरकारले पर्यटन व्यबसायलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा हेरेको भन्दै उपाध्यक्ष पराजुलीले खुशी व्यक्त गर्नुभयो । एकजना पर्यटक नेपाल भित्रदा उसका लागि प्रत्येक्ष र अप्रत्यक्ष गरि १३ जनाले रोजगारी पाउने पोखरा पर्यटन परिषदका अध्यक्ष टिकाराम सापकोटाले जानकारी दिनुभयो । सरकारले पर्यटन वर्ष २०११ कै अवसरमा ठुलो सँख्यामा पर्यटक भित्रयाउने व्यबसायिलाई अनुदान दिने बताएको हो । 

यसैवीच, पर्यटकिय नगरि पोखराको प्रवद्र्धनका लागि पर्यटन व्यबसायिहरु भारतको सिमा क्षेत्रमा जाने भएका छन् । पोखरा सुरक्षित र अनुकुल मौसमको शहर हो भन्ने बारेमा भारतको गोरखपुर, कानपुर र लखनउमा प्रचार प्रसार गर्ने पश्चिमाञ्चल होटल संघ पोखराका उपाध्यक्ष भरतराज पराजुलीले बताउनुभयो । पश्चिमाञ्चल होटल संघ पोखराको नेतृत्वमा पोखराका पर्यटन व्यबसायिहरुको टोली यहि असार २१ गते गोरखपुर जान लागेको हो ।

पर्यटन बोर्डसँगको सहकार्यमा हुने कार्यक्रममा ट्राभल एजेन्ट, सञ्चारकर्मीहरुसँग, होटल व्यबसायिकहरुसँग पोखराको प्रवद्र्धनका बारेमा बृहत छलफल गरिने पश्चिमाञ्चल होटल संघका अध्यक्ष विप्लव पौडेलले बताउनुभयो । पोखरामा पर्यटक भित्रयाउनका लागि पोखराका पर्यटन व्यबसायिहरुले विभिन्न ठाउँमा प्रवद्र्धननात्मक कार्यक्रमहरु गरिरहेका छन् । 

Wednesday, June 27, 2012

नेपालले गरेका विश्वकिर्तिमानहरु


नेपालले गरेका विश्वकिर्तिमानहरु :
     विश्वको सर्वोच्च शिखरः सगरमाथा अंचलको सोलुखुम्बु जिल्लामा पर्ने ८८४८ मिटर अग्लो सगरमाथा (Mt. Everest) को शिखर विश्वको सर्वोच्च शिखर मानिन्छ ।
·      विश्वमा नै सबैभन्दा ठूलो लालिगुराँस फूलः मेची अंचलको इलाम जिल्लाको वुधवारेमा १८२५ मिटरको उचाईमा विश्वमै सबैभन्दा ठूलो लाली गुराँसको फूल फुल्दछ ।
·      विश्वमै सबैभन्दा सानो मुद्रा (पैसा, सिक्का): वि.सं. १७९७ मा राजा जयप्रकाश मल्लका पालामा निर्मित “जाबा” मुद्रालाई विश्वमै र्सवाधिक सानो मुद्रा मानिन्छ ।
·      नेपालमा मात्र पाइने विश्वको दुर्लभ चराः नेपालमा मात्र पाइने तर विश्वमा अन्यत्र कही पनि नपाइने दुर्लभ चराको नाम काँडे भ्याकुर हो । यो चरा बागमती अंचलको ललितपुर जिल्लाको चापागाउँ गोदावरी क्षेत्र र शाही बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा भेटिने गरिएको पाइन्छ । यसका साथै नेपाल रेन व्याव्लर नामको चरा पनि नेपालमा मात्र पाइन्छ । यो पंछी नेपाल रेन व्याव्लर पनि विश्वको अन्य कुनै देशमो नपाइने सत्य जानकारहरु बताउँछन् ।
      विश्वको र्सवाधिक उचाईमा रहको तालः तिलिचो ताल । यो तिलिचो ताल मनाङ जिल्लामा पर्दछ । यो ताल समुद्री सतहबाट ४९१९ मिटर उचाईमा रहेको छ । तिलिचो ताल हाल विश्वमा र्सवाधिक उचाईमा रहेको ताल भनी मानिएको दक्षिण अमेरिकामा पर्ने टिटिकाका तालभन्दा ११०७ मिटर उचाईमा रहेको छ ।
·      विश्वको र्सवाधिक गहिरो गल्छीः म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा पनेृ अन्नपर्ूण्ा हिमाल र धौलागिरी हिमालको बीचमा ६९६७ मिटर गहिरो काली गण्डकी नदीले बनाएको गल्छीलाई विश्वको र्सवाधिक गहिरो गल्छी मानिन्छ । काली गण्डकी नदीले बनाएको गल्छी अमेरिकाको सबैभन्दा गहिरो मानिएको हेल्स केन्यन -गल्छी) भन्दा १४०८ मिटर गहिरो छ ।
·        विश्वमा र्सवाधिक उचाईमा धानखेतीः समुद्री सतहदेखि २८५० मिटरको उचाईमा जुम्ला जिल्लाको पतरासी गा.वि.स. को घुमचौर जिउलो -कर्ण्ााली अंचलमा धानखेती हुने जग्गालाई जिउलो भनिन्छ ।) मा गरिने जुम्ली “मार्सी” नामको धानखेती विश्वमै र्सवाधिक उचाईमा गरिने धानखेती मानिन्छ । यहाँ झण्डै ४० हेक्टर क्षेत्रफलमा गरिने धान खेतीको धान चामल रातो हुन्छ र यो चामल खिरका लागि अति उपयुक्त मानिन्छ ।
·      दक्षिण एशियाको सबैभन्दा ठूलो हात्तिः राजा गज र कान्छा ११ फिट २ इन्च अग्ला यी हातीहरु शाही वर्दिया राष्ट्रिय निकुञ्जमा रहेका छन् ।
·      विश्वमा र्सवाधिक वजनदार -ठूलो) बाँदरः जनकपुरमा राममन्दिर सँगैको हनुमान मन्दिरमा रहेको ५५ के.जी. तौलको “बौवा हनुमान” लाई विश्वको र्सवाधिक ठूलो बाँदर मानिएको छ । “ट्राइल्फोरम एक्सप्लोर्रस एशोशिएशन” नामको एक विदेशी संस्थाले १० सेप्टेम्बर सन् १९९१ मा बौवा हनुमानलाई विश्वकै सबैभन्दा ठूलो बाँदर भनी उल्लेख गरेको थियो । वि.सं. २०५४ आषाढ ४ गतेको दिन १८ वर्षो उमेरमा अति दयनीय स्थितिमा बौवा हनुमानको मृत्यु भएको थियो ।
·      विश्वको र्सवाधिक होचो उपत्यकाः विश्वको र्सवाधिक होचो ठाउँमा रहेको अरुण उपत्यका हो, जो संखुवासभा जिल्लाको तुम्लिङ्टारमा पर्दछ । अरुण उपत्यका पूर्वमा ८५८६ मिटर अग्लो कञ्चनजंघा र पश्चिममा ८८४८ मिटर अग्लो सगरमाथा बीचमा पर्ने १२५ कि.मि. दुरीमा ८३९१ मिटर होचो हुन गएकोछ ।
·      विश्वमा अन्यत्र नपाइने नेपालमा पाइने पुतलीः नेपालमा ६०० प्रकारका रंगीविरंगी सुन्दर पुतलीहरु पाइन्छन् । यसमध्ये पारनासियस, रापाला हिनामारु, नेप्सितामूर, पोलियोमाट्स नेपालेन्सिस, पोन्टिया सेर्पी, पारालाका नेपालिकस, लोपिङ्ग लेहमानी र यिप्थीमा कपुन्सा नामका आठ जातका पुतलीसडक नेपालमा मात्र पाइन्छन् । विश्वमै क्षति सुन्दर मानिने “गोल्डन वार्डविङ्ग” नामको पुतली नेपालको मध्य पहाडी क्षेत्र र तर्राई क्षेत्रमा पाइन्छ । विश्वमै सबैभन्दा सानो रात्रीचर पुतली -मथ) “एटलास” रंगीविरंगी सुन्दर पुतली “केशर ए हिन्द” काठमाडौँ उपत्यकाको फूलचोकी क्षेत्रमा पाइन्छ ।
·      नेपालमा मात्र पाइने किराः नेपालमा मात्र पाइने तर विश्वको अन्य कुनै पनि मुलुकमा नपाइने किरा हो – “कालिस नेमिस” र “आप्तोगास्तर नेपालेन्सिस”
·      सबैभन्दा सानो लाली गुराँसको फूलः कर्णाली अंचलमा रारा तालको छेउछाउमा विश्वमै सबैभन्दा सानो लाली गुराँस फुल्दछ ।
·      विश्वमा र्सवाधिक संख्यामा चराहरु पाइने उपत्यकाः नेपालको अरुण उपत्यकामा ६०० भन्दा बढी जातिका चराहरु पाइने गरिएको छ ।
साभारः विभिन्न पत्रपत्रिका तथा किताबहरु