Friday, February 17, 2012

पोखराको पि.एन्. क्याम्पसमा सञ्चालित श्रव्य पुस्तकालयमा अझै दरबन्दी स्विकृत भएन ।।

फागुन ५, पोखरा, विनोद शर्मा ।
दृष्ट्रिविहिन विद्यार्थीलाई लक्षित गरि पोखराको पृथ्वी नारायण क्याम्पसमा सञ्चालन गरिएको श्रव्य पुस्तकालयमा लामो समय भईसक्दा पनि कर्मचारी दरबन्दी स्विकृत हुन सकेको छैन । पुस्तकालय सञ्चालनमा आएको सात वर्ष पछि गत वर्ष त्रिभुवन विश्वविद्यालयले श्रव्य पुस्तकालयलाई २ जनाको दरवन्दी दिए पनि अझै स्विकृती नगरेका कारण श्रव्य सामाग्रीको उत्पादनमा समस्या आएको कास्की नेत्रहिन सँघका कार्यक्रम सँयोजक लक्ष्मण सुवेदीले बताउनुभयो । 

कास्की नेत्रहिन सँघले क्याम्पससँग सम्झौता गरि २०६१ सालमा क्याम्पस अन्तर्गत पश्चिमाञ्चल क्षेत्रिय पुस्तकालयभित्र ४ कोठाको राष्ट्रिय श्रब्य पुस्तकालय स्थापना गरेको थियो । पुस्तकालय सञ्चालनमा आएको सात वर्षसम्म पनि सरकारी तवरबाट पुस्तकालयलाई कुनै सहयोग नआएको गुनासो संयोजक लक्ष्मण सुवेदीको छ । अहिले लोकसेवा आयोग अन्तर्गतको नायव सुब्बा र खरिदार तहको नयाँ वाठ्यक्रममा आधारीत पुस्तकहरु उत्पादन भईरहेको तर एउटा पुस्तक उत्पादनका लागि नैं १३ हजार रुपैंयाँसम्म खर्च हुने उहाँको भनाई छ । सरकारले छिट्टै दरवन्दी स्विकृत गर्नुका साथै पुस्तकालयलाई वार्षिक वजेट विनियोजन गरे पुस्तकालय सरकारलाई नैं हस्तान्तरण गर्ने योजना सँघको छ । 

पुस्तकालय नहुँदासम्म ३३ प्रतिशतको हाराहारीमा दृष्ट्रिविहिन विद्यार्थी उत्तिर्ण हुने गरेकोमा अहिले ६७ प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरेको नेपाल नेत्रहिन सँघको केन्द्रिय कार्यालयको तथ्याँकमा उल्लेख छ । पुस्तकालयका लागि क्याम्पसले निशुल्क स्थान उपलव्ध गराएको छ भने हरेक वर्ष क्याम्पसमा भर्ना हुन आउने विद्यार्थीबाट प्रति विद्यार्थी १० रुर्पैयाँ सँकलन गरी एक जना कर्मचारीलाई पारिश्रमिकको व्यबस्था गरिएको क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोईरालाले जानकारी दिनुभयो । 

कक्षा ८ भन्दा माथि अध्ययन गर्ने विद्यार्थीहरुका लागि ब्रेल लिपीका पुस्तक प्रकासित नहुने भएकोले पुस्तकालयले माथील्लो तहका विद्यार्थीका पाठ्यक्रमका पुस्तकहरु, लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगका पुस्तकहरु उत्पादन गरेर वितरण गरिरहेको छ । पुस्तकालय नहुँदासम्म ३३ प्रतिशतको हाराहारीमा दृष्ट्रिविहिन विद्यार्थी उत्तिर्ण हुने गरेकोमा अहिले ६७ प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरेको नेपाल नेत्रहिन सँघको केन्द्रिय कार्यालयको तथ्याँकमा उल्लेख छ । 

नेपालभर स्कुल कलेज र क्याम्पसमा गरि १ हजार दृष्टिविहिन विद्यार्थी अध्ययनरत रहेको तथ्यांक नेपाल नेत्रहिन सँघको केन्द्रिय कार्यालयसँग छ । जसमध्ये ८ कक्षा भन्दा माथिका ८ सय विद्यार्थी अडियो पुस्तकालयको सम्पर्कमा आइसकेको कास्की नेत्रहिन सँघको दावी छ ।

Sunday, February 12, 2012

गीत

भमरालाई फुलको माया आकाशलाई जुनको
जति टाढा भए पनि मलाई माया उनको ।

अलिकति आशा खुसी उनकै लागि साँचें
आजसम्म केवल उनकै नाम लिई बाँचें ।
प्यासीलाई मुलको माया बाँसुरीलाई धुनको
जति टाढा भए पनि मलाई माया उनको ।

सम्बन्ध यो टुट्यो भन्न सँकेत पा को छैन
अरु कोहि रोजेको नी थाहा पा को हैन ।
वटुवालाई पुलको माया बैगुनीलाई गुनको
जति टाढा भए पनि मलाई माया उनको ।

सानुभाइ

बुढो रुख र म

हिजो आज
दुई चार दिन भयो
एउटै सपना देख्छु
एउटा बुढो रुख रुन्छ म सँग
भन्छ मलाई बचाईदेऊ ।

म उसको कुरा सुन्न चाहन्न
उसले सुनाउन बल गर्छ
म सकेसम्म पन्छाउँछु
उसको अगाडी मेरो केहि लाग्दैन
अन्ततः म सुन्न बाध्य हुन्छु ।

म भन्छु किन तिमीलाई बचाउने
उ भन्छ म बाँचें भने तिमी बाँच्छौ
कसरी मैँले सोधें
उसले देखायो आफ्नो जरा
उसको जराबाट अम्रीएको पानीले
आजसम्म मेरो र मेरा सन्ततीको
प्यास मेटिएको रहेछ
उसको हाँगाले मेरो चुलो बलेको रहेछ ।

म त बाठो मान्छे
उसको विकल्प खोजें
भनें तँलाई काटेर अर्को रोप्छु
उ झन अडिग भयो
उसले भन्यो आजसम्म कति रोप्यौ
मैले भनें दुई चार पटक
उसले सोध्यो कति पटक काट्यौ त
उत्तर दिन सहज थिएन मलाई
किनकी जङ्गलमा काट्न लायक कुनै रुख थिएन ।

उ मुस्कुरायो र भन्यो
तिमी आज काट्छौ र रोप्नलाई भोली भन्छौ
तिम्रो आसपासमा जँगल सकियो
तिमीले खानेपानी पनि सुक्दैछ
काठ दाउरा कहाँबाट लान्छौ अव
भोली पहिरोले तिम्रो घर पुर्छ
तिमी बचे पनि अरुलाई बचाउन सक्दैनौ ।

मैले यहाँभन्दा अरु सुन्न सकिन
र लागेँ आफ्नै बाटो
पुगेँ घरमा अनि रिसाएँ त्यो बुढो रुखसँग ।
त्यहि रात मुसलधारे पानी प-यो
हेर्दा हेर्दै घर छेउमा पहिरो गयो
गोठ र गाई वस्तु पहिरोमा परे
म गुहार माग्दै कराउन थालें
केरो गुहार सुन्ने कोहि भएन ।

पहिरोले घर पनि लान्छ जस्तो लाग्यो
अव कसैको वाँच्ने आशा भएन
म अनायासै व्युझिएछु ।
र घरलाई पहिरोबाट बचाउन खोजेँ
तर मेरो घरलाई केहि भएको रहेनछ
मेरा परिवमर र वालवच्चा मस्त निदाईरहेका थिए ।
त्यसपछि मैले त्यो बुढो रुखलाई खाजें
साँच्चै त्यो बुढो रुख हाम्रो वरिपरी थिएन
थिए त केवल साना पोथ्राहरु ।

मैले मात्र देख्छु की सबैले देख्छन्
यस्ता सपनाहरु आजकल
हो साँच्चै पानीका मुहान सुक्दैछन्
दाउरा घाँसको अभाव हुँदैछ
पानी पर्न छाडिसकेको छ ।

म त्यो बुढो रुखलाई भेट्न चाहन्छु
समयमै आँखा खोलिदिएकोमा
धन्यवाद दिन चाहन्छु
तर असम्भव छ उसको र मेरो भेट ।
यो कुरा म सवैलाई सुनाउँछु
र शुरु गर्छु वन जोगाउने अभियान ।

विनोद शर्मा ुसानुभाइु

राष्ट्रिय विभूतिः गिरिजाबावु

सवैभन्दा सत्य त मृत्यु हो तर गिरिजाबावुको मृत्युलाई अझ धेरैले पत्याउन सकेका छैनन् । गिरिजाबावु सवै प्रतिरोध पन्छाएर नेपाली प्रजातान्त्रिक आन्दोलनका महानायक बन्न पुगे र त उनका सामु धेरै पटक मृत्यु समेत हारेको थियो । विश्वास नगरे पनि सत्य बदलिँदो रहेनछ अन्ततः मृत्युले आफ्नो बसमा पारिछाड्यो गिरिजाबावुलाई ।

गिरिजाबावुको निधनबाट सबैभन्दा बढि असर नेपालको शान्ति प्रकृयामा पर्ने कुराको दुई मत नहोला । सँविधान जारि गर्नका लागि अव दुई महिना पनि बाँकि छैन तर सँविधान बन्ने छेक छन्दै छैन । राजनितीका चतुर खेलाडि गिरिजा प्रसाद कोइरालाका अगाडी अझ चतुर बन्न खोजेको एकीकृत नेकपा माओवादीले गिरिजा प्रसाद कोइरालालाई झुक्याउन खोजेका कारण नेपाल राजनैतिक जटिलतामा फसेको आरोप लगाउनेहरु पनि धेरै छन् । गिरिजा प्रसाद कोइराला नेपालका प्रथम राष्ट्रपति हुन्छन् भनेर सम्पूर्ण जनताले अपेक्षा गरिरहेका वेला कोईरालाको व्यक्तित्वबाट तसे्रर हो की एकीकृत नेकपा माओवादीले राष्ट्रपतिको लागि अर्को पासा थाप्यो तर त्यहि पासामा आज माओवादी फसेको हो की भन्ने अनुभुती सबैले गरेका छन् ।

गिरिजाबावुले छाडेर जाँदा नेपाल साँघुरो बाटोमा अड्किएको छ । नेपाललाई अगाडि नबढि नहुने वाध्यता छ तर अघिल्तिर बाटामा धेरै तगाराहरु छन् त्यसलाई पन्छाउनु त्यत्ति सजिलो भने छैन । नेपालको हितकालागि राजनैतिक दलहरुले काम गरेका हुन भने जेठ १४ मै संविधान जारीगर्नुपर्ने वाध्यता छ । तर २०६२÷०६३ को जनआन्दोलनकै भावना विपरीत ुजेठ १४ गते संविधान बनेर लागु भएन भने आकाशै खस्ने होइनु भन्ने जस्ता अभिव्यक्तिहरु जिम्मेवार राजनैतिक दलका जिम्मेवार नेताहरुले भन्न थालेका छन् । संविधान निर्माणका लागि दलहरुले पाएको २ वर्षको समय पनि विनाकाम खर्च गरेका छन् जसले गर्दा दलहरुलाई संविधान चाहिएको रहेनछ भन्ने भान जनतामा परिसकेको छ । अहिले संपुर्ण दल र नेतामा सत्ता र सरकारमा बसेर मात्र जनतामा प्रभाव पार्न सकिन्छ भन्ने भ्रम छ । तर सत्ता र सरकार भन्दा बाहिर बस्दा पनि गिरिजाबावुको प्रभाव कम थिएन । राजनीतिमा त्याग नै शक्ति हो भन्ने बुझेर नेताहरुले बाँकि समयमै संविधान निर्माण गरि गिरिजाबावु प्रति ओठे भक्ति भन्दा सच्चा भक्त बनेर देखाउने हो की

गिरिजाबावुको रिक्तताको ठुलो खाडल अहिले नेपाली काँग्रेसमा देखिएको छ । अर्कालाई नमान्ने व्यबहार बोकेका दाश्रो पुस्ताका नेताहरुकावीचमा देखिएको तिक्तताले उनीहरुको वीचमा ठुलो टक्कर पर्ने प्रष्ट छ । कोईरालाको अनुपस्थितीमा काँग्रेसभीत्र देखापर्ने र देखापरेको टक्कर मनमुटाव र वेमेलले काँग्रेसको भविस्यमाथी पनि ठुलो प्रश्न चिन्ह देखिएको छ । कतै बाह्रौं महाधिबेसनबाट काँग्रेस पुनः विभाजित हुने त होईन भनेर वजारमा हल्ला चल्न थालेको छ ।

समय आउँछ पर्खदैन वगेको खोलो फर्कँदैन भन्ने उखान त सबैले सुनेकै छन् तर थोरै मान्छेले मात्र त्यो समयको पहिचान गरि उक्त समयलाई अवसरको रुपमा प्रयोग गरि इतिहास लेखाउँदै आफुलाई अमर र अजर बनाउन सफल हुन्छन् । त्यस मध्यमा परे गिरिजाबावु । उनले दश वर्षे जनयुद्धको नाममा सशस्त्र युद्ध गरेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरण गरे अन्य दलहरुवीच सहमती कायम गरेर नेपालको इतिहासमै पहिलो पटक सँविधानसभाको निवाएचन गराएर आफ्नो सँविधान आफैं बनाउने अधिकार जनतालाई प्रदान गर्न सफल भए । कोईरालाकै नेतृत्वमा नेपालममा गणतन्त्र स्थापना हुनुले उनलाई प्रजातान्त्रीक नेपालका महानायक बनायो । जँगलबाट शान्तिपूर्ण राजनैतिक आन्दोलनमा प्रवेश गरेको माओवादी गद्धिबाट बाहिरीएको राजसँस्थाले समेत कोईरालाको नेतृत्व मात्र होईन उनको निर्णय समेत सहजै स्विकार गर्न पुगे ।

वि।सं।२०४८ साल ताका ुमाले मण्डले र मसाले एकै हुन्ु भन्ने जस्तो विवादास्पद अभिव्यक्ति दिएर वाम राजनीतिज्ञहरुलाई समेत चिढ्याएका गिरिजा प्रसाद कोइरालालाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले समेत अविभावकका रुपमा लिएको बताउँदा अन्ततः कोईराला वाम पार्टिका लागि पनि विश्वासिला व्यक्ति बन्न पुगे । यसले के देखाउँछ भने दलीय राजनीति भन्दा माथीको सकि्रगता नैं गिरिजा प्रसाद कोइरालाको जस्तै उचाई प्राप्त गर्नका लागि अवका नेताहरुले देखाउनु पर्ने प्रमुख चरित्र भएको कुरा छर्लङ्ग देखिएको छ ।

उमेरले स्वभाविक भए पनि समय भईसकेको थिएन उनी अलिकति चाँडो गए । हामी नेपालीले आफ्ना अविभावक गुमायौं । देशले उनमा थप सकि्रगता खोजिरहेको बेलामा गिरिजाबावु विश्राम लिन पुग्नुभयो । सँविधानसभाको निर्वाचन सम्पन्न भईसकेपछि एकीकृत नेकपा माओवादीले गिरिजाबावुलाई अव तपाईले आराम गर्ने वेला भयो भनेर उनलाई राष्ट्रपति पनि बन्न दिएन । तर पछि माओवादी आफैंले कोइरालालाई तपाईले जिम्मेवारी लिनुपर्यो भन्दै गुहार्न पुग्यो । उनको भूमिका नेपालका लागि कत्तिको आवश्यकता थियो भन्ने कुरा यसले पनि पुष्टि गर्छ । अहिले माओवादी पश्चाताप गरिरहेको छ की राष्ट्रपति बनेका डा। रामवरण यादवले असँवैधानिक कदम चालेको सम्बन्धमा र गिरिजाबावुलाई राष्ट्रपति नबनाएकोमा । यदि एकीकृत नेकपा माओवादीले समयमै विचार पुर्याएर गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपति स्विकार गरेको भए समयमै माओवादीले चाहे जस्तो जनताले चाहे जस्तो सँविधान पनि बन्थ्यो र माओवादीले नौ महिनामै सरकार छोड्नु पर्ने अवस्था पनि आउने थिएन । गिरिजाबावुलाई माओवादीले राष्ट्रपति नस्विकार्नु र बेलैमा आफुले चाहेजस्तो जनताले चाहेजस्तो सँविधान बन्ने सम्भावना नदेखे पछि अन्ततः गिरिजावावुलाई सँयोजक बनाएर उच्च स्तरिय राजनैतिक सँयन्त्रको गठन गर्न माओवादी वाध्य हुनुपरेकोमा अहिले धेरैले माओवादीको आचरणमाथी टिप्पणी गरिरहेका छन् ।

टनकपुर सम्झौता यथेष्ट समय हुँदा हुँदै गरिएको सँसद विघटन पारीवारिक आशक्ति कहिले सेरेमोनियल किङ्ग त कहिले वेवी किङ्ग भन्ने अभिव्यक्ति कहिले सर्वोच्च अदालतलाई दरवारभीत्रै स्थापना गरे हुन्छ भनेर अभिव्यक्ति दिँदा त कहिले माओवादीलाई पुनः जँगल फर्काईदिने चेतावनी लगायत अन्य धेरै कुराले उनलाई तीव्र विवादमा तानीरहे । जे भए पनि नेपालको राजनैतिक गतिरोधलाई अन्त्य गर्न सक्ने आस्थाका केन्द्रका रुपमा सम्पूर्ण नेपालीले उनलाई सम्मान गर्दै आएका थिए र छन् पनि ।

बाँचुाजेल सत्तोसराप गर्ने र मरेपछि गुणगान गाउने प्रवृत्ती नेपालका राजनैतिक नेता कार्यकर्ता र सर्वसाधारणले पनि देखाए र त गिरिजाबावुको शवयात्रामा सवै कुरा विसर्ीएर काँग्रेस कार्यकर्ता देखि लिएर माओवादीका समेत लाखौं कार्यकर्ता र सर्वसाधारण जनताले गिरिजाबावुलाई पछ्याए । कुनै मानिस कमजोरीबाट मुक्त हुन सक्छ भन्नु दिवास्वप्न मात्र हो । यसमा गिरिजाबावु पनि अपवाद हुनुहुन्थेन । उहाँबाट भए गरेका सम्पूर्ण भुल तथा कमजोरीलाई विसर्िएर उहाँले शान्ति प्रत्रृुया र सँविधान निर्माणमा पुर्याउनुभएको योगदानको उच्च मुल्याङ्कन गर्दै गिरिजा प्रसाद कोइरालालाई महानायकको उपाधीले सम्मान गर्नु नेपालीहरुको महानता हो ।

गिरिजावावु जिवीत छँदै बसेको माधव कुमार नेपालको नेतृत्व गरेको सरकारको जम्वो मन्त्री परिषदको वैठकले गिरिजावावुले नेपालको शान्ति प्रत्रृुया र सँविधान निर्माणमा पुर्याउनुभएको योगदानको कदर स्वरुप उहाँको नाम नोवेल शान्ति पुरस्कारको लागि सिफारिस गरेको थियो । वर्तमान सरकारले चालेको यस्तो कदम एकदम सराहनिय छ यसले गिरिजा प्रसाद कोइरालाको योगदानको केहि हदसम्म कदर गर्न खोजेको देखिन्छ । तर नेपालमा अहिलेसम्म आफ्नो कामको मुल्याङ्कन भएको आफैंले देख्न पाउने परम्पराको विकास समेत हुन सकेको छैन मृत्यु पर्यन्त दिइने सम्मानले व्यक्तिलाई कुनै प्रभाव पार्न सक्दैन । अर्काको हातमा रहेको कुरा नोवेल शान्ति पुरस्कार त गिरिजाबावुले पाउनुहुन्छ वा हुन्न त्यो त पछिको कुरा हो तर यो पँक्तिकार नेपाल सरकार समक्ष गिरिजाबावुले नेपालको शान्ति प्रत्रृुया र सँविधान निर्माणका लागि पुर्याउनु भएको योगदानको साँच्चै कदर गर्न खोजिएको हो भने गिरिजावावुलाई राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग गर्दछ । यस पँक्तिकारले देखेको नेपालले गिरिजाबावुलाई दिन सक्ने सवैभन्दा ठुलो सम्मान यहि हो ।

विनोद शर्मा ९८४१८५३९९०