Saturday, June 30, 2012

धेरै पर्यटक भित्रयाउने व्यबसायिलाई सरकारको अनुदान ।


पोखरा असार १७, विनोद शर्मा 
एकपटकमा सय जनाभन्दा बढी विदेशी पर्यटक हवाई मार्गबाट भित्रयाउने पर्यटन व्यवसायीलाई सरकारले पाँच लाख रुपैंयासम्म अनुदान दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको कार्यविधिमा एक सय भन्दा बढि पर्यटक भित्रयाउने व्यबसायिलाई प्रोत्साहन गर्न अनुदान दिने उल्लेख गरिएको छ । पर्यटन क्षेत्रको विकासबाट विदेशी मुद्रा आर्जन तथा रोजगारीको अवसर वृद्धि गरी राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन मन्त्रालयले कार्यविधिलाई कार्यान्वयनमा ल्याउन लागेको हो । 

सयजनाभन्दा बढी हवाई मार्गबाट नेपाल आउने विदेशी राहदानी बाहकलाई सहभागी गराई सभा, सम्मेलन, गोष्ठी, बैठक वा अन्तक्र्रिया आयोजना गरेमा त्यस्ता आयोजकलाई पाँच लाख रुपैंयासम्म नगद अनुदान दिईने मन्त्रालयका सचिव डा गणेशराज जोशीले बताउनुभयो । अनुदान रकम पाउन कार्यक्रम सम्पन्न भएको सात दिनभित्र निवेदन दिनुपर्ने छ । व्यबसायिले निवेदन दिएको सात दिनभित्रै अनुदान उपलब्ध गराइने, कार्यविधिमा व्यवस्था गरिएको सचिव जोशीले जानकारी दिनुभयो ।

सरकारले नैं पर्यटन व्यबसाय मार्फत रोजगारीको अवसर वृद्धि गरी राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने पहल स्वरुप व्यबसायिलाई प्रोत्साहित गर्न लागेकोमा पोखराका व्यबसायिहरुले स्वागत गरेका छन् । एकै पटकमा सय जनाभन्दा बढि पर्यटक आउँदा करोडौंको कारोबार हुने पर्यटन व्यबसायिको भनाई छ । नेपालमा अरु मुलुकबाट भन्दा चिनबाट एकैपटकमा सयजना भन्दा पर्यटक ल्याउन सजिलो हुने पश्चिमाञ्चल होटल संघ पोखराका उपाध्यक्ष भरतराज पराजुलीको भनाई छ ।

ढिला भए पनि सरकारले पर्यटन व्यबसायलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा हेरेको भन्दै उपाध्यक्ष पराजुलीले खुशी व्यक्त गर्नुभयो । एकजना पर्यटक नेपाल भित्रदा उसका लागि प्रत्येक्ष र अप्रत्यक्ष गरि १३ जनाले रोजगारी पाउने पोखरा पर्यटन परिषदका अध्यक्ष टिकाराम सापकोटाले जानकारी दिनुभयो । सरकारले पर्यटन वर्ष २०११ कै अवसरमा ठुलो सँख्यामा पर्यटक भित्रयाउने व्यबसायिलाई अनुदान दिने बताएको हो । 

यसैवीच, पर्यटकिय नगरि पोखराको प्रवद्र्धनका लागि पर्यटन व्यबसायिहरु भारतको सिमा क्षेत्रमा जाने भएका छन् । पोखरा सुरक्षित र अनुकुल मौसमको शहर हो भन्ने बारेमा भारतको गोरखपुर, कानपुर र लखनउमा प्रचार प्रसार गर्ने पश्चिमाञ्चल होटल संघ पोखराका उपाध्यक्ष भरतराज पराजुलीले बताउनुभयो । पश्चिमाञ्चल होटल संघ पोखराको नेतृत्वमा पोखराका पर्यटन व्यबसायिहरुको टोली यहि असार २१ गते गोरखपुर जान लागेको हो ।

पर्यटन बोर्डसँगको सहकार्यमा हुने कार्यक्रममा ट्राभल एजेन्ट, सञ्चारकर्मीहरुसँग, होटल व्यबसायिकहरुसँग पोखराको प्रवद्र्धनका बारेमा बृहत छलफल गरिने पश्चिमाञ्चल होटल संघका अध्यक्ष विप्लव पौडेलले बताउनुभयो । पोखरामा पर्यटक भित्रयाउनका लागि पोखराका पर्यटन व्यबसायिहरुले विभिन्न ठाउँमा प्रवद्र्धननात्मक कार्यक्रमहरु गरिरहेका छन् । 

Wednesday, June 27, 2012

नेपालले गरेका विश्वकिर्तिमानहरु


नेपालले गरेका विश्वकिर्तिमानहरु :
     विश्वको सर्वोच्च शिखरः सगरमाथा अंचलको सोलुखुम्बु जिल्लामा पर्ने ८८४८ मिटर अग्लो सगरमाथा (Mt. Everest) को शिखर विश्वको सर्वोच्च शिखर मानिन्छ ।
·      विश्वमा नै सबैभन्दा ठूलो लालिगुराँस फूलः मेची अंचलको इलाम जिल्लाको वुधवारेमा १८२५ मिटरको उचाईमा विश्वमै सबैभन्दा ठूलो लाली गुराँसको फूल फुल्दछ ।
·      विश्वमै सबैभन्दा सानो मुद्रा (पैसा, सिक्का): वि.सं. १७९७ मा राजा जयप्रकाश मल्लका पालामा निर्मित “जाबा” मुद्रालाई विश्वमै र्सवाधिक सानो मुद्रा मानिन्छ ।
·      नेपालमा मात्र पाइने विश्वको दुर्लभ चराः नेपालमा मात्र पाइने तर विश्वमा अन्यत्र कही पनि नपाइने दुर्लभ चराको नाम काँडे भ्याकुर हो । यो चरा बागमती अंचलको ललितपुर जिल्लाको चापागाउँ गोदावरी क्षेत्र र शाही बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा भेटिने गरिएको पाइन्छ । यसका साथै नेपाल रेन व्याव्लर नामको चरा पनि नेपालमा मात्र पाइन्छ । यो पंछी नेपाल रेन व्याव्लर पनि विश्वको अन्य कुनै देशमो नपाइने सत्य जानकारहरु बताउँछन् ।
      विश्वको र्सवाधिक उचाईमा रहको तालः तिलिचो ताल । यो तिलिचो ताल मनाङ जिल्लामा पर्दछ । यो ताल समुद्री सतहबाट ४९१९ मिटर उचाईमा रहेको छ । तिलिचो ताल हाल विश्वमा र्सवाधिक उचाईमा रहेको ताल भनी मानिएको दक्षिण अमेरिकामा पर्ने टिटिकाका तालभन्दा ११०७ मिटर उचाईमा रहेको छ ।
·      विश्वको र्सवाधिक गहिरो गल्छीः म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा पनेृ अन्नपर्ूण्ा हिमाल र धौलागिरी हिमालको बीचमा ६९६७ मिटर गहिरो काली गण्डकी नदीले बनाएको गल्छीलाई विश्वको र्सवाधिक गहिरो गल्छी मानिन्छ । काली गण्डकी नदीले बनाएको गल्छी अमेरिकाको सबैभन्दा गहिरो मानिएको हेल्स केन्यन -गल्छी) भन्दा १४०८ मिटर गहिरो छ ।
·        विश्वमा र्सवाधिक उचाईमा धानखेतीः समुद्री सतहदेखि २८५० मिटरको उचाईमा जुम्ला जिल्लाको पतरासी गा.वि.स. को घुमचौर जिउलो -कर्ण्ााली अंचलमा धानखेती हुने जग्गालाई जिउलो भनिन्छ ।) मा गरिने जुम्ली “मार्सी” नामको धानखेती विश्वमै र्सवाधिक उचाईमा गरिने धानखेती मानिन्छ । यहाँ झण्डै ४० हेक्टर क्षेत्रफलमा गरिने धान खेतीको धान चामल रातो हुन्छ र यो चामल खिरका लागि अति उपयुक्त मानिन्छ ।
·      दक्षिण एशियाको सबैभन्दा ठूलो हात्तिः राजा गज र कान्छा ११ फिट २ इन्च अग्ला यी हातीहरु शाही वर्दिया राष्ट्रिय निकुञ्जमा रहेका छन् ।
·      विश्वमा र्सवाधिक वजनदार -ठूलो) बाँदरः जनकपुरमा राममन्दिर सँगैको हनुमान मन्दिरमा रहेको ५५ के.जी. तौलको “बौवा हनुमान” लाई विश्वको र्सवाधिक ठूलो बाँदर मानिएको छ । “ट्राइल्फोरम एक्सप्लोर्रस एशोशिएशन” नामको एक विदेशी संस्थाले १० सेप्टेम्बर सन् १९९१ मा बौवा हनुमानलाई विश्वकै सबैभन्दा ठूलो बाँदर भनी उल्लेख गरेको थियो । वि.सं. २०५४ आषाढ ४ गतेको दिन १८ वर्षो उमेरमा अति दयनीय स्थितिमा बौवा हनुमानको मृत्यु भएको थियो ।
·      विश्वको र्सवाधिक होचो उपत्यकाः विश्वको र्सवाधिक होचो ठाउँमा रहेको अरुण उपत्यका हो, जो संखुवासभा जिल्लाको तुम्लिङ्टारमा पर्दछ । अरुण उपत्यका पूर्वमा ८५८६ मिटर अग्लो कञ्चनजंघा र पश्चिममा ८८४८ मिटर अग्लो सगरमाथा बीचमा पर्ने १२५ कि.मि. दुरीमा ८३९१ मिटर होचो हुन गएकोछ ।
·      विश्वमा अन्यत्र नपाइने नेपालमा पाइने पुतलीः नेपालमा ६०० प्रकारका रंगीविरंगी सुन्दर पुतलीहरु पाइन्छन् । यसमध्ये पारनासियस, रापाला हिनामारु, नेप्सितामूर, पोलियोमाट्स नेपालेन्सिस, पोन्टिया सेर्पी, पारालाका नेपालिकस, लोपिङ्ग लेहमानी र यिप्थीमा कपुन्सा नामका आठ जातका पुतलीसडक नेपालमा मात्र पाइन्छन् । विश्वमै क्षति सुन्दर मानिने “गोल्डन वार्डविङ्ग” नामको पुतली नेपालको मध्य पहाडी क्षेत्र र तर्राई क्षेत्रमा पाइन्छ । विश्वमै सबैभन्दा सानो रात्रीचर पुतली -मथ) “एटलास” रंगीविरंगी सुन्दर पुतली “केशर ए हिन्द” काठमाडौँ उपत्यकाको फूलचोकी क्षेत्रमा पाइन्छ ।
·      नेपालमा मात्र पाइने किराः नेपालमा मात्र पाइने तर विश्वको अन्य कुनै पनि मुलुकमा नपाइने किरा हो – “कालिस नेमिस” र “आप्तोगास्तर नेपालेन्सिस”
·      सबैभन्दा सानो लाली गुराँसको फूलः कर्णाली अंचलमा रारा तालको छेउछाउमा विश्वमै सबैभन्दा सानो लाली गुराँस फुल्दछ ।
·      विश्वमा र्सवाधिक संख्यामा चराहरु पाइने उपत्यकाः नेपालको अरुण उपत्यकामा ६०० भन्दा बढी जातिका चराहरु पाइने गरिएको छ ।
साभारः विभिन्न पत्रपत्रिका तथा किताबहरु

Sunday, June 24, 2012

एकल महिलाद्धारा पश्चिमाञ्चलका १० वटा जिल्लामा सहकारी सञ्चालन गर्ने


पोखरा असार १०, विनोद शर्मा 
एकल महिलाको आयआर्जन र सशक्तिकरणका लागि पश्चिमाञ्चलका १० वटा जिल्लामा सहकारी स्थापना हुने भएको छ । एकल महिला समूह पश्चिमाञ्चलले आगामी पाँच वर्षमा सहकारी स्थापना गरिसक्ने जनाएको हो । स्थानिय देखि राज्यस्तरसम्म एकल महिलाको पहुँच पुर्याउन र एकल महिलालाई सक्षम बनाउन उदेश्यले निर्माण गरिएको पञ्चवर्षिय योजनामा सहकारी सञ्चालन गरि एकल महिलालाई सक्षम बनाउने उल्लेख गरिएको छ । 

योजनामा ५ वटा जिल्लामा एकल महिलाको समूह कार्यालय अर्थात छहारी निर्माण गर्ने, हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा जिल्ला स्तरिय समूह र सबै गा.वि.स.मा गाउँ स्तरिय समूह गठन गरिसक्ने जनाईएको छ । पाँच वर्षको अवधिमा पश्चिमाञ्चलबाट नेतृत्व गर्न सक्ने गरि ५० जनालाई क्षमता अभिबृद्धि गर्ने एकल महिला समूह कास्कीको सचिव, जुना के.सी.ले जानकार िदिनुभयो । 

त्यस्तै सबै जिल्लामा अक्षयकोष अथवा अवसरकोष स्थापना गरि बालबालिकालाई छात्रबृत्ति प्रदान गर्ने कुरा पनि योजनामा राखिएको छ । पोखरामा हिजो देखि शुरु भएको क्षेत्रीय स्तरको कार्ययोजना गोष्ठिले एकल महिला र उनीहरुका बालबालिकाले भोग्नुपर्ने समस्याको समाधान, मानव अधिकार रक्षा र सशक्तिकरण गर्ने विषयमा पञ्चवर्षिय योजना बनाएको हो ।

गोष्ठिको समापन गर्दै पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष दुर्गा न्यौपानेले सहकारीबाट बचत तथा ऋण लगानी गरि सबै एकल महिलालाई सक्षम बनाउने बताउनुभएको छ । सहकारी स्थापना र सञ्चालनका लागि सरकारी सतरबाट समेत सहयोग हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । गोष्ठीमा पश्चिमाञ्चलका १० जिल्लाका एकल महिला समूहका १८ जना पदाधिकारीहरुको सहभागिता रहेको छ । 

Saturday, June 23, 2012

अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा पश्चिमाञ्चलमा पञ्चवर्षिय योजना बन्दै


पोखरा असार ९, विनोद शर्मा 
अन्तर्राष्ट्रिय एकल महिला दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । श्रीमान गुमाएका महिला र उनीहरुका बालबालिकाले भोग्नुपर्ने समस्यालाई विशेष पहिचान दिन र उनीहरुको मानव अधिकार रक्षा र सशक्तिकरण गर्ने उद्धेश्यले राष्ट्रसंघको आव्हानमा हरेक वर्ष जुन २३ तारिखमा यो दिवस मनाईन्छ । लाखौं एकल महिला र उनीहरुमा आश्रीतले भोगिरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले २०१० को डिसेम्बरमा २३ जुनमा दिवस मनाउने निर्णय गरेको थियो । 

दिवसका अवसरमा सन्देश दिंदै राष्ट्रसंघका महासचिव बान की मूनले विश्वभरका एकल महिलाका विरुद्ध हुने भेदभाव समाप्त पार्न र उनीहरुलाई मानव अधिकारको उपभोग गर्नका लागि सक्षम बनाउनुपर्नेमा जोड दिनुभएको छ । श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिलाका रुपमा परिभाषित गरिएको छ । 

पोखरामा भने एकल महिलाको सवालमा पञ्चवर्षिय योजना बनाउने उद्धेश्यले क्षेत्रीय स्तरको कार्ययोजना गोष्ठि शुरु भएको छ । रानीपौवामा भैरहेको गोष्ठिको एकल महिला समूहका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष दुर्गा न्यौपानेले उद्घाटन गर्नुभएको छ । उद्घाटन सभालाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले स्थानिय देखि राज्यस्तरसम्म एकल महिलाको पहुँच पुर्याउन र एकल महिलालाई सक्षम बनाउन पञ्चवर्षिय योजना आवश्यक रहेको बताउनुभयो ।

एकल महिला समूह कास्कीका अध्यक्ष प्रमिला तझ्याले एकल महिलालाई संगठित गर्न र आफ्ना समस्याहरु खुलेर बताउन पनि दिवशले महत्वपुर्ण भूमिका खेल्ने बताउनुभएको छ । आजको छलफलबाट पाँच वर्षमा के के गर्ने विषयमा सामान्य खाका तयार पारिएको जिल्ला कार्यसमिती सचिव जुना के.सी.ले जानकारी दिनुभयो । उक्त खाकामा राखिएका विषयबस्तुमाथी भोली छलफल गरेर अन्तिम रुप दिईने उहाँले बताउनुभयो । भोलीसम्म सञ्चालन हुने गोष्ठीमा पश्चिमाञ्चलका १० जिल्लाका १८ जना एकल महिलाहरुको सहभागिता रहेको छ । 

छुटेकाहरुलाई छिटो नाम दर्ता गराउन निर्वाचन आयोगले अनुरोध


पोखरा असार ९, विनोद शर्मा 
फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुलाई छिटो नाम दर्ता गराउन निर्वाचन आयोगले अनुरोध गरेको छ । अहिले सबै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नाम दर्ताको काम भैरहेको छ । जिल्ला निर्वाचन कार्यालयले प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेहरुको नामावली तत्काल दर्ताका लागि छुट्टै कर्मचारी खटाएको छ । 

व्यापार, व्यवसाय, अध्ययन वा अरु कामको सिलसिलामा आफ्नो स्थायी ठेगाना भन्दा बाहिर बसोबास गरेकाहरुले अहिले आफू रहेको जिल्लाबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था पनि गरिएको छ । सरकारले आगामी मँसिर ७ गते सँविधानसभा चुनावको घोषणा गरेपछि आयोगले यस्तो अनुरोध गरेको हो । चुनाव हुनुभन्दा ७५ दिनअघिसम्म मात्र नामावली संकलन गर्न सकिने जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख घनश्याम भण्डारीले बताउनुभयो । निर्वाचन आयोगका अनुसार १६ वर्ष उमेर पुगेका र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका झण्डै नौ लाख जनाको नामावली संकलन गर्न बाँकी छ । 

फोटो सहितको मतदाता नामावलीको लागि विवरण दर्ता गरिसकेका व्यक्तिहरुले आफ्नो नाम भए नभएको बारे आयोगको वेवसाइट www.election.gov.np  र जिल्ला निर्वाचन कार्यालयमा हेर्न सकिने पनि आयोगले जनाएको छ । नाम त्रुटी भएमा सच्याउनको लागि जानकारी गराउन पनि आयोगले अनुरोध गरेको छ । अहिलेसम्म एक करोड ६ लाखले फोटो सहितको मतदाता नामावली दर्ता गराइसकेका छन् भने ३० लाख मतदाता विदेशमा रहेको अनुमान छ ।

रोटरी क्लवद्धारा अभियानका रुपमा रक्तदान कार्यक्रमको शुरुवात


पोखरा असार ९, विनोद शर्मा 
पोखराको बिन्ध्याबासिनी र लेखनाथको अर्घौंचोकमा भएको बृहत रोटरी रक्तदान कार्यक्रममा १ सय ४५ जनाले रक्तदान गरेका छन् । पोखरामा रहेका ६ वटा रोटरी क्लवहरु, ६ वटा रोटर्याक्ट क्लव तथा २ वटा आर सिसिहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो । पोखराको बिन्ध्याबासिनी मन्दिर परिसरमा भएको कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेका छन् भने लेखनाथको अर्घौचोकमा ४२ जनाले रक्तदान गरेका छन् । 

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ओ नेगेटिभ रगत समूह भएका ४ जना, एबी नेगेटिभ समूहका १ जनाले रक्तदान गरेका थिए । ब्लड बैंकमा ओ नेगेटिभ समूहको रगत लामो समयसम्म राख्न नमिल्ने भएकोले पाँच जनालाई अन कल अर्थात परेको बेला बोलाउने गरि राखिएको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ । जिल्लामा रगतको अभाव हुन नदिन तथा रक्तदानको महत्वका बारेमा सर्वसाधारणलाई बुझाउने उद्धेश्यले कार्यक्रम गरिएको संयोजक रोटरियन शिवलाल मल्लले जानकारी दिनुभयो । 

रक्तदानको उद्घाटन गर्दै २०१४/०१५ का लागि प्रस्तावित डिस्ट्रिक्ट गभर्नर ३२९२, रविन्द्र कुमार पियाले रगतको सम्बन्धले सबैलाई एकैठाउँमा जोड्ने विश्वास व्यक्त गर्नुभएको छ । रोटरी क्लव डिस्ट्रिक्ट ३२९२ ले अभियानका रुपमा देशैभरी सञ्चालन गर्न लागेको बृहत रक्तदान कार्यक्रम पोखराबाट शुरु भएको संयोजक मल्लले जानकारी दिनुभयो । मानिसको शरिरमा रहेको रगत ३, ३ महिनामा परिवर्तन भैरहने भएकोले त्यस्तो परिवर्तन हुने रगतलाई दान गरेर अर्को व्यक्तिलाई रगतको अभावबाट ज्यान गुमाउन नदिनका लागि रक्तदान गर्न रेडक्रसले सबैसँग आग्रह गरेको छ । सामान्य व्यक्तिले ३, ३ महिनामा रगतदान गर्न सक्छन् । 

Wednesday, June 20, 2012

एसएलसीको नतिजापछिको निरासा


पोखरा, विनोद शर्मा 
२०६८ सालमा सञ्चालित एसएलसी परीक्षामा नियमिततर्फ ४७ दसमलव १६ प्रतिशतमात्र उत्तिर्ण भएका छन् । साढे ६८ प्रतिशतसम्म पुगेको प्रतिशत केहि वर्षयता निकै घट्दै यो वर्ष ४७ दसमलव १६ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष साढे ५५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । यो वर्ष करिव नौ प्रतिशत कम उत्तिर्ण भएका छन् । ०६८ सालको एसएलसी परीक्षा सकिएको ७६ औं दिनमा बुधवार नतिजा सार्वजनिक भएको हो । 

०६८ सालको एसएलसी परीक्षामा नियमित तथा एक्जाम्टेड गरी पाँच लाख २८ हजार दुई सय ५७ विद्यार्थीले आवेदन गरे पनि चार लाख ९६ हजार २८ परीक्षार्थी परीक्षामा सहभागि भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । तिमध्ये कुल दुई लाख आठ हजार एक सय ८७ परीक्षार्थी उत्तिर्ण भएका छन् । चैत्र महिनाको ७ गतेदेखि १६ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख १९ हजार ४९ सहभागि भएकामा एक लाख ९७ हजार ६ सय ३८ परीक्षार्थी अर्थात ४७ दशमलव १६ प्रतिशत उत्तिर्ण भएका छन् । 

एक्जाम्टेडतर्फ ७६ हजार नौ सय ७९ सहभागि भएकामा दस हजार पाँच सय ४९ अर्थात १३ दशमलव ७० प्रतिशत उत्तिर्ण भएका छन् । नियमिततर्फ विशिष्ट श्रेणीमा १७ हजार सात सय ६० प्रथम श्रेणीमा ७७ हजार दुई सय ५७ द्धितिय श्रेणीमा ९३ हजार आठ सय ३० तृतिय श्रेणीमा आठ हजार सात सय ९१ प्रिक्षार्थी उत्तिर्ण भएका छन् । ४ सय ६१ एक्सपेल र ५ सय १३ जनाको रद्ध गरिएको छ । 

यस वर्ष एक्जाम्टेडतर्फ विशिष्ट श्रेणीमा कोहि पनि उत्तिर्ण भएका छैनन् । प्रथम श्रेणीमा एक सय २६, द्धितिय श्रेणीमा सात हजार पाँच सय ९५, तृतिय श्रेणीमा २ हजार ८ सय २८ उत्तिर्ण भएका छन् । ४९ जना एक्सपेल र चार सय १४को रद्ध गरिएको छ ।  परीक्षा नियन्त्रक डिल्लीप्रसाद रिमालका अनुसार यस वर्ष पाँच नम्बर ग्रेस दिइएको छ । ग्रेस नम्बरबाट १२ हजार परीक्षार्थी उत्तिर्ण भएका छन् । एसएलसीमा विद्यार्थीको उत्तिर्ण प्रतिशत निरन्तर घटिरहनुलाई राम्रो संकेत मान्न सकिँदैन । हुन त सरकारले अव अर्को एसएलसीदेखि पास फेल उल्लेख नगर्ने श्रेणी छुट्याउने भनेको छ हेरों त्यो चाँही प्रभावकारी हुन्छ की ?

२०६५ सालको एसएलसी परीक्षामा नियमिततर्फ ६८ दसमलव ४७ प्रतिशत उत्तिर्ण भएका थिए । त्यसपछि उत्तिर्ण प्रतिशत लगातार घट्दै आएको छ । ०६८ सालको परीक्षामा आईपुग्दा एसएलसीको नतिजा ४७ दशमलव १६ सम्म आइपुगेको छ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले लगानी अनुसारको उपलब्धी नहुनु दुखको कुरा भएको बताए । उनले उत्तिर्ण प्रतिशतले लगानीको उपलब्धी निर्धारण हुने भएकाले कम उत्तिर्ण हुनु लगानीबाट उपलब्धी नभएको दाबि गरे । शिक्षाविद् कोइरालाले नतिजाले विद्यालय क्षेत्र सुधार योजनालाई नै चुनौती दिएको बताए । विद्यार्थीलाई पढ्नुपर्छ भन्ने वातावरण समेत निर्माण नभएको उनको भनाई छ । 

'विद्यार्थीलाई चोरेर पास गराइदिन्छन भन्ने भयो राजनितिज्ञबाट विद्यार्थीलाई आशा सिर्जना गरेनन्' कोइरालाले भने 'आशा नभएपछि प्रयास गरेनन पढ्ने प्रेरणा जगाइएन ।' अहिले सबैभन्दा बढि शिक्षामा कुल बजेटको करिव १७ प्रतिशत लगानी भएको छ । शिक्षा सचिव किशोर थापाले एसएलसीको घट्दो नतिजाप्रति दुख ब्यक्त गरेका छन् । एसएलसीको नतिजा प्रतिशत लगातार घट्नुको एउटै कारण नभए पनि यसले गम्भीर चिन्ता बढाएको बताए । २०३१ सालको एसएलसी परीक्षाको सर्वोकृष्ठ वर्तमान शिक्षासचिव किशोर थापाले भने 'एसएलसी नतिजा हेर्दा शिक्षा निति परिवर्तन गर्नुपर्ने बेला आएको हो जस्तो लाग्छ । 

परीक्षा नियन्त्रक रिमालले उत्तिर्ण प्रतिशत घट्नुको कारण विष्लेषण भइनसकेको बताए । 'अहिले हामीले यहि कारणले घट्यो भन्न सक्दैनौं नियन्त्रक रिमालले भने 'जस्तो नतिजा हामीसंग आयो त्यो सार्वजनिक गरेका हौं अरु पछि अध्ययन गछौं । यस वर्षको परीक्षामा पनि सर्वोकृष्ट विद्यार्थी घोषणा गरिएन । १९९० सालदेखि सर्वोकृष्ट घोषणा गर्दै आएकामा ०६१ सालयता क्रमभंग भएको छ । त्यसअघि ०५१ सालमा पनि सर्वोकृष्ट घोषणा गरिएको थिएन् । 

यस वर्ष ४० जिल्लाका ४३ राम्रा परीक्षा केन्द्र तथा केन्द्राध्यक्षलाई पुरस्कार दिने निर्णय समेत भएको छ । केन्द्लाई १५ हजार र केन्द्राध्यक्षलाई दस हजार रुपैंयाँ पुरस्कार दिने निर्णय गरिएको हो । परिक्षा नियन्त्रण कार्यालय (पनिका) ले दुई विषयसम्म अनुतिर्ण हुने परीक्षार्थिका लागि पुरक परीक्षाको व्यबस्था गरेको छ । पुरक परीक्षा साउन १७ गतेदेखि २४ सम्म साचालन हुने पनिकाले जनाएको छ । 

अवको क्रममा विगत दस वर्षको एसएलसीको नतिजा 
२०६७ 
नियमिततर्फ ५५ दसमलव पाँच प्रतिशत उत्तिर्ण, अघिल्लो वर्ष भन्दा करिव दस प्रतिशत कम उत्तिर्ण

२०६६
६४ दसशमलब ३१ प्रतिशतमात्र उत्तिर्ण भएका छन् । 
अघिल्लो वर्षको तुलनामा यस वर्षको एलएलसी परीक्षुमा नियमिततर्फ चार दशमलब १६ प्रतिशत विद्यार्थी कम उत्तिर्ण 

२०६५
अघिल्लो वर्षको रेकर्ड तोड्दै ०६५ मा ६८ दसमलव ४७ प्रतिशत उत्तिर्ण, करिव पाँच प्रतिशत बढि विद्यार्थी उत्तिर्ण
एक्जाम्टेड तर्फ ४७ दसमलब ६९ प्रतिशत उत्तिर्ण  

२०६४
त्यतीबेलासम्मकै सबैभन्दा बढि प्रतिशत उत्तिर्ण, उतीर्ण प्रतिशत नियमिततर्फ ६३.७३, एक्जाम्टेडतर्फ ३२.२४ प्रतिशत 

२०६३
उत्तीर्ण प्रतिशत ५८.६४,  कक्षा १० बाट मात्र प्रश्न

२०६२
उत्तीर्ण प्रतिशत ४६.५१, एक्जाम्टेडमा १२.०९ प्रतिशत
सर्वोत्कृष्ट विद्यँर्थी घोषणा खारेज

२०६१ 
उत्तीर्ण ३८.७२ प्रतिशत
अघिल्लो वर्षको तुलनामा आठ प्रतिशतले कमी, सरकारी विद्यालयबाट २५ प्रतिशत मात्र उत्तीर्ण

२०६० 
उत्तीर्ण ३२.५ प्रतिशत, सार्वजनिक विद्यालयबाट उत्तीर्ण प्रतिशत २६

२०५९ 
उत्तीर्ण ३२.२२ प्रतिशत, अंग्रेजी र गणित विषयमा सबैभन्दा बढी अनुत्तीर्ण 

२०५८ 
उत्तीर्ण ३१.२२ प्रतिशत 
संकटकालको समय भएकाले नकारात्मक असर परी धेरै विद्यँर्थी अनुत्तीर्ण भएको गुनासो 

Saturday, June 16, 2012

एस.एल.सी. पछि के गर्ने ?


पोखरा, विनोद शर्मा 
एसएलसी पछि विद्यार्थीमा धेरै कुराको खुल्दुली हुन्छ । जस्तै “कुन संकाय ठिक छ, विज्ञान, व्यबस्थापन की मानविकी, विज्ञानमा पनि कुन पढ्ने होला, फिजिक्स, बायोलोजी वा म्याथ ? व्यवस्थापन अध्ययन गरेका हजारौं जनशक्ति बेरोजगार भएका उदाहरण पनि छन् । बैंक, वित्तीय संस्था तथा राष्ट्रिय बहुराष्ट्रिय कम्पनीमा सधैं अहिलेकै जस्तो अवसर पनि पाइन्छ भन्ने के छ र ? अव बाँकी रह्यो मानविकी, यो त अन्तिम विकल्प हो, नजान्ने विद्यार्थीहरुले रोज्ने संकाय ।” 

कक्षा दशमा भन्दा माथील्ला कक्षाका कसरी पढाई हुन्छ होला भन्ने खुल्दुली पनि विद्यार्थीको मनमा हुन्छ । यस्तै विविध प्रश्नले विद्यार्थीको मस्तिष्कलाई तनावमा राख्छन् । फेरि नमागे पनि सल्लाह दिने पण्डितहरुको पनि कमी हुँदैन यतवेला, उनीहरु सुनेका भरमा विद्यार्थीलाई यो र उ सिकाईरहेका हुन्छन् । विद्यार्थीहरु आफ्नो रुचिको विषयमा भन्दा सल्लाह नै नमागेका पण्डितहरुको सुझावका कारण थप असमन्जसमा परेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई झन द्धिविधा हुन्छ कसले भनेको राम्रो हो भन्ने । विद्यार्थीमा सबैका कुरा सुन्ने तर आफ्नो निर्णय आफैं लिनसक्ने क्षमता भयो भने यस्ता समस्या कमै आउँछन् । सबैको कुरा सुन्नु किन पनि आवश्यक छ भने, उनीहरुमध्ये कोही एक साँच्चै नै जानकार हुनसक्छन् । कलेज छनोट गर्दा पनि धेरै कुराका ध्यान दिनुपर्ने हुन्छ । 

विद्यार्थीको रुचि महत्वपूर्ण हुन्छ । 
जसले जे भनेर सल्लाह दिए पनि कुनै विषयप्रति विद्यार्थीको लगाव छ भने उसले त्यसका बारेमा सुनेका तमाम नकारात्मक कुरा बिर्सिएर आफ्नो रुचिको विषय नै छनोट गर्नुपर्छ । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा वा भोकेसनल कोर्स नै होस्, सबैमा राम्रोसँग उच्च शिक्षा हासिल गर्ने व्यक्तिले जीवनमा सफलता पाउने निश्चित छ । विद्यार्थी आफ्नो रुचिको विषयमा स्पष्ट भए उसले त्यो विषयमा राम्रो गर्न सक्छ । विद्यार्थीले आफ्नो रुचिको विषय कुन हो भन्ने थाहा पाउन नसके, पछिल्लो परिणामको मार्कसिट हेरेर रुचिको विषय थाहा पाउनसक्छ । जुन विषयमा राम्रो नम्बर आएको छ, त्यो नै विद्यार्थीको रुचिको विषय हुन्छ ।

दुई विषयमा कन्फ्युजन भए के गर्ने ?
यदि दुइटा विषयमध्ये कुन विषय छनौट गर्ने भन्ने अन्यौल छ भने उनीहरले दुइटा विषयका बारेमा प्रसस्त जानकारी हासिल गर्नुपर्छ। ती विषयमध्ये कुनमा धेरै अवसरको सम्भावना छ ? त्यस्तै दुई विषयमध्ये कुनै एकको के कुराले सो विषयप्रति विद्यार्थीलाई आकर्षित गरेको हो थाहा पाए पनि विषय छनौट गर्न सजिलो हुन्छ । दुई विषयसाग सम्बन्धित भविष्यका सम्भावनाहरुका बारेमा जानकारी लिइयो भने त्यसबाट पनि भविश्यमा कस्तो किसिमको काम गर्न तपाईंलाई रुचि हुनेछ भन्ने थाहा पाइन्छ । त्यसपछि यो समस्या पनि सहजै हल हुन्छ । 

यदि निर्णय लिन सकिरहनु भएको छैन भने कतिपय विद्यार्थीको हकमा भने उनीहरु आफ्नो रुचिको विषय कुन हो भन्ने थाहा नपाई संकाय वा विषयका रोजाइमा अलमलमा हुन्छन् । यस्तो बेलामा साइकोलिजकल टेस्ट दिएर पनि रुचिको विषयका सम्बन्धमा जानकारी लिन सकिन्छ । मनोवैज्ञानिक परामर्शदाता वा करियर काउन्सिलरहरुले साइकोलिजकल टेस्ट लिन्छन् । केही कलेजले यस्ता विज्ञहरु राखेका हुन्छन् । नभए विद्यार्थीहरुले विज्ञहरुको सम्पर्कमा गएर उक्त परीक्षण गराउन सक्छन् । 

साइकोलोजिकल टेस्ट विद्यार्थीको एप्टिच्युड टेस्ट पनि हो जसले विद्यार्थीको रुचि सहजै पत्ता लगाउनसक्छ । अनलाइन मार्फत पनि साइकोलिजकल टेस्ट दिन सकिन्छ । यसबाहेक आफूले मानेको विज्ञ शिक्षकसँग राय लिन सकिन्छ । शिक्षकले विद्यार्थीको क्षमता जानेको भएमा उसले विद्यार्थीलाई क्षमता अनुसार यो विषय अध्ययन गर भनेर सल्लाह दिन्छन् । 

भविष्यको पनि ख्याल गर्नुपर्छ ।
कुनै संकाय रोजेर त्यसमा उच्च शिक्षा हासिल गर्ने बाटोमा अघि बढेका विद्यार्थीहरुले त्यो विषय अध्ययन गरेर भविष्यमा कस्तो कस्तो संभावना वा अवसर पाइन्छ भनेर अहिले नै जानकारी लिनुपर्छ । त्यतिमात्र होइन्, संकाय छनोट जत्तिकै महत्वपूर्ण कुरा राम्रो कलेज छनोट पनि हो । महँगो शुल्क तिर्दैमा राम्रो शिक्षा पाइने अवश्य होइन् । भविष्यमा अध्ययन गर्न चाहने मेडिकल, इन्जिनियरिङ, सीएजस्ता विषय अध्ययनका लागि कहाँ गएर प्रवेश परीक्षा तयारी गर्ने, अध्ययन गर्ने भन्ने कुरालाई मध्यनजर गर्नुपर्छ ।

यसका लागि त्यो संकाय वा विषयका बारेमा सानो सानो कुरा पनि जानकारी हासिल गर्नुपर्छ । जानकारीका लागि इन्टरनेटको प्रयोग गर्न सकिन्छ । त्यसभन्दा महत्वपूर्ण कुरा आफूले जुन संकाय वा विषयका बारेमा अध्ययन गरिँदैछ त्यसबारेमा पढिरहेका विद्यार्थी वा त्यो विषय पढिसकेका विद्यार्थीसँगको अनुभव सेयरले पनि धेरै जानकारी मिल्छ । विषय वा संकाय सम्बन्धमा वास्तविक रुपमै जान्न यो भन्दा राम्रो अर्को उपाय छैन् । कुनै पनि विषयको बारेमा टाढाबाट हेर्दा अन्दाज गर्ने तरिका त्यसको गहिराईमा पुगेर भोगिने यथार्थ फरक कुरा हुन्, त्यसकारण पूर्वविद्यार्थीले त्यो भोगाइ नयाँ विद्यार्थीलाई बताउनेछन् । 

यदि पढाइमा मन छैन भने ?
संकाय रोजेर उच्च शिक्षा हासिल गर्नु एउटा विकल्प हो, तर जसलाई पढाइमा कम रुचि र अतिरिक्त क्रियाकलापमा बढी रुचि छ भने उसले भोकेसनल कोर्स लिनु राम्रो हुन्छ । नियमित अध्ययनका अतिरिक्त इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, मेकानिकल वा अन्य कुनै विषयसँग सम्बन्धित रुचि भएमा आफ्नो नजिकको सहरमा उपलब्ध पोलिटेक्निक इन्स्टिच्युटमा सम्पर्क राखेर भोकेसनल कोर्स गर्न सकिन्छ । यदि चाडै पैसा कमाउनुपर्ने बाध्यता छ भने पनि भोकेसनल कोर्स गर्नु राम्रो हुन्छ । त्यस्तो स्थितिमा सिटिइभिटीको कोर्स प्रभावकारी हुनसक्छ । 

नक्कलमा नलगाऔं अक्कल ।
यदि विद्यार्थी कसैबाट प्रभावित छ र उ जस्तै बन्न चाहन्छ भने ठीकै छ तर कसैको नक्कल गरेर उ जस्तै बन्ने अभिलाषाको नक्कलमा संकाय वा विषय छनोट गरेर उच्च शिक्षा हासिल गर्दा जोखिममा पर्न सकिन्छ । सबैमा फरक–फरक क्षमता र रुचि हुन्छ । व्यक्ति कुनै क्षेत्रमा सर्वश्रेष्ठ प्रदर्शन गर्न सफल भयो भन्दैमा त्यसको नक्कल गर्दैमा विद्यार्थी सफल हुनसक्दैन । इमान्दार ढंगले आफ्नो क्षमता आँकलन गरेर निर्णय लिनु नै राम्रो हुन्छ । 

मेडिकल, इन्जिनियरिङका अतिरिक्तका क्षेत्रहरु छन् की ?
मेडिकल र इन्जिनियरिङ क्षमतावान विद्यार्थीको रोजाइमा पर्छन भन्ने कुरामा दुइमत छैन् । यद्यपि यी दुई क्षेत्रबाहेक अन्य क्षेत्रमा क्यारियर विकास गर्न सकिँदैन भन्ने भ्रम भने नराखे हुन्छ । विश्वव्यापीकरणको आजको युगमा थुप्रै नयाँ विषयहरुसँग सम्बन्धित दक्ष जनशक्तिको माग भैरहेको छ । जुन विषयहरु अध्ययन गरेमा विद्याँर्थीले राम्रो क्यारियर भेट्टाउँछन् । होटल म्यानेजमेन्ट, एयरलाइन्स, विजनेस म्यानेजमेन्ट, बिजनेस एडमिनेस्ट्रेसन, आमसञ्चार तथा पत्रकारिता, फेसन डिजाइनिङ, एस्ट्रोनोमी, एस्ट्रोलोजी, सिए, फिल्ममेकिङ, डेरी टेक्नोलोजी, कृषि आदि अनगिन्ती क्षेत्र छन्, जसमा राम्रो क्यारियर छ । यसकारण मेडिकल र इन्जिनियरिङ अध्ययन गर्न नपाउँदैमा अवसर गुम्दैन । 

मानविकी छनौट गर्न किन असमन्जस ?
विद्यार्थीहरु जो अध्ययनमा मेधावी हुन्छन् उनीहरु विज्ञान लिएर उच्च शिक्षा हासिल गर्छन् भने औसत मेधावी विद्यार्थी व्यवस्थापन संकाय र कमजोर मानविकी संकायमा उच्च शिक्षा हासिल गर्छन् । तर यो पुरानो मान्यता भैसकेको छ । मानविकी अध्ययन गर्नेहरु सरकारी जागिरको प्रतिस्पर्धामा मात्र उपयुक्त हुन्छन् भन्ने कुरा अब गलत सावित भैसकेको छ । राम्रो शैक्षिक संस्थाबाट मानविकी संकायमा उच्च शिक्षा हासिल गरेकाहरुले विज्ञान संकाय लिएर अध्ययन गर्नेहरुभन्दा राम्रो रोजगार पाएका छन् । समाजशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र, द्धन्द व्यवस्थापन, पिस एजुकेसन, ललितकला जस्ता विषयमा उच्च शिक्षा हासिल गरेकाहरुले गैरसरकारी संस्था तथा अन्य विभिन्न संस्थामा काम पाउँछन् ।

हाल नेपालको हकमा भन्ने हो भनें अर्थशास्त्रीले सबैभन्दा आकर्षक रोजगार पाउँछन् । भाषा शिक्षामा अंग्रेजीमा स्नातकोत्तर गर्नेले बेरोजगार बस्नु पर्दैन । यदि विद्यार्थीले एसएलसीमा ७० प्रतिशतभन्दा बढी स्कोर गरेर पनि उसलाई मानविकी संकायमा जाने मन छ भने उसले आफूलाई द्धिविधामा नराखी त्यो विषयमा राम्रो गर्छु भनेर अघि बढ्नुपर्छ । यस्तो बेलामा दबाबमा आएर विज्ञान संकाय रोज्नु दुर्घटनाको शिकार बन्ने कारण हुनसक्छ । विद्यार्थीले मानविकी संकाय रोजे भनेर हिन भावना राख्नुहुदैन किनभने यो विषयमा पनि उत्तिकै अवसर छन् । 

व्यवस्थापन संकाय जहाँ धेरै सम्भावना छन् ।
व्यवस्थापन संकाय अधिकांश विद्यार्थीले रोज्ने संकाय हो । एसएलसीमा औसत विद्यार्थी धेरै उत्तिर्ण हुने भएकाले र औसत विद्यार्थीले व्यवस्थापन संकाय रोज्ने भएकाले पनि यो संकायमा धेरै भएका हुन् । व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गरेकाहरु व्यवस्थापकीय कार्यहरुका लागि दक्ष मानिन्छन् । बैंक, वित्तीय संस्था, राष्ट्रिय बहुराष्ट्रिय कम्पनी, विभिन्न संघसंस्थाहरुमा व्यवस्थापनका दक्ष जनशक्ति आवश्यक मानिन्छन् । विद्यार्थीले व्यवस्थापन संकायमा पनि राम्रो अध्ययन गरेर आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने हुन्छ । शिक्षाविद्हरुका अनुसार कतिपय विद्यार्थी सजिलोका लागि प्लस टुमा फाइनान्स नरोजेर मार्केटिङ रोज्छन्, जसले गर्दा उनीहरुले भविष्यमा फाइनान्सियल अर्गनाइजेसनमा कम महत्व पाउँछन् ।

लामाचौरमा आईपिएम कृषक पाठशाला सम्पन्न


पोखरा असार २, विनोद शर्मा 

कास्कीको लामाचौर गाउँ विकास समितीको वडा नम्बर ५ बगैंचामा सञ्चालित १६ हप्ते आईपिएम कृषक पाठशाला सकिएको छ । एकीकृत शत्रुजिव व्यबस्थापनको माध्यमबाट करेला खेतीका विषयमा किसानहरुलाई तालिम दिईएको हो । क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखराको आयोजनामा भएको तालिमको दिउँसो जिल्ला कृषि विकास कार्यालयका प्रमुख बेनी बहादुर बस्नेतले समापन गर्नुभएको हो । २०६८ सालको माघ २० गतेदेखि शुरु भएको तालिममा किसानहरुले आर्एपिएम पद्धतीबाट करेला, मिटरबोडी, आईटी बोडी, भन्टा, खुर्सानी लगायतका तरकारीको खेती गरिरहेका छन् ।

माघमा लगाएको करेलामा बैशाखको १० गते आएको असिनाले पुर्ण रुपमा क्षति पुर्याएपछि किसानहरुले बैशाख १४ गते फेरी करेला लगाएका थिए । २ रोपनी क्षेत्रफलमा लगाईएको करेलामा अहिले फल लागिरहेको छ । समापन समारोहलाई सम्बोधन गर्दै बरिष्ठ कृषि विकास अधिकृत बेनी बहादुर बस्नेतले समूह दर्ता गरेर कार्यालयमा साउनमा कार्ययोजना पेश गर्न किसनलाई आग्रह गर्नुभएको छ । किसानहरुले समस्या भएपनि समाधानका लागि कार्यालयमा आएर सम्पर्क नगरेको उहाँको भनाई छ । कार्यालयले यस वर्ष २७ वटा गा.वि.स.मा ग्रामिण कृषि कार्यकर्ता परिचालन गरिसकेको बताउँदै अर्को आर्थिक वर्षमा सबै गा.वि.स.मा परिचालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभएको छ । 

क्षेत्रीय माटो परिक्षण प्रयोगशाला पोखराका बरिष्ठ माटो विज्ञ ईन्द्र बहादुर ओलीले पश्चिमाञ्चलका सबै जिल्लाको माटोमा अम्लियपना रहेकोले बेलैमा माटो परिक्षण गरी उपचार गर्नुपर्नेमा जोड दिनुभएको छ । कृषक सहजकर्ता चित्रनाथ पौडेलले लामाचौरमा सिँचाईको अभाव भन्दै किसानले व्यासायिक कृषि प्रणाली अपनाउन नसकेको बताउनुभयो । उहाँले सिँचाई नभए पनि लहरेबाली र प्लास्टिक घरमा गोलभेंडा खेती गरेर राम्रो आम्दानी लिन सकिने बताउनुभयो । जैविक मल र जैविक विषादी निर्माण र प्रयोग गरि रासायनिक विषादी कम प्रयोग गर्दै जैविक विविधता संरक्षण गर्ने आईपिएम कृषक पाठशालाको उद्देश्य रहेको जिल्ला कृषि विकास कार्यालय कास्कीका बाली संरक्षण अधिकृत धन बहादुर रानाले जानकारी दिनुभयो । 

स्वस्थ्य बाली उत्पादन गर्ने, नियमित अवलोकन गर्ने, मित्रु जिव र शत्रु जिवको पहिचान र किसान आफैं दक्ष बनाउने आईपिएम कृषक पाठशालाको मुख्य सिद्धान्त हो । १६ हप्तामा किसानहरुले माटोको परिक्षण, शत्रुजिव र मित्रुजिवको पहिचान, जैविक विषादी निर्माण तथा प्रयोग लगायतका विषयमा जानकारी लिए भने प्रयोगात्मक रुपमा २ रोपनी क्षेत्रफलमा सामुहिक करेला खेती गरेका छन् । तालिममा २६ जना किसानको सहभागिता रहेको थियो । 

आजभन्दा अगाडि छेपारोलाई लहरेबालीको शत्रु भनेर मार्ने गरेका किसानले अहिले छेपारो मित्रु किरा रहेछ भन्ने बुझेका छन् । छेपारोले लहरेबाली काट्ने किरालाई खाईदिएर मानिसलाई सघाउछ भन्ने कुरा पाठशालामा सिकेको बताउनुहुन्छ किसान बाबुराम गौतम । किसानहरुले पाठशालामा जैविक विषादी बनाउने तरिका सिके अनि बनाए पनि । गाउँ घरमै हुने झारपात, जडिबुटीबाटै जैविक विषादी बनाउन जान्नुभएका किसान अव रासायनिक विषादी कहिल्यै प्रयोग नगर्ने बताउनुहुन्छ ।

Thursday, June 14, 2012

पश्चिमाञ्चलमा एसएलसीको परिणाम, कमजोरी सच्याउनु पर्ने माग ।


पोखरा जेष्ठ ३२, विनोद शर्मा
पश्चिमाञ्चल विकास क्षेत्रमा यस वर्ष ५३ दशमलव १४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । यो प्रतिशत अघिल्लो वर्षको तुलनामा ३ दशमलव ५६ प्रतिशतले कम हो भने राष्ट्रिय उत्तिर्ण प्रतिशतभन्दा ५ दशमलव ०८ प्रतिशतले बढि हो । अघिल्लो वर्ष पश्चिमाञ्चलबाट ५७ दशमलव ७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । यस वर्ष देशभरीका ४७ दशमलव १३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । पश्चिमाञ्चलका विभिन्न जिल्लामा उत्तिर्ण प्रतिशतको दर तलमाथी भएको छ । 

कास्कीबाट यस वर्ष नियमिततर्फ ७१ दशमलव १ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । एसएलसी परिक्षामा उत्तिर्ण हुने जिल्लामध्ये क वर्गमा पर्ने कास्कीमा गत वर्ष पनि ७० दशमलव २ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । जिल्ला शिक्षा कार्यालय कास्कीका अनुसार यस वर्ष जिल्लाबाट ६ हजार ९ सय २६ जना विद्यार्थी उत्तिर्ण भएका छन् । विशिष्ट श्रेणीमा आठ सय एकानब्बे जना उत्तिर्ण भएका छन् भने ३ हजार ५ सय ९२ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका परिक्षा शाखा ईन्चार्ज खेम पौडेलले जानकारी दिनुभयो । त्यस्तै द्धितिय श्रेणीमा २ हजार २ सय ८६ जना र १ सय ५७ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार यस वर्ष नियमिततर्फ ९ हजार ७ सय ४३ जना सहभागि थिए । 

त्यस्तै कास्कीबाट एक्जाम्टेडतर्फका २५ दशमलव ३ प्रतिशत अर्थात १ सय ९० जना उत्तिर्ण भएका छन् । २ जना प्रथम श्रेणीमा, १ सय ३६ जना द्धित्तिय श्रेणीमा र ५२ जना तृतिय श्रेणीमा उत्तिर्ण भएको परीक्षा शाखाका ईन्चार्ज खेम पौडेलले जानकारी दिनुभयो । यस वर्ष ७ सय ८३ जना एक्जामटेडतर्फ परीक्षामा सहभागि थिए । 
हिमालपारीको जिल्ला मनाङबाट यस वर्ष नियमिततर्फ ९१ दशमलव २५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । अघिल्लो वर्ष मनाङबाट ५८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । कुल ८० जना विद्यार्थी मध्ये २७ जना प्रथम श्रेणीमा द्धितिय श्रेणीमा ४१ जना र ५ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।

 त्यस्तै गोरखाबाट ३ हजार ९ सय ७१ जना विद्यार्थी मध्ये ६१ दशमलव ७८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । विशिष्ट श्रेणीमा ५३ जना उत्तिर्ण भएका छन् भने ७ सय ३४ जना प्रथम श्रेणी, २ हजार ५५ जना द्धित्तिय र १ सय ५१ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् । ५ हजार ८ सय ६ जना विद्यार्थी सहभागि तनहुँबाट ४७ दशमलव ८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । जसमध्ये ५४ जना विशिष्ट, ९ सय ९६ जना प्रथम, १ हजार ६ सय २ जना द्धित्तिय र १ सय २६ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् । त्यस्तै लमजुङका ३ हजार ९९ जना मध्ये ४४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । २७ जना विशिष्ट ४ सय ४३ जना प्रथम ८ सय ५४ जना द्धित्तिय र ४३ जना तृतिय श्रेणीमा उत्तिर्ण क्षेत्रीय शिक्षा निर्देशनालय पोखराले जनाएको छ । 

स्याङजाबाट ६ हजार ७ सय ६८ मध्ये ५७ दशमलव २२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका परीक्षा शाखाका अधिकृत योगेन्द्र पराजुलीले जानकारी दिनुभयो । जसमा ५४ जना विशिष्ट, १ हजार २ सय ६९ जना प्रथम, २ हजार ३ सय २३ जना द्धित्तिय र १ सय ८३ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् । त्यस्तै मुस्ताङबाट ६ जना विशिष्ट, ६३ जना प्रथम, ४६ जना द्धित्तिय र १ जना तृतिय गरि ८७ दशमलव ८७ प्रतिशत उत्तिर्ण भएका छन् । यस वर्ष मुस्ताङबाट १ सय ३२ जना विद्यार्थी सहभागि थिए । 
म्याग्दिबाट भने ६३ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । यो अघिल्लो वर्षको तुलनामा १६ दशमलव ०४ प्रतिशतले कम हो । जसमा ५१ जना विशिष्ट, ३ सय ८५ जना प्रथम, ७ सय ८४ जना द्धित्तिय र ४४ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।

 ५ हजार १ सय ५५ जना विद्यार्थी सहभागि बाग्लुङबाट १ सय ४ जना विशिष्ट श्रेणीमा उत्तिर्ण भएका छन् भने १ हजार ६१ जना प्रथम १ हजार ९ सय २१ जना द्धित्तिय र १ सय ७९ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका अधिकृत योगेन्द्र पराजुलीले बताउनुभयो । त्यस्तै पर्वतमा ५३ दशमलव ८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । ३ हजार ३ सय ६० विद्यार्थीमध्ये ७० जना विशिष्ट, ३ सय ७६ जना प्रथम, १ हजार १ सय ६६ जना द्धित्तिय र १ सय ४२ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् । गुल्मीबाट यस वर्ष ७० जना विशिष्ट, ६ सय ४१ जना प्रथम, १ हजार ८५ जना द्धित्तिय र २८ जना तृतिय श्रेणीमा गरि ३५ दशमलव २१ प्रतिशत अर्थात १ हजार ८ सय २४ जना विद्यार्थी उत्तिर्ण भएका छन् । 

अर्घाखाँचीबाट २७ जना विशिष्ट, ३ सय ३० प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् । ६ सय ३५ जना द्धित्तिय श्रेणीमा र ४३ जना तृतिय श्रेणीमा गरि २६ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । अघिल्लो वर्ष अर्घाखाँचीबाट २९ दशमलव ३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । त्यस्तै कपिलवस्तुबाट ५५ जना विशिष्ट, ७ सय ७१ जना प्रथम र १ हजार ५ सय ९६ जना द्धित्तिय श्रेणीमा उत्तिर्ण भएका छन् । तृतिय श्रेणीमा १ सय ७८ गरि कुल ४९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ । 

त्यसैगरी रुपन्देहीबाट ९ सय ७२ जना विशिष्ट श्रेणी र ३ हजार ६ सय ५५ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् । २ हजार ९ सय २९ जना द्धित्तिय श्रेणी र २ सय ३७ जना तृतिय श्रेणी गरि ७८ दशमलव ४३ प्रतिशत विद्यार्थी पास भएका छन् । नवलपरासीबाट ४ सय ६० जना विशिष्ट श्रेणीमा उत्तिर्ण भएका छन् भने २ हजार १ सय ५५ जना द्धित्तिय श्रेणीमा उत्तिर्ण भएका छन् । त्यस्तै २ हजार ६ सय ७१ जना द्धित्तिय र २ सय ६१ जना तृतिय श्रेणी गरि ४७ दशमलव ८ प्रतिशत उत्तिर्ण भएका कार्यालयले जनाएको छ । 

विद्यार्थी तथा अविभावकले भने प्रत्युक वर्षको नतिजा निरासाजनक हुँदै गएकोमा आपत्ति जनाएका छन् । परिक्षा प्रणाली नैं चित्तबुझ्दो नभएको भन्दै उनीहरुले मन्त्रालयले कमजोरी पत्ता लगाएर सच्याउनुपर्नेमा जोड दिएका छन् । 

कास्कीबाट एसएलसीमा सहभागि दृष्टिविहिन विद्यार्थीहरु भने शत प्रतिशत उत्तिर्ण भएका छन् । अमरसिँह नमुना उच्च माध्यामिक विद्यालयबाट परिक्षा दिएका सात जना दृष्टिविहिन विद्यार्थीमध्ये पाँच जना प्रथम श्रेणीमा र २ जना द्धित्तिय श्रेणीमा उत्तिर्ण भएका छन् । त्यस्तै लेखनाथ नगरपालिकामा रहेको श्रृजना बहिरा उच्च माध्यामिक विद्यालयबाट सहभागि २० जना सुस्त श्रवण विद्यार्थीमध्ये १८ जना उत्तिर्ण भएका छन् । चार जना प्रथम श्रेणी र चौध जना द्धित्तिय श्रेणीमा उत्तिर्ण भएका विद्यालयका शिक्षक गणेश प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

Tuesday, June 12, 2012

रासायनिक विषादी प्रयोग गर्दा ख्याल गर्नुपर्छ है ?


पोखरा जेष्ठ ३०, विनोद शर्मा 
खेतबारीमा रासायनिक विषादी प्रयोग गर्दा ख्याल गर्नुपर्ने कृषि विज्ञहरुले सुझाव दिएका छन् । रासायनिक विषादीका कारण तत्काल सकारात्मक प्रभाव परेपनि पछि हानी पुर्याउछ । कृषि बालीमा देखिएको रोगकिराको संक्रमण अनुसार कृषि प्राविधिक तथा वैज्ञानिकबाट प्रमाणित गरिएका विषादी प्रयोग गर्नुपर्ने विज्ञहरुको भनाई छ । बिक्रेताहरुले पनि रोग किरा पहिचान नभईकन विषादीको सिफारिस गर्नुहुँदैन । विषादीले सबै खालका किराको नाश गर्ने भएकोले मीत्रु किरा र शत्रु किराको पहिचान गरेर मात्रै विषादी छर्नुपर्ने क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखराका बाली संरषण अधिकृत कृष्णराज खनालले बताउनुभयो । 

टिप्ने बेला भएको अन्नबालीमा विषादी छर्नु हुँदैन । यदि छर्नै पर्यो भने बाली टिप्नुभन्दा एक हप्ता अगाडि तीन दिनमा टिप्न मिल्ने खालको विषादी छर्नुपर्छ । विषादी छरेर पर्खनुपर्ने भनिएको समयमा बाली नलिएर पुरै समय कुर्नुपर्ने विषादी पञ्जिकरण तथा व्यबस्थापन शाखा ललितपुरका प्राविधिक सहायक कृष्ण प्रधानले बताउनुभयो । विषादी छर्नेवित्तिकै टिपेको तरकारी फलफुल प्रयोग गर्दा बान्ता हुने, रिँगटा लाग्ने, लर्बराउने समस्या देखिन्छ भने लामो समयपछि पक्षघात हुने, टाउको दुख्ने, मृगौलामा खराबी हुने तथा स्वासप्रश्वासमा समेत समस्या हुन्छ । त्यसैले पर्खनुपर्ने समयमा अन्नबाली नलिएर समय सकिएपछि मात्रै बाली लिन विज्ञहरुले सुझाव दिएका छन् ।

महामारीको अवस्थामा मात्रै रासायनिक विषादीको प्रयोग गर्नुपर्ने विषादी पञ्जिकरण तथा व्यबस्थापन शाखा ललितपुरका प्राविधिक सहायक कृष्ण प्रधानको भनाई छ । वनस्पति विषादी, रासायनिक विषादीभन्दा प्रयोग गर्न सजिलो, सस्तो र स्वस्थकर समेत हुनेभएकाले यसको प्रयोग गर्न किसानहरुलाई प्रधानले सुझाव दिनुभएको छ । रासायनिक विषादी छर्ने समयमा र छरिसकेपछि पनि ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । 

रासायनिक विषादीले उब्जनी भएको बाली कुहिने, भण्डारण गर्न नसकिने गराउँछ भने मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्दछ । त्यस्ता उब्जनी सेवन गर्दा मानिसको प्रजनन् क्षमतामा समेत ह्रास आउने वैज्ञानिकहरुको अनुसन्धानले देखाएको छ । नेपालमा १४ किसिमका विषादीहरु प्रयोग गर्न प्रतिवन्ध लगाईएको विषादी पञ्जिकरण तथा व्यबस्थापन शाखाले जनाएको छ । त्यस्ता विषादीले मानव स्वास्थ्यमा पनि प्रतिकुल असर पार्ने भएकोले विषादी छर्नुअघि कृषि प्राविधिक तथा वैज्ञानिकसँग सल्लाह लिनुपर्ने विज्ञहरुको सुझाव छ । 

कृषि प्राविधिकको परामर्श नलिईकन किसानले विषादी प्रयोग गर्दा मानिस, पशु र बाली नालीमा नकारात्मक असर पर्ने गरेको छ । जथाभावी विषादी छर्दा खेतबारीमा चाहिने मित्रुजीवसमेत मर्ने हँुदा ख्याल गर्नुपर्ने विज्ञहरुले बताएका छन् । गाउँघरमा पाइने विभिन्न वस्तुलाई कीटनाशक विषादीको सट्टामा प्रयोग गर्न सकिन्छ । तर यसको उपयोगिता र प्रयोगबारे किसानलाई जानकारी नभएकाले कीटनाशक विषादीकै प्रयोग भइरहेको छ । तीतेपाती, असुरोको पात, गाईवस्तुको मुत्रलाई खेतबारीका हानिकारक कीरा मार्न प्रयोग गर्नसकिन्छ । यीबाहेक हामीले तरकारीमा प्रयोग गर्दै आएका लसुन, प्याज, खुर्सानीलाई समेत विषादीको सट्टामा प्रयोग गर्न सकिन्छ । गाउँघरमै पाइने यस्ता कृषिजन्य वस्तुको प्रयोग गर्दा रोगकीराबाट पनि मुक्ति मिल्छ भने वातावरणलाई पनि खराब असर नपर्ने जिल्ला कृषि विकास कार्यालय कास्कीले जनाएको छ । विषादीको सट्टा तीतेपाती, असुराको पात, वस्तुभाउको मूत्र प्रयोग गर्दा राम्रो हुने कृषि प्राविधिकहरुको सल्लाह छ । 

यसैवीच, पोखरामा सञ्चालित कृषक स्वयंबाट विषादीको असर, लक्षण पहिचान सम्बन्धी २ दिने अभिमुखिकरण तालिम सकिएको छ । व्याबसायिक कृषि व्यापार आयोजना र कृषि विषादी पंजिकरण तथा व्यबस्थापन शाखा कार्यालय हरिहर भवन ललितपुरको आयोजना तालिम भएको हो । पोखरा बिरौटामा रहेको क्षेत्रीय वाली संरक्षण प्रयोगशालामा भएको तालिममा किसानहरुलाई विषादीको असर, यसका लक्षण, प्रयोग गर्ने तरिका र प्रतिवन्धित विषादीका बारेमा जानकारी गराइएको छ । 

तालिममा पश्चिमाञ्चलका कास्कीसँगै स्याङजा, तनहुँ र लमजुङका ५/५ जना गरि २० जना किसानको सहभागिता रहेको कृषि विषादी पंजिकरण तथा व्यबस्थापन शाखाले जनाएको छ । तालिममा विषादी पंजिकरण तथा व्यबस्थापन शाखाका प्राविधिकहरुले सहजिकरण गरेका छन् । तालिमपछि किसानहरुले रासायनिक विषादीको प्रयोगलाई न्यनिकरण गर्दै जैविक विषादीको प्रयोगलाई प्राथमिकता दिने बताएका छन् । उनीहरुले वनस्पति विषादीको रुपमा गाउँघरमै पाईने वनस्पतिहरुको प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

Sunday, June 10, 2012

फेवाताल र बेगनासतालमा १ लाख ५० हजार माछाका भुरा छाडिने, फेवामा १२ सय छाडियो ।


पोखरा जेष्ठ २८, विनोद शर्मा 

पोखराको पर्यटकिय फेवातालमा आज १ हजार २ सय माछाका भुरा छाडिएको छ । जिल्ला कृषि विकास कार्यालय कास्की, मत्स्य अनुसन्धान केन्द्र बेगनास, मत्स्य व्यबसायि समिती फेवा र बेगनासको संयुक्त आयोजनामा भुरा छाडिएको हो । कृषि विकास कार्यालयको मत्स्य विकास शाखाको आर्थिक वर्ष २०६८÷०६९ को वार्षिक कार्यक्रम अनुसार ६० हजार रुपैंयाँ अनुदानबाट भुरा छाडिएको मत्स्य विकास शाखाका प्राविधिक सहायक लिला पंगेनीले जानकारी दिनुभयो । हुर्किएका फिँगरलिङ अर्थात औंला आकारका ३० हजार भुरा छाड्ने तयारी भएपनि मत्स्य अनुसन्धान केन्द्रमा छाड्न योग्य भुरा कम भएकोले १ हजार २ सय भुरा मात्रै छादिएको कार्यालयले जनाएको छ । 

यस आर्थिक वर्ष भित्रमा कृषि विकास कार्यालय, मत्स्य अनुसन्धान केन्द्र बेगनास, मत्स्य व्यबसायि समिती फेवाले संयुक्त रुपमा १ लाख ५० हजार भुरा छाडिने मत्स्य व्यबसायि समितीका अध्यक्ष ज्ञान बहादुर जलारीले जानकारी दिनुभयो । माछा मारेर जिविको पार्जन गरिरहेका जलारी समुदायलाई आयआर्जनमा बृद्धि गराउने र तालको पारिस्थितीक पद्धती बचाउँदै वातावरण संरक्षण गर्ने उद्धेश्यले भुरा छाडिएको कार्यालयका प्रमुख बेनी बहादुर बस्नेतले जानकारी दिनुभयो । 

तालमा भुरा छाड्दै प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईले उद्धेश्यले आफ्नो पेशालाई जिवन्त राख्न माछाको संरक्षणका लागि काम गर्न जलारी समुदायलाई आग्रह गर्नुभएको छ । भुरा छाड्दा तालमा माछाको घनत्वमा बृद्धि हुने र जलारी समुदायलाई आयआर्जनमा सघाएपनि फार्म सञ्चालन गरेर व्यबसायिकता तर्फ लाग्न पनि उहाँले सल्लाह दिनुभएको छ । मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्राविधिक अधिकृत राम प्रंसाद ढकालले तालमा माछाको सँख्या बढाउन साकाहारी माछाको संरक्षण गर्दै मांसाहारी तिला, पिया जातका माछालाई कम गर्नुपर्ने बताउनुभयो । कास्कीमा माछाको माग अत्याधिक भएकोले फेवामा मात्रै निर्भर नभई व्यबसायिक उत्पादनमा जोड दिनुपर्ने अधिकृत ढकालको भनाई छ । 

भुरा छाड्नका लागि जिल्ला कृषि विकास कार्यालयले ६० हजार अनुदान छुट्याएको छ भने मत्स्य व्यबसायि समितीले १ लाख ३० हजार रुपैंयाँ खर्च गर्ने भएको छ । यस वर्ष सराङकोट गाउँ विकास समितीले पनि वडा नम्बर ६ मा बसोबास गर्दै आएका जलारी समुदायको आय आर्जनमा बृद्धि गर्ने उद्धेश्यले २० हजार रुपैंयाँ भुरा छाड्नका लागि विनियोजन गरेको छ । भूमिहिन जलारी समुदायले आजको दिनलाई रोपाईको संज्ञा दिएका छन् । उनीहरुले रोपाई शुरु भएपछि यसको संरक्षणमा लागने प्रतिवद्धता समेत गरेका छन् । हर्पन फेवा मत्स्य सहकारी सँस्था स्थापना गरेर संगठित भएका उनीहरुलाई अबैध रुपमा माछा मार्ने चलनले माछा संरक्षणमा समस्या भएको छ । यो समय माछाको प्रजनन्को समय हो । माछा प्रजनन्का लागि हर्पन खोलातर्फ जान्छन् । तर अबैध रुपमा करेन्ट लगाउँदा बम पड्काउँदा प्रजनन् गर्ने उमेरका माछा पर्ने भएकोले माछाको बृद्धि रोकिन्छ । 

भुरा छाड्न प्रमुख अतिथि बनेर जानुभएका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईलाई अबैध माछा मार्ने कामलाई रोक्न आफुहरुलाई सघाउन जलारी समुदायले आग्रह गरेका छन् । फेवामा मिसिएको  सेतीनहर र शहरी ढलका कारण फेवा प्रदुषित हुँदै गएपछि जलारी समुदायमा पनि चिन्ता थपिएको छ । तालमा बढेको प्रदुषणसँगै माछा र तालमा हुने अन्य जिवजन्तु लोप हुने भन्दै आफ्ना पहलहरुलाई सहयोग गर्न पनि जलारीले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईले ताल संगसँगै माछाको संरक्षण र बृद्धि गर्ने विषयमा मत्स्य ब्यबसायिलाई सहयोग गर्ने प्रतिबद्धता जनउनुभएको छ । उहाँले अबैध रुपमा माछा मार्ने क्रमलाई न्युनिकरण गर्ने विषयमा प्रशासनले सधे. सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागि हुनुभएका श्रीकम्प्लेक्स चिप्लेढुङ्गाका प्रोपाईटर झलकलाल श्रेष्ठले फेवामा उत्पादित माछाको बजारीकरणका लागि कम्प्लेक्सले पनि सहयोग गर्ने बताउनुभएको छ । व्यबसायिक रुपमा पोखरामै ठुलो मात्रामा माछा उत्पादन गरेर आयातलाई प्रतिस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । फेवा वातावरण सुधार समितीका अध्यक्ष चुँडामणी पहारीले तालमा छाडिएका भुराको स्याहार सुसारमा ध्यान दिन जलारी समुदायलाई सल्लाह दिनुभएको छ । तालमा छाडिएका भुरा बगेर जान सक्ने भएकोले तालको ड्याममा बाँध बनाउनुपर्नेमा उहाँको जोड छ । अध्यक्ष पहारीले पहिलाका माछाहरु हराउँदै गएकोमा तीनिहरुको संरक्षणमा पनि पहल गर्नुपर्ने बताउनुभयो । 

७७ जना सदस्य रहेको हर्पन फेवा मत्स्य सहकारी सँस्थाले जलारी समुदायले मारेका माछालाई संकलन गरेर वजारीकरण पनि गरिरहेको अध्यक्ष ज्ञान बहादुर जलारीले जानकारी दिनुभयो । मौसममा दैनिक १ टनसम्म माछा मार्ने गरेको र बेमौसममा डेढ क्विन्टलसम्ममात्रै मार्न सकिने सहकारीको तथ्याङक छ । 

यस्तै, भोली लेखनाथ नगरपालिकामा रहेको बेगनास तालमा पनि २५ हजार भुरा छाड्न लागिएको जिल्ला कृषि विकास कार्यालय कास्कीले जनाएको छ । कार्यालयको ५० हजार रुपैंयाँ अनुदानबाट २५ हजार हुर्किएका फिँगरलिङ अर्थात औंला आकारका भुरा छाड्न लागिएको हो । बेगनासमा पनि यस आर्थिक वर्ष भरीमा १ लाख ५० हजार भुरा छाडीने मत्स्य अनुसन्धान केन्द्र बेगनासले जनाएको छ । 

Saturday, June 9, 2012

नमुना विद्यालय हेर्न एक हजार रुपैयाँ प्रवेश शुल्क


पोखरा, 


शैक्षिक गतिविधि हेर्न दिनहुँ भ्रमण र अवलोकन टोली आउन थालेपछि पढाइमा बाधा पुगेको भन्दै भरतपोखरीको एक विद्यालयले बिना शुल्क विद्यालय छिर्न नपाइने नियम बनाएको छ । त्यो पनि हप्ताको एक दिन शुक्रबार दिउँसो एक बजेपछि मात्रै ।


यस्तो नियमले आर्थिक स्रोत थपिने त भइहाल्यो, शुक्रबार दिउँसो भएपछि पढाइलाई पनि बाधा नपुग्ने भयो । भरतपोखरी ४ स्थित सरकारले नमुना घोषणा गरेको शिशुकल्याण निमाविले दिनहुँ आउने टोलीलाई 'ब्रिफिङ' गर्दागर्दै पठन पाठनमै समस्या भएको भन्दै यस्तो नियम राखेको हो । 'पढाइमा बाधा नपुगोस् भनेरै यस्तो व्यवस्था गरेका हौं', प्रधानाध्यापक मन्त्रीलाल पौडेलले भन्नुभयो, 'न्यूनतम एक हजार रुपैयाँ प्रवेश शुल्क राखेका छौ, इच्छा भएकाले बढी दिए पनि स्विकार्छौ ।'


व्यवस्थापकीय जिम्मा समुदायले लिएपछि नमुना बनेको विद्यालयमा दिनमै ५/६ अवलोकन टोली आउने गरेका छन् । एकै दिन २ सय ५० सम्म आएको रेकर्ड छ ।  प्रधानाध्यापक  र शिक्षक विद्यालयको गतिविधि देखाउनमा ठिक्क हुनुपर्ने बाध्यता हटाउन २०६७ को असोजबाट व्यवस्थापन समितिको निर्णय अनुसार शुल्क र शुक्रबार राखिएको पौडेलले बताउनुभयो । भ्रमण गर्ने कहिल्यै नटुट्ने र अनुगमन, भ्रमणको नाममा चाहिने/नचाहिने कुरा सोधेर हैरान पारेकाले शुल्क लिनुपरेको पौडेलेको भनाइ छ । सुर्खेतबाट आएको एक टोलीले एक हजार रुपैयाँ दिन नमानेपछि त्यत्तिकै फकाइदिएको विद्यालयले जनायो । शिक्षाका कर्मचारी र पत्रकारलाई भने यस्तो नियम लागू हुँदैन ।



बाल विकासदेखि ७ कक्षासम्म पढाइ हुने विद्यालयले दक्ष प्रधानाध्यापक, सफल शिक्षक, लगनशील र अनुशासित विद्यार्थी, प्रतिबद्ध विद्यालय व्यवस्थापन समिति र जागरुक अभिभावक नमुना विद्यालयका सूचक मानेर काम गर्दै आएको छ । भौतिक पूर्वाधार सम्पन्नतासँगै शैक्षिक गुणस्तर उकास्न फरक शिक्षण विधि अवलम्बन गरेपछि विद्यालय जिल्लामै नमुना छ । यसको अनुभव बटुल्न देशैभरिबाट भ्रमण तथा अवलोकन टोली आउन थालेका हुन् । 

भूकम्पले कास्कीका ३ घर भत्किए


पोखरा, जेठ २७,
कास्कीको थुमाकोडाँडा गाउँ विकास समितिमा केन्द्रविन्दु हुनेगरि दिउँसो गएको भूकम्पले लेखनाथ नगरपालिकामा तीनवटा भवनमा क्षति पुगेको छ । भूकम्पले लेखनाथ नगरपालिका वडा नम्वर १० तालबेंशीमा राधाकृष्ण सुवेदीको दुईतले घरको गाह्रो भत्काएको छ । यस्तै शिवराज सुवेदीको एकतले घर र ईलाका प्रहरी कार्यालय हंसपुर कार्यालयको भवनको गाह्रो भत्काएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । भूकम्पका कारण मानवीय क्षतिका घट्ना भने नभएको प्रहरीले वताएको छ ।

यसैवीच भूकम्प लगत्तै कास्कीमा भीषण वर्षा भएको छ । गत वैशाखमा मात्रै सेती नदीमा आएको वाढीले ठूलो जनधनको क्षति पु¥याएकाले, भूकम्प पछिको वर्षाका कारण यस क्षेत्रका वासिन्दा त्रसिद वनेका छन् । वर्षाले सेती नदीमा केही मात्रामा पानीको सतह वढेपनि अहिले भने वर्षा रोकिन थालेकाले खासै जोखिम पूर्ण अवस्था नरहेको प्रहरीको भनाई छ । तर संभावित घट्नावाट वच्नका लागि सुरक्षित एवं संयमित रहन स्थानीय प्रशासनले नागरिकलाई अनुरोध गरेको छ ।

 
दिउ“सो १ बजेर ३९ मिनेटको समयमा पोखरा भन्दा १३ किलोमिटर उत्तर पूर्वमा पर्ने थुमाकोडाँलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ८ रेक्टर स्केलको भुईचालो गएको अमेरिकी भुगर्भ सर्वेक्षण बिभागले जनाएको छ । भुइ“चालोले पोखरामा लगातार १२ सेकेन्डसम्म जमिन हल्लिएको थियो । भुइँचालोको धक्का चितवन, नवलपरासी, तनहुँ, लमजुङ, गोर्खा, स्याङजा आसपासका क्षेत्रका पनि महसुस गरिएको थियो ।


नेपालमा यसअघि गत असोज १ गते ताप्लेजुङ्ग आसपास केन्द्र बनाई ६ दशमलव ९ रेक्टर स्केलको भुइँचालो गएको थियो । ६ जनाको ज्यान जानेगरि गएको भूइँचालोबाट ६० जनाभन्दा बढी घाईते भएका थिए । नेपाल भूकम्पिय जोखिमका दृष्टिकोणले ११ औं स्थानमा पर्छ । नेपालको ईतिहासमा विक्रम संवत् १९९० साल माघ २ गते विनाशकारी भुकम्पले ठूलो क्षति पु¥याएको थियो । 

लामो अन्तरालमा अत्यन्तै विनासकारी भूकम्प जाने हुँदा यसबाट बच्नका लागि नागरिक तहबाट सचेत र जागरुक हुन विज्ञहरुले सुझाव दिँदै आएका छन् । अहिलेसम्मको तथ्यांकलाई हेर्ने हो भने ७ दशमलव ५ देखि ८ रेक्टर स्केल परिमाणका भूकम्पहरु प्रत्येक ४० वर्षमा र ८ भन्दा माथिका भूकम्पहरु प्रत्येक ८० वर्षमा जाने गर्दछन् । सम्भाव्यताको अध्ययनले पनि २०७० भित्र ८ रेक्टर स्केल भन्दा माथिका भूकम्प कम्तीमा एउटा जाने संभावना रहेको देखिन्छ ।


विशेषगरि सुरक्षित र बलियो घर–संरचना बनाउँदा भविष्यमा भूँईचालोबाट हुन सक्ने जीउ ज्यान तथा धनमालको नोक्सानीबाट बच्न सकिने हुँदा, भवनहरुलाई सुरक्षित किसिमले डिजाईन र निर्माण गर्न सरकारले भवन निर्माण संहिता २०६० समेत लागू गरिसकेको छ । तर यसको खासै कार्यान्वयन भने हुन सकेको छैन ।

Thursday, June 7, 2012

एकान्तमा बसी.............. गजल ।


एकान्तमा बसी धित मारेर रुदैछु
मनको यो पिडालाई आँशुले धुँदैछु ।

४ वर्षमा एकले अर्कालाई बुझेनौं
सँगै बस्न सकिन्न अव टाढा हुँदैछु ।

दुवैले देखेको सपना अनायासै तुहियो
दोष कसैलाई दिन्न म आफैं लिंदैछु ।

मेरो कारणले तिमीलाई दुःख हुन दिन्न
हामी वीचको मायारुपी त्यो गाठो फुँदैछु ।

सम्बन्धको झझल्को मेटिएको छैन अझै
मन बुझाउनु छ, आफ्नै ढुकढुकी छुँदैछु ।

सानुभाई २०६९/२/२५

Friday, June 1, 2012

कास्कीको ल्वाङघलेल ४ कोलेलीमा व्यबसायिक आलमण्ड खेतीको तयारी तिब्र


पोखरा २० जेष्ठ, विनोद शर्मा 


कास्कीको ल्वाङघलेल गाउँ विकास समिती वडा नम्बर ४ कोलेलीका किसानहरुले व्यबसायिक रुपमा चिनियाँ बदाम अर्थात आलमण्ड खेतीको तयारीलाई तिब्र पारेका छन् । ‘अलमण्ड स्टडी ग्रुप’को संयोजनमा भएको सम्भाव्यता अध्ययनपछि जनशक्ति कृषि तथा सिंचाई सहकारी संस्थाको संयोजनमा तयारीलाई तिब्र पारेका हुन् । ‘अलमण्ड स्टडी ग्रुप’को संयोजनमा ल्वाङघलेल सिहत सादिर्खोला, अर्मला तथा लुम्लेमा सम्भाव्यता अध्ययन गरिएको थियो । अध्ययनबाट ल्वाङघलेलको वडा नम्बर ४ कोलेलीमा आलमण्ड उत्पादनको सम्भाव्यता देखिएपछि किसानहरु उत्साहि भएका छन् । 

आलमण्डको व्यबसायिक उत्पादनका लागि कम्तिमा १ हजार रोपनी जग्गा आवश्यक पर्ने भएपछि सहकारीले आफ्ना सदस्य सहित अन्य जग्गावाला व्यक्तिहरुसँग ३ पटकसम्म छलफल गरिसकेको छ । किसानहरु समेत सकारात्मक भएपछि अहिले जग्गाको लगत लिने र मुल्याङकन गर्ने काम भैरहेको सहकारीका अध्यक्ष तथा जग्गा मुल्याङकन समितीको पनि संयोजक बाबुराम गौतमले जानकारी दिनुभयो । किसानहरुको करिव १२ सय रोपनी जग्गाको मुल्याङकन गरि माटो परिक्षणको काम शुरु गरिने सहकारीका सचिव कृष्ण दवाडीले बताउनुभयो । १४ सय मिटरभन्दा माथीको उचाईमा आलमण्ड खेती हुने विज्ञहरुले बताएका छन् । सहकारीले माथील्लो भेगमा आलमण्ड खेती गर्ने र तत्लो भेगमा व्यबसायिक रुपमा पशु पालन गर्ने योजना बनाईरहेको छ । 

चिनियाँ बदाममा भिटामिन ई, प्रोटिन, क्याल्सियम, आइरन, फस्फोरस लगायतका तत्वहरु पाइने विज्ञहरु बताउँछन् । सौन्दर्य तेल, क्यान्सर विरुद्धको औषधि तथा आँखाको सुरक्षाका लागि यसको प्रयोग हुने ‘अलमण्ड स्टडी ग्रुप’का संयोजक कुसुम केशव पराजुलीले बताउनुभएको छ । १ हजार रोपनीमा चिनिया बदाम खेती गर्न ८ करोड रुपैयाँ खर्च लाग्ने र ५ वर्षसम्ममा लगानी उठाउन सकिने संयोजक पराजुलीले बताउनुभयो । 

बदामको एउटा बिरुवा हुर्काउनमात्रै ५ हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने ग्रुपले जनाएको छ  । सहकारीद्धारा यसको खेती गर्नु उत्तम हुने विज्ञहरुले बताएका छन् । हाल नेपालमा वार्षिक ४० करोड रुपैयाँ बराबरको चिनियाँ बदाम भित्रिने गरेको तथ्याङक छ । भारतमा वार्षिक ५८ हजार मेट्रिक टनभन्दा बढी बदाम खपत हुने गरेकाले यसको व्यावसायिक उत्पादन गरेमा नेपालले आफ्नो सम्पूर्ण उत्पादन भारतलाई निर्यात गर्न सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुध दिवस मनाईँदै, पोखरामा ७० हजार लिटर दुधको अभाव


पोखरा १९ जेष्ठ, विनोद शर्मा । 
आज जुन १ तारिख अर्थात विश्व दूध दिवस, ‘स्वच्छ, स्वस्थ एंव गुणस्तरीय दूध तथा दुग्ध पदार्थको उपलब्धता, पोषण सुरक्षामा सुनिश्चितता’ भन्ने नाराका साथ मनाइँदैछ । दूधको महत्व र यसको उपयोगिताबारे उपभोक्तालाई सचेत बनाउन दिवसले मद्धत गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले बताउनुभयो । बोर्डको तथ्याङ अनुसार दैनिक १५ लाख लिटर भन्दा बढी दूध उत्पादन भइरहेको छ । 

अहिले दैनिक ३ देखि ४ लाख लिटरसम्म दूध अपुग रहेकाले यस वर्षको दिवसले निर्वाहमुखी पशुपालनलाई छोडी व्यावसायिक पशुपालनमा लाग्न किसानलाई उत्प्रेरणा दिने पन्तले बताउनुभयो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफ ए ओ ले सन् २००१ जुन १ देखि यो दिवस मनाउन सुरु गरेपनि नेपालमा भने अघिल्लो वर्षदेखि मात्र मनाउन सुरु गरिएको हो ।

कास्कीमा दैनिक ६० हजार लिटरसम्म दुध आपुर्ती भैरहेपनि करिव २० हजार लिटर दुध अपुग हुने गरेको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ । कास्कीका दैनिक एक लाख लिटर क्षमताको सुजल डेरी उद्योग समेत पुरा क्षमतामा उत्पादन हुन सकेको छैन । कास्कीका किसानहरुका तर्फबाट वजारमा आउने दुध २२ हजार लिटर मात्रै रहेको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार अरु दुध कास्की आसपासका जिल्लाबाट आपुर्ती भैरहेको छ । कास्कीमा दैनिक १ लाख ५० हजार लिटर दुधको माग हुने गरेको कार्यालयको तथ्याङक छ । 

यसैवीच, भरतपोखरी गा.वि.स.को वडा नम्बर ४ भगवती चौतारामा पशुको बाँझोपन निवारण सम्बन्धी १ दिने निशुल्क शिविर भैरहेको छ । भरतपोखरी गा.वि.स., राष्ट्रिय पशु प्रजजन् केन्द र जिल्ला पशु सेवा कार्यालयको संयुक्त आयोजनामा भैरहेको शिविरमा पशुको गर्भ परिक्षण, कृतिम गर्भाधान, सिङ काट्ने, नाक छेड्ने, बाँझोपन निवारण, पशु बन्ध्याकरण, स्वास्थ्य परिक्षण तथा उपचार गरिने पशु सेवा कार्यालयका पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताउनुभयो । गाई भैंसीमा नश्ल सुधारको माध्यमबाट दुध उत्पादनमा बृद्धि गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको पशुसेवा कार्यालयका प्रमुख डाक्टर प्रकाशराज श्रेष्ठले बताउनुभयो ।

सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ कास्कीका अध्यक्ष पुण्य पौडेलले दुध उत्पादनमा बृद्धि गराउनका लागि सरकारी तवरबाट विशेष कार्यक्रम सञ्चालन हुनुपर्ने बताउनुभएको छ । सरकारले प्राथमिकतामा राखेर पशुपालनका लागि आवश्यक पुर्वाधार सडक, पानी तथा विजुलीको व्यबस्था गर्नुपर्ने बताउनुभएको छ । किसानलाई उत्प्ररीत गर्नका लागि सहुलियत दरमा ऋणको व्यबस्था, औषधी उपचार र बीमाको व्यबस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । कास्कीका लेखनाथ नगरपालिकाको शिशुवा, भरतपोखरी, पुम्दीभुम्दी, घाचोक, लाचोक, कास्कीकोट र चापाकोट गा.वि.स.मा गरि ६० जना किसानले व्यबसायिक रुपमा पशु पालन गरिरहेको संघले जनाएको छ ।