Friday, February 17, 2012

पोखराको पि.एन्. क्याम्पसमा सञ्चालित श्रव्य पुस्तकालयमा अझै दरबन्दी स्विकृत भएन ।।

फागुन ५, पोखरा, विनोद शर्मा ।
दृष्ट्रिविहिन विद्यार्थीलाई लक्षित गरि पोखराको पृथ्वी नारायण क्याम्पसमा सञ्चालन गरिएको श्रव्य पुस्तकालयमा लामो समय भईसक्दा पनि कर्मचारी दरबन्दी स्विकृत हुन सकेको छैन । पुस्तकालय सञ्चालनमा आएको सात वर्ष पछि गत वर्ष त्रिभुवन विश्वविद्यालयले श्रव्य पुस्तकालयलाई २ जनाको दरवन्दी दिए पनि अझै स्विकृती नगरेका कारण श्रव्य सामाग्रीको उत्पादनमा समस्या आएको कास्की नेत्रहिन सँघका कार्यक्रम सँयोजक लक्ष्मण सुवेदीले बताउनुभयो । 

कास्की नेत्रहिन सँघले क्याम्पससँग सम्झौता गरि २०६१ सालमा क्याम्पस अन्तर्गत पश्चिमाञ्चल क्षेत्रिय पुस्तकालयभित्र ४ कोठाको राष्ट्रिय श्रब्य पुस्तकालय स्थापना गरेको थियो । पुस्तकालय सञ्चालनमा आएको सात वर्षसम्म पनि सरकारी तवरबाट पुस्तकालयलाई कुनै सहयोग नआएको गुनासो संयोजक लक्ष्मण सुवेदीको छ । अहिले लोकसेवा आयोग अन्तर्गतको नायव सुब्बा र खरिदार तहको नयाँ वाठ्यक्रममा आधारीत पुस्तकहरु उत्पादन भईरहेको तर एउटा पुस्तक उत्पादनका लागि नैं १३ हजार रुपैंयाँसम्म खर्च हुने उहाँको भनाई छ । सरकारले छिट्टै दरवन्दी स्विकृत गर्नुका साथै पुस्तकालयलाई वार्षिक वजेट विनियोजन गरे पुस्तकालय सरकारलाई नैं हस्तान्तरण गर्ने योजना सँघको छ । 

पुस्तकालय नहुँदासम्म ३३ प्रतिशतको हाराहारीमा दृष्ट्रिविहिन विद्यार्थी उत्तिर्ण हुने गरेकोमा अहिले ६७ प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरेको नेपाल नेत्रहिन सँघको केन्द्रिय कार्यालयको तथ्याँकमा उल्लेख छ । पुस्तकालयका लागि क्याम्पसले निशुल्क स्थान उपलव्ध गराएको छ भने हरेक वर्ष क्याम्पसमा भर्ना हुन आउने विद्यार्थीबाट प्रति विद्यार्थी १० रुर्पैयाँ सँकलन गरी एक जना कर्मचारीलाई पारिश्रमिकको व्यबस्था गरिएको क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोईरालाले जानकारी दिनुभयो । 

कक्षा ८ भन्दा माथि अध्ययन गर्ने विद्यार्थीहरुका लागि ब्रेल लिपीका पुस्तक प्रकासित नहुने भएकोले पुस्तकालयले माथील्लो तहका विद्यार्थीका पाठ्यक्रमका पुस्तकहरु, लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगका पुस्तकहरु उत्पादन गरेर वितरण गरिरहेको छ । पुस्तकालय नहुँदासम्म ३३ प्रतिशतको हाराहारीमा दृष्ट्रिविहिन विद्यार्थी उत्तिर्ण हुने गरेकोमा अहिले ६७ प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरेको नेपाल नेत्रहिन सँघको केन्द्रिय कार्यालयको तथ्याँकमा उल्लेख छ । 

नेपालभर स्कुल कलेज र क्याम्पसमा गरि १ हजार दृष्टिविहिन विद्यार्थी अध्ययनरत रहेको तथ्यांक नेपाल नेत्रहिन सँघको केन्द्रिय कार्यालयसँग छ । जसमध्ये ८ कक्षा भन्दा माथिका ८ सय विद्यार्थी अडियो पुस्तकालयको सम्पर्कमा आइसकेको कास्की नेत्रहिन सँघको दावी छ ।

No comments:

Post a Comment