Friday, May 11, 2012

बन्दको फाईदा

बैशाख २९, पोखरा, विनोद शर्मा ।
जातिय राज्यको बिरुद्धमा बैशाखको २८ र २९ गते दुईदिनसम्म नेपाल बन्द भयो । बन्दबाट पनि हामीलाई केहि फाईदा भएको छ । बन्द आयोजना गरेकोमा ब्राम्हण समाज, क्षेत्री समाज, दशनामी समाज, ठकुरी समाज तथा संघर्ष समितीका अन्य समरदायलाई धन्यबाद दिउँ की जस्तो पनि लागेको छ । हैन धन्यबाद चाँही भनिहाल्नु हुँदैन किनभने बन्दले हामीलाई धेरै कुरामा अप्ठ्यारो पार्यो ।
 
पढ्नेले पढ्न पाएनन्, वजार पसल कलकारखाना खुल्न पाएनन् । ड्राइृभरले गाडि चलाउन पाएनन् । यात्रूले गन्तव्यमा पुग्न पाएनन् कोहि घरबाटै निस्कन पाएनन् । बन्दले तरकारी फलफुल बेच्न नपाएर गोदाममै कुहियो भने उपभोक्ताले बढि मुल्य तिरेर पनि भनेजस्तो तरकारी फलफुल खान पाएनन् । आफ्ना आफन्तको मृत्यु भएको खबर पाउँदा पनि दागवत्ति दिनका लागि आफ्नो ठाउँमा जान नपाउनेहरुको चोट पनि कम छैन । यो भन्दा अझ धेरै कुराको समस्या भयो बन्दमा । तर मलाई त बन्दबाट भएको फाईदाको बारेमा पेटभरी बोल्न र लेख्न मन लागेको छ ।
 
भारतले पेट्रोलियम पदार्थमा गरेको कटौतीका कारण नेपालमा अभाव भैरहे्का बेला भएको बन्दले एक दिन सवारी साधन नचल्दा पनि अर्बौं मुल्य बराबरको पेट्रोल र डिजेल सँचिती भएको छ । मैले त यहि कुरालाई सकारात्मक रुपमा लिएको छु । त्यतिमात्रै कहाँ हो र । अहिले त जलवायु परिवर्तन र यसको अनुकुलनका नाममा केहि दातृसँस्थाको वजेट मागेर काम गरेजस्तो गर्नेहरु पनि प्रदुषण कम भएपछि खुशी भएका छन् नी । त्यता पनि हेर्नुपर्छ की एक पटक ।
 
दुईदिनको बन्दमा पश्चिमाञ्चलको गण्डकी र धौलागिरी अञ्चलबाट मात्रै ४ करोड ५० लाख रुपैंयाँ वरावरको पेट्रोलियम पदार्थ संचित भएको छ । एक दिनमा गण्डकी र धौलागिरी अञ्चलमा गुड्ने सवारी साधनमा प्रयोग हुने पेट्रोल तथा डिजेलको खपतका आधारमा यो तथ्याङक निकालिएको हो । गण्डकी र धौलागिरी अञ्चलमा एक दिनमा २ लाख लिटर डिजल, ४८ हजार लिटरसम्म पेट्रोल र २४ हजार लिटरसम्म मट्टितेल खपत हुने गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसियसनले जनाएको छ । डिजेल एक लिटरको ९० रुपैंयाँका दरले बिक्री भैरहेको छ , जसले गर्दा एक दिनमा १ करोड ८० लाख रुपैंयाँ बराबरको खपत हुन्छ । त्यस्तै पेट्रोल प्रति लिटर १ सय २० रुपैंयाँका दरले विक्रि भैरहेको छ । सवारीमा मात्रै दैनिक ३६ हजार लिटर पेट्रोल खपत हुने भएकोले एक दिनको बन्दमा ४३ लाख २० हजार रुपैंयाँ बचत हुने गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसियसनका उपाध्यक्ष दिलिप सुवेदीले जानकारी दिनुभएको छ । सामानयतया मट्टितेलको बन्दको समयमा पनि खपत हुने भएकोले हामीले त्यसलाई यो तथ्याङकमा समावेश गराएका छैनौं ।
 
यो तथ्याङकलाई हेर्दा एक दिनको बन्दमा गण्डकी र धौलागिरीमा मात्रै २ करोड २५ लाख रुपैंयाँ बचत हुन्छ । बन्द जति लम्बिन्छ, पेट्रोलियम पदार्थ संचितीको दर पनि बढेदै जान्छ । अझ शनिबार पनि बन्द भयो भने गण्डकी र धौलागिरीमा थप २ करोड २५ लाख रुपैंयाँ बराबरको पेट्रोलियम पदार्थ संचिती हुनेछ ।
 
बन्दको महत्व प्रदुषणका हिसावले पनि कम छैन । फेरी भन्नुहोला यसले त नचाहिने कुरा गर्यो । तर म एक्ले सहि यो कुरा प्रमाणित गर्ने कोशीस गर्छु । मैले भनेको कुरालाइृ तपाईले मान्नै पर्छ भन्ने पनि छैन । एक दिनमा पोखराको पृथ्वीचोकबाट कति गाडि कति पटक ओहार दोहार गर्छन् थाहा छ ? तीनले कति वजन बोकेर गुड्छन् अनि त्यो वजनले बाटोको क्षमतालाई कतिसम्म ह्रास बनाउँछ थाहा छ ? यस विषयमा सोनौ. न एक दिन गाडि गुडेनन् भने एक दिन त्यो बाटोको आयु थपिने होईन ? एक दिनमा गाडिले फ्याक्ने धुवाँ फ्याँक्न नपाएपछि अर्को एक दिन वायुमण्डलको आयु भनौं अथवा प्रदुषण हुन थप एक दिन लाग्ने होईन र ? अझ भनौं एक दिनको पेट्रोलियम पदार्थको सँचित भए अर्को एक दिनलाई त्यसले कभर गर्छ हैन र ?
 
मैले एकतर्फि रुपमा लेखेको अथवा बोलेको कुरालाई नकार्न सक्नुहुन्छ तर मलाई मुर्ख अथवा हावा खुस्किएको अथवा पागल भन्न चाँहि पाउनुहुन्न । म अर्को कुरा पनि भन्दै छु । पोखरामा रहेको यातायात व्यवस्था कार्यलय गण्डकीमा अहिलेसम्म ७० हजारवटा मोटरसाईकल दर्ता भइका रहेछन् । त्यसमा पनि ३० हजार त पोखरामा मात्रै गुड्छन रे । यीन्ले फ्याक्ने धुँवाको कसैले हिसाव गर्नुभएको छ ? पोखरामा सार्वजनिक ट्याक्सी मात्रै ४ हजार ७ सय वटा छन् । नीजि कार र भ्यानको सँख्या पनि ६ हजार ६ सय ५० वटा अनि सार्वजनिक बस मात्रै ३ हजार ७ सयको हाराहारीमा दर्ता भएका रहेछन् । यीनिहरुमध्ये नयाँले त दासै प्रदुषण गर्दैनन् तर पुरानाले ? ........ यसको हिसाव र मापन कसैले गरेको छ भने भन्नुस् । अरु सवारीको कुरा धेरै गरेर तपाईलाई अन्यौलमा पार्न चाहन्न ।
 
अन्तमा भन्छु, बन्दको कारणले धेरैले पिडा भोगेका छन् । आफ्ना जायज माग सम्बोधन गराउनका लागि बन्दको बिकल्प खोजिनुपर्छ तर पनि बन्दले थोरै भए पनि फाईदा पुर्याउँछ ।
 
सानुभाई

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete