Saturday, May 26, 2012

संविधानको नाममा .............


संविधानको नाममा .............



कि आजै आउनु यहाँ, नआए पर्दैन
बिकल्प म खोज्छु तर आँशु झर्दैन ।

देशले नैं चाहेको हो, मैले मात्रै हैन
भर नपरौं भन्थे कसैले बिलौना गर्दैन ।

हदै भए संकटकाल, त्यो भन्दा अरु हुँदैन
अशान्ति नैं किन नहोस सानु अन्त सर्दैन ।

बिश्वासघाती भए नेताहरु तिम्रो त के दोष
कुर्छु तै पनि साँझसम्म हुने त कसैले टार्दैन ।

सतीले सरापेको देश गर्नेले पनि पाउँदैन
बनाउछुँ कानूनी शासन कोहिसँग डर्दैन ।

जेठ १४...........सानुभाई

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete