Saturday, May 26, 2012

कास्कीको मकै र धानमा फौजी किराको आक्रमण, किसान चिन्तित


पोखरा जेष्ठ १४, विनोद शर्मा 
मकै र धानको बीउमा फौजी कीराले आक्रमण गरेपछि कास्कीका किसानले विषादी छर्नेकामलाई तिव्र पारेका छन् । भलाम, अर्मला, लामाचौर तथा पुरन्चौर गाउँ विकास समिती र पोखरा उपमहानगरपालिकाको २१ हेक्टर क्षेत्रफलमा लगाईएको मकैमा फौजी किराले आक्रमण गरेको छ । फौजी किराको नियन्त्रणका लागि तथा अन्य क्षेत्रमा महामारी फैलनसक्ने भन्दै जिल्ला कृषि विकास कार्यालयले विषादी र स्पेयरसिहतको टोली किरा प्रभावित क्षेत्रमा पठाईसकेको छ ।

हिजोदेखि पोखरा उपमहानगरपालिकाको वडा नम्बर १६ बाटुलेचौर, अर्मला तथा भलाममा विषादी छर्न शुरु गरिएको जिल्ला कृषि विकास कार्यालय कास्कीका बालि संरक्षण अधिकृत धन बहादुर रानाले जानकारी दिनुभयो । पोखरा उपमहानगरपालिकाको वडा नम्बर १६ बाटुलेचौरमा १० हेक्टर क्षेत्रफलमा फौजी किराले आक्रमण गरेको कार्यालयले जनाएको छ । त्यस्तै अर्मला गा.वि.स.को वडा नम्बर १,२,५ र ६ मा गरि ६ हेक्टर, लामाचौरको ८ र ९ वडामा ४ हेक्टर र भलामको वडा नम्बर ६ मा १ हेक्टर क्षेत्रफलमा फौजी किराले आक्रमण गरेको छ । आज पनि विषादी छर्नेकामलाई निरन्तरता दिईने कार्यालयले जनाएको छ ।

फौजी किरा एक किसिमको खैरो रङ्गको पुतलीको लार्भा भएको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख बेनी बहादुर बस्नेतले जानकारी दिनुभयो । रातको समयमा बढि सक्रिय हुने यसले बिरुवाको पात र डाँठ खाएर बिरुवालाई पुरै नाङगो पार्ने उहाँको भनाई छ । मौसम परिवर्तनसँगैको गर्मी र खडेरी फौजी किराका लागि उपयुक्त भएकोले यसको समयमै पहिचान गरेर रोकथामको उपाय गर्नुपर्ने प्रमुख बस्नेतले बताउनुभयो । यसको लार्भाको दुवै तर्फ २ वटा पँहेला धर्का र विचमा काला साना भर्का भएको गाढा हरियो रङ्गको हुन्छ र टाउको खैरो हुने प्रमुख बस्नेतले जानकारी दिनुभयो । यसको फुल खैरो सेतो रङ्गको हुन्छ भने माउ पुतली हल्का खैरो रङ्गको हुन्छ । 

असिनाले क्षति पुर्याएको ठाउँको मकैमा बढि समस्या देखिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । भर्खरको अवस्थामा थाहा पाईयो भने घरायसी जैविक विषादीबाट पनि किराको रोकथाम गर्न सकिन्छ । तर धेरै क्षति भैसकेको छ भने थायोडान, मालाथिएन, मिसाईल लगायतका विषादी प्रयोग गर्न सकिन्छ ।

मकै होस अथवा धानको बीउ फौजी किराको रोकथामका लागि विषादी छर्दा साबधानी अपनाउनुपर्ने कार्यालयले जनाएको छ । थायोडान नामको विषादी छरेको हो भने २१ दिनसम्म विषादी छरेको मकै र वरपरको घाँस समेत गाई बस्तुलाई खुवाउनुहुँदैन । मिसाईल छरेको हो भने १४ दिनसम्म र मालाथायन विषादी छरेको हो भने सातदिन पर्खनु पर्ने बालि संरक्षण अधिकृत धन बहादुर रानाको भनाई छ  । 

लामाचौर र अर्मलामा धानको व्याडमा समेत फौजी किराले आक्रमण गरेको त्यहाँका किसानहरुले बताएका छन् । धानको बीउमा पनि प्राविधिकको सल्लाह अनुसार १ दशमलव पाँच मिलिटिर थायोडान एक लिटर पानीमा मिसाएर छर्न कार्यालयले सुझाव दिएको छ । त्यस्तै २ मिलिलिटर मिसाईल १ लिटर पानीमा मिसाएर अथवा २ किलि लिटर मालाथान १ लिटर पानीमा मिसाएर छर्न पनि कार्यालयले सुझाव दिएको छ । आफुले लगाएका अन्नबाली तथा तरकारी फलफुलमा कुनै रोग कीराको संक्रमण देखिएमा नजिकैको कृषि सेवा केन्द्र, उप केन्द्र तथा जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क राख्न पनि कार्यालयले किसानहरुसँग आग्रह गरेको छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete