Sunday, May 20, 2012

अम्रिसोको धेरै फाईदा छ, लगाउने बेला पनि भयो ।


जेष्ठ ७, पोखरा विनोद शर्मा

पहाडि क्षेत्रमा खेतबारीको डिल, खाली जग्गा तथा पहिरो जानसक्ने क्षेत्रमा अम्रिसो लगाउने बेला भएको छ । यो वर्ष पर्याप्त वर्षा भैसकेकोले अम्रिसोको बिरुवा सार्न जिल्ला भू–संरक्षण कार्यालय कास्कीका अधिकृत विष्णु पोखरेलले सुझाव दिनुभएको छ । अम्लिसो जरा भू–क्षय नियन्त्रणमा भरपर्दो हुने हुँदा खेतबारीको डिलमा लगाउँदा माटो बचाएर राख्ने, तथा पहिरोको सम्भाबना एको ठाउँमा लगाउँदा पहिरो र भू–क्षय समेत रोक्ने अधिकृत पोखरेलले बताउनुभयो ।

 बाह्रै महिना हरियो हुने अम्रिसो सुख्खा महिना मंसीर देखि वैसाखसम्म झ्याङमै हरियो घाँस जोहो गरेर राख्न सकिन्छ । उसको फूलको कुचो बनाएर बिक्रि गरि मनग्य आम्दानी लिन सकिने भएकोले यसलाई बहुउपयोगी बिरुवा पनि भनिन्छ । वस्तुभाउ व्याएपछि उम्रो नझरेको खण्डमा तथा आन्तरिक परजिवीबाट लाग्ने रोग रोकथाम गर्नु परे अम्लिसो घाँस औषधि हुन्छ । 

यसको काण्ड खेतबारी बारबेर गर्न र दाउराको रुपमा उपयोगमा आउनाले वन विनासमा समेत न्युनिकरण हुने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत खगेन्द्र बरालले जानकारी दिनुभयो । घरेलु प्रयोजनका लागि कुचो र घाँसको लागि २, ४ झ्याङ् मात्रै लगाउने किसानहरुले यसको महत्व बुझेपछि यसको व्यबसायिक खेती तर्फ आकर्षित भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अम्रिसो विपन्न कृषकहरुको जीवनस्तर उस्किने गतिलो माध्यम बनेको भू–संरक्षण अधिकृत पोखरेलको भनाई छ । शुरुका दिनमा घाँस र बार बनाउनका लागि खेती थालेका किसानहरु साह्रै भत्कीबस्ने रुखो पाखावारीमा लगाएको अम्रिसोबाट समेत आम्दानी लिन पाएपछि उत्साहि भएका छन् । 

अरु खेती जस्तो, रोपेपछि स्याहार गर्नलाई त्यती श्रम र सिंचाई खर्चीनु नपरी उत्पादन हुने भएकोले पनि किसानहरुको आकर्षण बढेको अधिकृत पोखरेलले बताउनुभयो । प्रायः मध्यम परिवारका नेपाली घरमा फोहोर बढार्न प्रयोगमा आउने अम्रिसोको कुच्चो पछिल्लो समय ठूल्ठूला भवन निर्माणका क्रममा समेत प्रयोग हुन थालेपछि छिमेकी देश भारत हुदै अन्य तेश्रो देशमा समेत खपत हुन थालेको छ ।

यसको गानो खनेर एउटा गानोबाट ३÷४ वटा बिरुवा बनाएर सानुपर्ने भू–संरक्षण कार्यालयले जनाएको छ । एक वर्षमै उत्पादन लिन सकिने अम्रिसो अहिलेदेखि साउन महिनासम्म रोप्न सकिने विशेषज्ञहरुको सुझाव छ । समुन्द्री सतहबाट ५ सय देखि २ हजार मिटर उचाई बिचको मध्य पहाडी भेगको तुसारो पर्ने ठाउँ बाहेक खेरगइरहेको जग्गा भिरालो पाखा, डील, कान्ला, नदी किनार, बाटो छेउ छाउ, पहिरो गएको ठाउँमा लगाउन सकिन्छ । नयाँ बनाईएको बाटोको बरीपरि अम्रिसो लगाएमा माटो बग्न नपाउने र पहिरो जानबाट जोगिने भू–संरक्षण कार्यालयले जनाएको छ । पश्चिमाञ्चलका सबै जिल्लामा अम्रिसोको खेती भैरहेको छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete