Thursday, May 17, 2012

रामकृष्ण ज्ञवालीलाई स्वर्गीय गजेन्द्र भण्डारी श्रृजनशील पत्रकारीता पुरस्कार

पोखरा जेष्ठ २, विनोद शर्मा ।
स्वर्गीय गजेन्द्र भण्डारी श्रृजनशील पत्रकारीता पुरस्कारबाट यस वर्ष पोखराका पत्रकार रामकृष्ण ज्ञवाली पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष शिव गाउँलेले पोखरामा आयोजित एक कार्यक्रमका वीच २५ हजार रुपैंयाँ नगद सहित सम्मानपत्रद्धारा सम्मान गर्नुभएको हो । स्वर्गीय भण्डारीको स्मृतीमा उहाँका धर्मपत्नी सरस्वती भण्डारीले पुरस्कार स्थापना गर्नुभएको हो । 

स्वर्गीय भण्डारीको परिवारबाट स्थापना गरिएको ४ लाख रुपैंयाँको अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकार महासंघ कास्की शाखाले पुरस्कार वितरण गर्ने गरेको छ । पुरस्कारलाई यस वर्षदेखि राष्ट्रिय स्तरको बनाईएको छ । गुल्मीको पम्घा गाउँ विकास समितीमा जन्मनुभएका ज्ञवाली २०५५ सालदेखि पत्रकारीतामा क्रियाशिल हुनुहुन्छ । उहाँ अहिले पोखराबाट प्रकासित समाधान राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक, एभिन्युज टेलिभिजनका क्षेत्रीय प्रमुख तथा राजधानी दैनिकको पोखरा सम्बाददाताका रुपमा कार्यरत हुनुहुन्छ । 

कार्यक्रममा बोल्दै स्वर्गीग भण्डारी पत्नी सरस्वती भण्डारीले श्रमजिवी पत्रकारहरुलाई निश्पक्ष भएर काम गर्न उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यले पुरस्कारको स्थापना गरेको बताउनुभयो । २०३४ सालदेखि पत्रकारीतामा क्रियाशील भण्डारीको मोटरसाईकल दुर्घटनामा परि २०५३ साल मंसिर १ गते ज्यान गएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष शिव गाउँलेले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता भए मात्रै नागरिक अधिकार सुनिश्चित हुने बताउनुभयो । उहाँले नयाँ बन्ने सँविधानमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका लागि नागरिक समाज र समुदायले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । पुरस्कार वितरण समारोहमा बोल्नेहरुले अहिलेको सँवेदनशील राजनैतिक परिस्थितीमा सञ्चारकर्मीहरु सन्तुलित र सँवेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete