Saturday, May 12, 2012

एक घर एक आजिवन सदस्य बनाउदै लमजुङको विद्या ज्योती मा.वि.।।

(२०६८ भदौको शिक्षक मासिकमा प्रकासित)

बि.सं. २०६१ सालमा सुर्य बहादुर के.सी. लमजुङ जिल्लाको तार्कु गा.वि.स. वडा नं. ४ खहरेमा रहेको विद्याज्योती माध्यामिक विद्यालयमा प्रधानाध्यापक भएर आउँदा विद्यार्थीको सँख्या ३ सय पुग नपुग थियो । प्रस्तावित माध्यामिक विद्यालय भौतिक सँरचनाको अभाव र भर्खरै माध्यमिक स्तरको पढाई शुरु भएको । १० जना शिक्षकलाई नीजि स्तरबाट तलव खुवाउनुपर्ने बाध्यता, धरौटीको एक लाख रुपैंया बाहेक अन्य श्रोत थिएन । शिक्षकले तलव खान नपाएकोमा विरोध गरेका र शिक्षकको अभावमा विद्यार्थीले विज्ञान र गणित विषय पढ्न नपाएको भन्दै तालाबन्दी गरेका थिए । एस.एल्.सी. मा २६ जनाले सहभागिता जनाएकोमा २ जना मात्रै पास भए पछि अविभावकहरुमा निरासा छाएको थियो । यस्तो परिस्थितीमा के.सी.को काँधमा परेको थियो विद्यालयको जिम्मेवारी ।

तत्काल अविभावकको भेला बोलाईयो र विद्यालयको भविष्यका बारेमा छलफल भयो । दीर्घकालिन नीति तय गरेर विद्यालयको लगानी कोष बढाउनका लागि आजिवन सदस्य, साधारण सदस्य र विशेष सदस्य बनाउने र प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा आजिवन सदस्यलाई सम्मान गर्ने निर्णय गरियो । लगानी कोषको स्थापनाका लागि घरदैलो कार्यक्रम, विद्यार्थी सँख्या थपका लागि सम्पर्क विस्तार, शिक्षक नियुक्ति पहिलो काम थियो उहाँको । विद्यालयमा कोष स्थापनाका लागि “एक घर एक आजिवन सदस्य बनौं, विद्यालयको लगानी कोषलाई मजवुत बनाऔं” भन्ने नाराका साथ वार्षिकोत्सवमा अविभावकलाई सम्मान गर्ने परप्पराको थालनी गर्यो ।

आफ्ना नानीहरुले अँग्रेजी माध्यमबाट पढ्न पाउन भन्ने अविभावकहरुको चाहना बुझेपछि विद्यालय व्यबस्थापन समितीको बैठक बोलाएर विद्यालयमा सानो कक्षादेखि भएपनि अँग्रेजी माध्यमबाट पढाउन शुरु गर्ने सहमती भयो र २०६२ देखि अँग्रेजी माध्यमबाट १ देखि ५ मा पढाउन शुरु गरियो । प्रधानाध्यापक के.सी. भन्नुहुन्छ “तत्काल हामीले नियमित कक्षा सञ्चालन गरयौं, कक्षा ६ देखि १० सम्म अतिरिक्त गणित र अँग्रेजी विषयमा पढाउन शुरु गरयौं, १ देखि ५ मा अतिरिक्त अँग्रेजी र नेपाली पढाउन शुरु गरियो, शिक्षकहरुलाई अँग्रेजी माध्यमबाट अध्यापन गराउनका लागि तालिमको व्यबस्था गरियो, बालमैत्री वातावरणमा अध्यापन गर्ने विधिको शूरुवात गर्यौं ।”

बालबालिकालाई केन्द्रविन्दु मानेर उनीहरुको रुची, क्षमता अनुसार अन्तरक्रिया, अवलोकन, छलफलबाट सिक्ने वातावरणको तयारी गर्ने मात्रै नभईकन समग्र विद्यालयको वातावरण नैं विद्यार्थीको अनुकुल बनाईएको छ । विद्यालयमा चार वटा वाल क्लवको स्थापना भएको छ । विद्यार्थीको सहभागितामा अतिरिक्त कृयाकलाप सञ्चालन हुन्छ । बाल क्लवको छुट्टै कोषको व्यबस्था गरिएको छ । कक्षा ६ देखि आठ सम्ममा अनिवार्य रुपमा कम्प्युटरको पढाई भईरहेको छ । अँगे्रजी र नेपाली माध्यममा विद्यार्थीहरुले भित्तेपत्रिका प्रकाशन गर्छन् । रुम टु रिड र चेस नेपाल लगायतका गैरसरकारी सँस्थाको सहयोगमा सुविधासम्पन्न पुस्तकालयको व्यबस्था गरिएको छ ।

विद्यालयमा प्रत्येक वर्ष वर्षे विदाको समयमा समेत १ महिना पढाइ हुन्छ । विद्यालयमा कुने शिक्षकको खालि पिरियड हुँदैन उसले खालि पिरियडमा समेत पढाउनुपर्छ र त्यसवापत उपले प्रति पिरियडको २० रुपैंयाँ प्रोत्साहन रकम पाउँछ । विज्ञान विषयमा शिक्षक राजिव पण्डित भन्नुहुन्छ “नीजि श्रोतका शिक्षकलाई समेत विरामी विदाको रकम उपलव्ध हुने र खर्च भएर जाने विदा नलिएमा नीजि श्रोतबाट पारिश्रमीक पाउने व्यबस्था गरिएकोले हामीलाई काम गर्न उत्प्रेरणा मिलेको छ ।” “गुरु ब्रम्हा गुरु विष्णु, गुरुर्देर्वो महेश्वर ः गुरु साक्षात परब्रम्ह तस्मै श्री गुरुवे नम ः ।” गुरुलाई विद्यार्थीले पनि ब्रम्हा, विष्णु र महेश्वरको रुपमा मान्छन् । विद्यालयले वितरण गरेको वार्षिक क्यालेण्डरमा नैं सबै शिक्षकको नाम र फोन नम्बर प्रकाशन गरिएको छ र सबै विद्यार्थीलाई समस्या पर्नेवित्तिकै फोन गर्न आग्रह गरिएको छ ।

शिक्षक छनोट गर्दा खुल्ला प्रतिस्पर्धाका आधारमा गरिन्छ भने वर्षमा जेठ, भदौ, पौष र चैतमा गरि चारवटा परिक्षा लिइन्छ । प्रतिशत पेपर पेन्सिल टेष्ट गर्ने गरेको र १० प्रतिशत निरन्तर मुल्याङकनको माध्यमबाट विद्यार्थीको जाँच लिन शुरु गरिएको छ । वार्षिक परिक्षामा डिस्टिङशन ल्याउने सबै विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यबस्था गरिएको छ । पहिले फष्ट हुनेलाई ७० प्रतिशत र सेकेण्ड हुनेलाई ३० प्रतिशत छुटको व्यबस्था गरिएको थियो ।

विद्यालयमा अहिले आजिवन सदस्य मात्रै ८२ जना पुगेका छन् । एक जना आजिवन सदस्यले कम्तिमा ५ हजार रुपैंया प्रदान गर्छन् विद्यालयका लागि । विद्यालयको लगानी कोषमा अहिले ९ लाख रुपैंया मौजुदा रकम छ । चौमासकि व्याज आउने गरि नजिकैको सहकारीमा रकम राखिएको छ । व्याजको १ तिहाई पुन कोषमा थपिने २ तिहाईको खर्च गरिन्छ । रकमको खर्च गर्नका लागि लगानी कोष सञ्चालन समिती गठन गरिएको छ । विद्यालयमा विभिन्न व्यक्तिका नाममा ५० हजारदेखि १ लाख २५ हजारसम्मको पाँच बटा अक्षय कोषको स्थापना गरिएको छ जसको व्याजबाट छात्रवृत्ति, पुस्तकालयमा लगानी तथा शैक्षिक सामाग्री खरिद गर्ने गरेको विद्यालय व्यबस्थापन समितीका अध्यक्ष विष्णु प्रसाद अधिकारी बताउनुहुनछ ।

विद्यालयले अँगे्रजी माध्यमबाट नीजि विद्यालयका पाठ्यक्रम पढाएपनि शुल्क भने सामुदायिक विद्यालय सरह नैं लिने गरेको छ । विद्यालयले मासिक शुल्क कक्षा नर्सरीमा ४० रुपैंया देखि कक्षा १० मा १ सय १० रुपैंया मासिक रुपमा शुल्क लिन्छ । जसबाट वार्षिक रुपमा ३ लाख रकम जम्मा हुन्छ भने त्यो रकमबाट ३ जना शिक्षकलाई तलव दिने गरिएको छ । वर्षे विदामा, खाली पिरियडमा पढाए वापत शिक्षकहरुलाई प्रोत्साहन रकम प्रदान गर्ने गरेको छ । विद्यालयका भौतीक पुर्वाधारको मर्मत सम्भारको काम गरिन्छ । सम्पुर्ण दलित विद्यार्थीलाई शिक्षण शुल्क नलिने व्यबस्था गरिएको छ । यदि कुनै विषयमा कोचिङ कक्षा सञ्चालन गर्नु पर्यो भने विद्यालयले नर्सरी देखि १ सम्म २ सय ५०, २ देखि ३ लाई ३ सय, ४ र ५ लाई ३ सय ५०, ५ लाई ४ सय, ७ र ८ लाई ४ सय ५०, र नौ र दशमा ५ सय मासिक शुल्क कायम गरेको छ ।

विगतका तीन वर्ष विद्यालयले एस.एल.सी.मा शत प्रतिशत रिजल्ट निकालेको थियो । यस वर्ष लमजुङकै प्रतिनिधित्व गर्दै यस विद्यालयबाट विद्यार्थीले अँग्रेजी माध्यमबाट एस.एल.सी दिएका हुन् । ३२ जना परिक्षामा सहभागि भएका मध्ये २७ जना उत्तिर्ण भएका छन् ११ जना पहिलो श्रेणी सहित । ८४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । ५ जना पुरक दिँदैछन् । विद्यालयले डिस्टिङसन सहित २० जना पहिलो श्रेणीमा उत्तिर्ण हुने अपेक्षा गरेको थियो । प्रधानाध्यापक के.सी. भन्नुहुन्छ “परिक्षा विगार्छन् की भन्ने डर थियो । विद्यार्थीमा भाषिक सीपको विकास भइनसकेको बुझेर हामीले टेष्ट सकिएपछि उनीहरुलाई एस.एल.सी. दिने समयसम्ममा होस्टेलमा राखेर पढायौं । सोचेजस्तो रिजल्ट त आएन तर भाषिक विषयमा विद्यार्थीहरु फेल भएका छैनन् ।” अघिल्लो वर्ष १ सय नयाँ विद्यार्थीभर्ना हुन आएकोमा यस वर्ष १ सय ३० जना भर्ना भए जसमा १ सय जना बोर्डिङबाट आएका छन् । बोर्डिङबाट आएकाहरु मध्ये नर्सरी, केजि र ८, ९ र १० कक्षामा बढी छन् । बोर्डिङले दिन नसकेको सन्तुष्टि सरकारी विद्यालयले दिएको हुनाले विद्यार्थीको चाप बढेको उहाँको भनाइृ छ ।

विद्यालयमा यस वर्ष ५ सय ४८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको चाप बढि भएकोले भौतीक सँरचना थप्नु पर्ने अवस्था छ । कक्षा ६, ७ र ८ मा सेक्सन छेट्याउनु पर्ने स्थिती रहेको के.सी. बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “टाढाबाट आउने विद्यार्थीका अविभावकले गाडि र होस्टलको माग गरेका छन् तर हामीसँग होस्टेलका लागि कोठाको अभाव छ ।” विद्यालय यस वर्ष २० वटा कम्प्युटर सहितको ल्याव तयार गरेर आगामी वर्षबाट १ देखि १० कक्षासम्म अनिवार्य रुपमा कम्प्युटर शिक्षा दिने योजनामा छ । विद्यार्थीको माग अनुसारका शैक्षिक सामाग्री थप्नु, कम्प्युटर ल्यावलाई व्यबस्थित गर्नु, पुस्तकालयलाई व्यबस्थित गर्नु, गाडि र होस्टेलको व्यबस्था गर्नु र अँग्रजी माध्यमलाई व्यबस्थित गनूृ चुनौती रहेको उहाँ बताउनुहुन्छ ।

सरकारले पाठ्यपुस्तकलाई दिने अनुदान रकम विद्यालयले विद्यार्थीलाई दिने र उनीहरुले रकम थपेर पाठ्यपुस्तक खरिद गर्छन् । पाठ्यपुस्तक खरिद गर्न नसक्ने विद्यार्थीका लागि वाल क्लवको कोषबाट सहयोग गर्ने गरिएको छ । सरकारको अनुदान रकम कम भएको के.सी.को भनाई छ । उहाँ भन्नुहुन्छ “नीजि प्रकाशनका पुस्तकहरु महँगा हुन्छन्, सरकारले दिएको अनुदानले त एउटा पुस्तक किन्न पनि पुग्दैन । सरकारले रुपान्तरण गरेको पुस्तक पनि उपयुक्त नभएकोले अँग्रेजी माध्यमका पाठ्यपुस्तक सरकारले नैं छापिदिए हुन्थ्यो ।”

शिक्षाको गुणस्तरमा वृद्धि गराउनका लागि अविभावकको समेत उल्लेख्य सहयोग रहेको छ । विद्यालयमा क्यान्टिन नभएको अवस्थामा विद्यालयले अघिल्लो वर्ष एस.एल.सी. दिने विद्यार्थीलाई होस्टेलमैं राख्नुपर्ने निर्णय गर्यो । होस्टेलमा राखेको बेलामा आफ्ना बालबालिकालाई अविभावकले घरैबाट खाना पुर्याउन गएका थिए । यसवर्षको एस.एल.सी.मा विद्यालयले सोचे अनुसारको रिजल्ट नआएकोमा अविभावकहरु प्नि खिन्न छन् । विद्यालय व्यबस्थापन समितीका पुर्व सदस्य राम बहादुर के.सी. भन्नुहुनछ “सामुदायिक विद्यालयको पेपर सामुदायिक विद्यालयले नजाँचिकन नीजि विद्यालयमा जाँच गर्ने व्यबस्था गर्न पाएदेखि विद्यार्थीको उत्तिर्ण प्रतिशतमा वृद्धि आउँथ्यो । ”

काडमाण्डौं छाउनीको एउटा विद्यालयबाट अध्ययन गरिरहेकी शर्मिला तामाङ उता खराब सँगतका साथीहरुका कारण दिक्क थिईन् भने शिक्षकहरुको दवाव दिएर पढाउने तरिका मन परेको थिएन । विदाको समयमा घर आउँदा एक दिन पढि हेर्न गएको शिक्षक र साथीहरुको व्यबहार राम्रो पाएपछि उनलाई यहि विद्यालयले आकर्षित गर्यो । उनी मन्छिन् “वालमैत्री वातावरणमा सरहरुले मिल्ने साथीको रुपमा हेर्नुहुदो रहेछ यहाँ मिलिजुली पढ्ने वातावरण छ भने अतिरिक्त कृयापलाप हुन्छन् त्उहि भएर मलाई त यहि विद्यालय मन पर्यो अनि काठमाण्डौं छा्डेर यहिँ आएँ ।” शर्मिला भन्छिन् “बोर्डिङमा पाईने सबै सुविधा यहाँ पाईन्छ यसलाइृ अझै बोर्डिङ भन्दा राम्रो बनाउन सकिन्छ । शिक्षकहरुले विहान बेलुका र खाजा खाने समयमा समेत हामीलाई टाइम दिनुहुन्छ । विद्यालय सुविधा सम्पन्न छ र अधिकाँस शिक्षकहरु समेत दक्ष हुनुहुन्छ । म त अरु सरकारी विद्यालय र नीजि बोर्डिङमा पढेदै गर्नु भएका साथीहरुलाई पनि यहाँ आउनुस् भन्छु ।”

कक्षा ८ सम्म नजिकैको एक नीजि स्कुलमा पढेदै आएकी अनिसा श्रेष्ठ पनि गत वर्षदेखि विद्या ज्योतीमा पढिरहेकी छिन् । सरकारी विद्यालयमा पनि अँग्रेजी माध्यममा पढाई हुने, पुस्तकालयको सुविधा र वालमैत्री वातावराणमा पढाई हुने देखे पछि उनको मनले मानेन । उनी भन्छिन् “बोर्डिङमा पेलेर पढाई हुन्छ । बोर्डिङमा शिक्षक कडा हुन्छन् विहानदेखि बेलुकासम्म घोटाएर पढाउँछन् । अतिरिक्त कृयाकलापमा पनि जवरजस्ती सहभागी गराईन्छ । विद्या ज्योतीमा विद्यार्थीले चाहे जस्तो गरि पढाई हुँदो रहेछ । मेरो वावा म पढ्दै गरेको बोर्डिङको व्यबस्थापन समितीमा भए पनि मैले विद्या ज्योतीलाई राजें । म बोर्डिङको भन्दा राम्रो अँक ऋयाएर एस.एल.सी. पास गर्छु ।”

गा.वि.स.को एक मात्रै माध्यामिक विद्यालय भएकोले यस विद्यालयले गा.वि.स.को सहयोग पनि पाईरहेको छ । गम.वि.स.ले भौतीक निमाण देखि वालमैत्री शिक्षाका लागि तथा नीजि शिक्षकहरुलाई समेत तवलका लागि सहयोग गरिरहेको छ । तार्कु गाउँ विकास समितीका प्राविधिक सहायक दिलबहादुर तामाङ  भन्नुहुन्छ “गा.वि.स. मा भएका ५ वटा प्रा.वि., नि.मा.वि. तथा मा.वि. मध्ये अँग्रेजी माध्यमबाट पढाई हुने भएकोले पनि विद्या ज्योतीलाई प्राथमिकतामा राखेर वार्षिक रुपमा चार लाखका दरले आर्थीक सहयोग गरिरहेको छ । विद्यालयलाई रकम दुरुपयोग नभएकोमा हामीलाई गर्व छ । ” गा.वि.स.ले पनि विद्यालयलाइृ लमजुङकै नमुना विद्यँलयका रुपमा चिनाउन प्रतिवद्धता जनाएको छ ।

सरकारले अँग्रजी माध्यममा पढाउने सामुदायिक विद्यालयमा लगानी बढाईदिए हुन्थ्यो भन्ने अविभावक तथा विद्यालयको चाहना छ । सरकारले लगानी बढाईदिए बोर्डिङमा धेरै शुल्क तिरेर पढाउन बाध्य भएका अविभावकहरुलाई समेत राहत मिल्थ्यो ।

विनोद शर्मा





1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete