Wednesday, May 16, 2012

पोखराको सडकमा १५ वटा नानो गुड्छन्, देशमै ५ सय १७ ।

जेठ ३, पोखरा विनोद शर्मा
भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको सबैभन्दा सस्तो कार “नानो” प्रयोग गर्ने नेपालीहरुको सँख्या दिन प्रतिदिन बढिरहेको छ । मध्यमवर्गीय नेपाली परिवारलाई लक्षित गरेर टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पहिलोपल्ट गत जेठ १८ मा नानोलाई काठमाडौंमा सार्वजनिक गरेको थियो । अँग्रजी महिना अप्रिलको अन्तिमसम्ममा ५ सय १७ वटा नानो कार बिक्रि भएको सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ ।

पोखराका सडकमा पनि अहिले १५ वटा नानो गुडिरहेको सिप्रदी ट्रेडिङको अधिकृत बिक्रेता दिपलक्ष्मी ब्राईट ईन्टरनेशनल पोखराका व्यबस्थापक चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार पोखराबाट २० वटा नानो कार बिक्रि भएकोमा अरु काठमाण्डु, स्याङजा तथा तनहुँमा गुडिरहेका छन् । दिपलक्ष्मी ब्राईट ईन्टरनेशनले गण्डकी र धौलागिरीका १० वटा जिल्लामा टाटा मोटर्सले निमार्एण गरेको गाडिहरु बिक्रि गरिरहेको छ । 

सबै किसिमका कर सहित नानोको मूल्य ७ लाख ९८ हजार रुपैयाँ तोकिएको छ । सबैभन्दा सस्तो नानो, मध्यम नानो सिएक्स र सबैभन्दा महँगो नानो एलएक्स गरि यसका तीन वटा मोडेल छन् । सिप्रदीका अनुसार नानोको मूल्य ७ लाख ९८ हजार, सिएक्सको ९ लाख ९८ हजार र एलएक्सको ११ लाख ७८ हजार रुपैयाँ पर्नेछ । भारतमा नानोको मूल्य १ लाख ५० हजार, सिएक्सको १ लाख ८० हजार र एलएक्सको २ लाख १० हजार भारतीय रुपैयाँ पर्छ । करका कारण नेपालमा सस्तो कार पनि महँगो पर्ने गरेको तर नेपाली उपभोक्ताले सोचेभन्दा कम मूल्य राखेर नानो बिक्रि गरिएको दिपलक्ष्मी ब्राईट ईन्टरनेशनल पोखराका व्यबस्थापक चित्र बहादुर कार्कीले बताउनुभयो ।

दिपलक्ष्मी ब्राईट ईन्टरनेशनल पोखरामा ५० हजार रुपैयाँमा नानोको बुकिङ गर्न पाइनेछ । बुकिङ गरेको एक हप्तादेखि १५ दिसम्ममा ग्राहकले नानो पाउने दिपलक्ष्मी ब्राईट ईन्टरनेशनले जनाएको छ । तीनै किसिमका नानोमा चार वटा सिट छन् । “नानोमा ६ सय २४ सिसी इन्जिन क्षमता छ” व्यबस्थापक चित्र बहादुर कार्कीले भन्नुभयो “यो अधिकतम १ सय ५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ ।” प्रतिलिटर इन्धन २३ दशमलव ६ किलोमिटर कुद्न सक्छ । यसमा पाँच गियर हुन्छ । नानोको अगाडि र पछाडि दुवै पाङग्रामा ड्रम ब्रेक राखिएको छ भने पाङग्रा ट्युब रहित हुन्छ ।

सस्तो नानो आइभोरी ह्वाइट, रेसिङ रेड र समर ब्ल्यु रंगमा पाईन्छ भने नानो सिएक्स आइभोरी ह्वाइट, रेसिङ रेड, समर ब्ल्यु, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर रंगमा पाईने व्यबस्थापक चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै महँगो पर्ने नानो एलएएक्स सनसाइन येल्लो, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर रंगमा उपलब्ध हुनेछन् ।

हिटर सहितको एयर कन्डिसनर, फ्रन्ट पावर विन्डो, कप होल्डर, सबै ढोकामा म्यागाजिन र सिक्का राख्ने ठाउँ हुनेछ भने सबै सिटमा टाउको अडेस लगाउने भाग, चालक र यात्रुका लागि सनभाइजर, हेड ल्याम्प लेभलिङ, लो फ्युल वानिर्ङ ल्याम्प, पछाडिको सिट फोल्ड गर्न मिल्ने विशेषता नानोमा छन् । नानोमा सेन्ट्रल लक, सेन्टर हाइ माउन्ट स्टप ल्याम्प, लेमिनेटेड विन्डसिल्ड, बुस्टर एसिस्टेड ब्रेक, सबै सिटमा बेल्ट, इन्ट्रयुजन बिम लगायत सुरक्षा सुविधा पनि राखिएको छ ।

गत असारको १२ गतेदेखि बुकिङ्ग खुल्ला गरेको सिप्रदीले साउन १४ गते एकै दिन देशभरीका १ सय ५ जनालाइृ कार दिएको थियो । सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ समशेर राणाका अनुसार बैंक मार्फत् नानो किन्न चाहनेले कूल मूल्यको २० प्रतिशत अग्रीम भुक्तानी गर्नुपर्ने छ । त्यसपछि बैंकले तोकेको ब्याज दरमा मासिक ११ हजार १ सय ११ रुपैयाँ किस्ता तिरेर पाँच वर्र्षपछि नानो ग्राहकको नाममा आउनेछ ।

सिप्रदीले देशभरका १४ बिक्री केन्द्रबाट नानो कार बिक्री गरिरहेको छ । काठमाडौं, वीरगन्ज, इटहरी, नेपालगन्ज लगायत ९ ठाउँमा रहेका सभिसिर्ङ सेन्टरले नानो मर्मत सम्भार गर्ने कम्पनीले जनाएको छ । “नानो सभिसिर्ङ गर्न एउटा सेन्टरमा ६ प्राविधिक राखिएको छ” राणाले भन्नुभयो “उनीहरुलाई नयाँदिल्लीबाट तालिम दिलाएका छौं ।” नानोको बजारीकरण गर्न सिप्रदीले इन्टरनेटको सामाजिक सञ्जाल फेसबुकमा “टाटा नानो नेपाल” पेज बनाइएको छ । संसारकै सबैभन्दा सस्तो दाबी गरिएको नानो कारलाई निर्माता कम्पनी टाटा मोटर्सले सन् २००८ को जनवरीमा भारतमा सार्वजनिक गरेको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete