Tuesday, May 15, 2012

कास्कीमा ग्रामिण कृषि कार्यकर्ताको परिचालन शुरु ।

जेष्ठ २, पोखरा, विनोद शर्मा
जिल्ला कृषि विकास कार्यालय कास्कीले ग्रामिण कृषि कार्यकर्ताको अवधारणा शुरु गरेको छ । जिल्लाका ४३ वटै गाउँ विकास समिती तथा २ वटा नगरपालिकामा सेवा पुर्याउन सजिलो हास भन्ने उद्देश्यले यो अवधारणा ल्याईएको कार्यालयका प्रमुख बेनी बहादुर बस्नेतले जानकारी दिनुभयो । कार्यालयमा जम्मा १६ जना प्राविधिकहरु मात्रै रहेकोले एक गाउँ विकास समितीमा एक जना ग्रामिण कृषि कार्यकर्ता पठाईने उहाँले बताउनुभयो । 

ग्रामिण कृषि कार्यकर्ताको अवधारणा शुरु गर्ने कास्की नेपालमै पहिलो जिल्ला भएको पनि कार्यालयले जनाएको छ । गा.वि.स.मा कृषि योजना तर्जुमा गर्न सजिलो होस भन्ने उद्देश्यले पनि यो अवधारणा ल्याईएको प्रमुख बस्नेतले बताउनुभयो । अहिले २७ जना ग्रामिण कृषि कार्यकर्तालाई ५१ दिनको तालिम दिईएको बताउँदै उहाँले केहि दिनभित्रै उनीहरुलाई कार्यक्षेत्रमा पठाईने बताउनुभयो ।

उनीहरुलाई एग्रोभेट सम्बन्धी तालिम पनि दिने र लाईसेन्सको व्यबस्था गरेर किसानहरुलाई प्राविधिक जानकारी दिन तथा बिउ विजन र मल विक्रि गर्न अनुमति दिने कार्यालयको योजना छ । कार्यालयले आगामी वर्षदेखि मागमा आधारीत कार्यक्रमलाई प्राथमिकता दिने पनि जनाएको छ । कार्यालयको वार्षिक वजेट जम्मा २४ लाख रुपैंयाँ मात्रै हुने कार्यालयका प्रमुख बस्नेतले जानकारी दिनुभयो । साना सिँचाई कार्यक्रम तथा वजार पुर्वाधार कार्यक्रम पनि प्रस्ताव पठाएपछि केन्द्रबाट वजेट आउने भएकोले कार्यालयले सामुहिक रुपमा गर्ने कामको योजना कार्यालयमा पेश गर्न पनि आग्रह गरेको छ ।

कार्यालयले एक निर्वाचन क्षेत्रमा एउटा नमुना कृषि गाउँको अवधारणालाई पनि अगाडि बढाएको छ । एक नम्बर क्षेत्रबाट कालिका, दुई नम्बरबाट भलाम, तीन नम्बरबाट कृष्ति र चार नम्बरबाट ल्वाङघलेल गाउँ विकास समितीलाई नमुना कृषि गाउँका रुपमा विकास गरिने कार्यालय प्रमुख बेनी बहादुर बस्नेतले जानकारी दिनुभयो । ‘प्लास्टिक घर प्लास्टिक पोखरी, गोठ सुधार बेमौसमी तरकारी’ भन्ने नाराका साथमा आगामी आर्थिक वर्षदेखि काम शुरु गरिने उहाँले जानकारी दिनुभएको छ ।

कार्यालय प्रमुख बस्नेतले चारवटा गा.वि.स.लाई तालिम केन्द्र तथा भ्रमण केन्द्रको रुपमा विकास गर्ने लक्ष्य अनुसार काम अगाडि बढाईएको जानकारी दिनुभएको छ । थोरै वजेटबाट भए पनि शुरु गर्ने र अन्य निकायसँग समन्वय गरेर जाने कार्यालयले जनाएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete