Sunday, May 20, 2012

कास्कीको ल्वाङघलेलमा उत्पादित अर्गानिक चिया जर्मन निर्यात हुने ।


जेठ ७, पोखरा विनोद शर्मा 
कास्कीको ल्वाङघलेल गाउँ विकास समितीमा उत्पादित अर्गानिक चिया जर्मन निर्यात हुने भएको छ । अन्नपुर्ण चिया उत्पादक सहकारी संस्थाले उत्पादन गरेको चिया जर्मनका थमस हल्ज मार्फत जर्मन निर्यात हुन लागेको हो । यसै वर्ष हल्जसँग चिया निर्यातको सम्झौता गरेको सहकारीका सचिव ईमानसिँह गुरुङले जानकारी दिनुभयो । जर्मनकै जर्मन ओरजिनल फुड नामक सस्थाले खरिद गर्ने गरेको अर्गानिक चिया विगत चार वर्षदेखि रोकिएको थियो । 

मुल्य नपाएको चिया जर्मन जाने भएपछि चिया उत्पादक किसानहरु उत्साहित भएका छन् । अर्गानिक चिया केहि महँगो हुने भएकोले नेपालमा यसले बजार पाउन नसकेको अध्यक्ष हितकाजी गुरुङले बताउनुभयो । नेपाली वजारमा प्रति किलोको १ हजार रुपैंयाँ मुल्य रहेको १ नम्बरको चिया जर्मनमा १ हजार ३ सय रुपैंयाँ प्रति किलोका दरले निर्यात गरिने सचिव गुरुङले बताउनुभयो । यस वर्ष १२ हजार किलो हरियो पत्ति उत्पादन हुने सहकारीले अनुमान गरेको छ । जसबाट ४ हजार तयारी चिया उत्पादन हुने अध्यक्ष हितकाजी गुरुङको भनाई छ । 

सहकारी मार्फत ७० घरधुरीले १३ सय रोपनी जग्गामा चिया खेती गरिरहेका छन् । प्रति किलोको ३० रुपैंयाँमा हरियो पत्ती खरिद गर्ने गरेको सहकारीले यस वर्षदेखि किसानलाई ३५ रुपैंयाँ दिने भएको छ । सहकारीले नेपाली उपभोक्तालाई १ नम्बरको चियाको मुल्य १ हजार, २ नम्बरको चियालाई ६ सय र ३ नम्बरको चियालाई ३ सय रुपैंयाँ तोकेको छ । ओसिलो, सेपिलो र मलिलो माटो भएको ल्वाङ गाँउमा २०४९ सालमा माटो परिक्षण गरेपछि अन्नपुर्ण संरक्षण आयोजना एक्यापको सहयोगमा २०५३ सालखेखि चिया खेती शुरु भएको हो । 

५० लाखको लागतमा २०६२ सालमा एकैपटक ५० के.जी. सुकेको चिया राख्न मिल्ने प्रशोधन मेशिन राखेपनि लोडसेडिङका कारणले क्षमता अनुसारको चिया उत्पादन हुन सकेको छैन । अहिले हरियो पत्ती टिप्ने र प्रशोधन गर्ने मौसम भएपनि लोडसेडिङका कारणले हप्तामा ४ दिनमात्रै सञ्चालन गर्नुपर्ने सचिव   ईमानसिँह गुरुङले बताउनुभयो । असिनाले क्षति पुर्याएकोले यस वर्ष चिया उत्पादनमा कमी आउनसक्ने अनुमान गरिएको छ ।  

ल्वाङ घलेल गाविसको वडा नं २ र ३ मा व्यबसायिक रुपमा चिया खेती भैरहेको छ । झाडी र वुट्यानले भरिएको कास्कीको ल्वाङ गाउँको डाँडाकाँडा गाउँलेको आम्दानीको मुख्य श्रोत बनेको छ । सहकारी सँस्थामा अहिले ३२ जना सेयर सदस्य रहेका छन् । सहकारीले आगामी वर्षदेखि खाली रहेका जग्गाहरुको समेत उपयोग गरि चिया खेतीलाई बिस्तार गर्ने योजना बनाएको छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete