Saturday, May 26, 2012

पोखरामा प्याराग्लाईडिङ उडान गरिरहेका विदेशी पाईलटहरु स्वदेश फर्कदै


पोखरा जेष्ठ १३, विनोद शर्मा

देशमा सँविधान बन्ने वा नबने अनिश्चित भएको भन्दै पोखरामा प्याराग्लाईडिङ उडान गरिरहेका विदेशी पाईलटहरु स्वदेश फर्कदै छन् । पोखरामा कार्यरत ८० जना पाईलटहरु मध्ये ६५ जना विदेशी पाईलटहरु थिए । देशको अन्यौलपुर्ण राजनीतिको कारण देखाउँदै अहिलेसम्ममा ४० जना विदेशी पाईलट स्वदेश फर्किईसकेको हवाई खेलकुद सँस्थाका महासचिव सोभित बानियाले जानकारी दिनुभयो । 

सँविधान जारी गर्ने अन्तिम समयमा आईपुग्दा विभिन्न माग राख्दै दैनिक हुने गरेको बन्द तथा हड्तालका कारणले साहसिक पर्यटन प्याराग्लाईडिङ गर्ने पर्यटकहरु समेत आधा घटिसकेका हवाई खेलकुद सँस्थाले जनाएको छ । सँस्थाको अनुसार दैनिक १ सय पर्यटकले दैनिक प्याराग्लाईडिङ गर्नेमा अहिले मुस्किलले ५० जना पुग्ने गरेको छ । विदेशी पाईलटहरु फर्कने क्रम रोकिएका कारण नेपाली पाईलटले मात्रै उडान गर्न समस्या भएको सँस्थाले जनाएको छ । यसैवीच, विदेशी पाईलटलाई आधा रकम दिनुपर्ने भएकोले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने सँस्थाले जनाएको छ । 

नेपाली पर्यटकले तीनुपर्ने ५ हजार रुपैंयाँमध्ये पाईलटलाई नैं २ हजार ५ सय र विदेशी पर्यटकले तीरेको ७ हजार ५ सय रुपैंयाँबाट पाईलटलाई ३ हजार ७ सय ५० रुपैंयाँ तीर्नुपर्ने हवाई खेलकुद सँस्थाका महासचिव सोभित बानियाँले जानकारी दिनुभयो । नेपाली पाईलटहरुसँग पनि सरकारी अनुमतिपत्र नभएका कारणले उनीहरुलाई अनय देशमा उडान गरेर अनुभव बटुल्नका लागि पठाउन नपाइृएको सँस्थाले जनाएको छ । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राविधरण र हवाई खेलकुद सँस्थाको ६ जना सहभागि कार्यदलले काम शुरु गरेको बताउँदै केहि समयपछि अनुमतिपत्रको समस्या समाधान हुने प्याराग्लाईडिङ व्यबसायिहरुले आशा गरेका छन् । नेपाली पाईलटलाई अहिलेसम्म फेडरेशन एरोनटिक ईन्टरनेशनल एफएआईबाट परिचयपत्रको व्यबस्था गरिएको महासचिव बानियाँले जानकारी दिनुभयो । 

पोखरामा अहिले १५ वटा कम्पनीले प्याराग्लाईडिङ उडान गरिरहेका छन् । बन्द र हड्तालको कारण देखाउँदै पर्यटकहरु स्वदेश फर्कन थालेपछि प्याराग्लाईडिङ व्याबसायमा कारोबार समेत आधाभन्दा कम भएको सँस्थाले जनाएको छ । पहिले दैनिक १० लाख रुपैंयाँसम्मको कारोबार हुने गरेकोमा अहिले मुस्किलले ४ लाख ५० हजार रुपैंयाँसम्म कारोबार हुने गरेको नेपाल हवाई खेलकुद सँस्थाका महासचिव सोभित बानियाले जानकारी दिनुभयो । प्याराग्लाईडिङ व्यबसाय सञ्चालन गर्न दर्ता शुल्क मात्रै आठ लाख रुपैंयाँ सरकारलाइृ बुझाउनुपर्ने सँस्थाले जनाएको छ । 

प्याराग्लाईडिङलाई खेलकुदको मान्यता दिनुपर्ने माग समेत व्यबसायिहरुको छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete